अविनाश चौधरी
धनगढी, असार १३ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले खोज अनुसन्धान र नवप्रवर्तनका लागि निजी क्षेत्रसँग सहकार्य गर्न प्रदेश सरकार तयार रहेको बताउनुभएको छ ।
नेपाल उद्योग परिसंघ सुदूरपश्चिमको आज धनगढीमा कार्यालय उद्घाटन गर्नुहुँदै उहाँले सो कुरा बताउनु भएको हो । यो प्रदेशमा थुप्रै सम्भावना रहेको उल्लेख गर्नुहुँदै मुख्यमन्त्री शाहले प्रदेशमा लगानीमैत्री वातावरण बनाउन प्रदेश सरकार लागिपरेको चर्चा गर्नुभयो ।
लगानीमैत्री वातावरण बनाउन लागि प्रदेश सरकारले आवश्यक छलफल र प्रक्रिया अगाडि बढाएको मुख्यमन्त्रीको भनाइ छ ।