गुणबहादुर रोका
सुलीकोट, जेठ २४ गते । गोरखा नगरपालिकाका नगरप्रमुख कृष्ण बहादुर राना मगर आफ्नो नगरपालिका भित्र बजेट व्यवस्थापनको माग गर्दै केही जनप्रतिनिधि लिएर मुख्यमन्त्री कार्यालयमा पुग्नुभएको छ ।
नगर प्रमुख रानाले मुख्यमन्त्री कार्यालयमा मुख्यमन्त्रीलाई भेटेर गण्डकी प्रदेशको बजेटमा गोरखा नगरपालिकामा कम बजेट आउने गरेकाले अहिलेको बजेटमा गोरखा नगरपालिकालाई उपेक्षा नगरिन बजेट व्यवस्थापन गर्न मुख्यमन्त्रीलाई आग्रह गरिएको नगर प्रमुख रानामगरले जानकारी दिनुभयो । उहाँका अनुसार गोरखा नगरपालिकाले १३ वटा योजनामा बजेट व्यवस्थापन गर्न आग्रह गरिएको उहाँले बताउनुभयो । जस अनुसार कट्टेलडाडा आमडाडा हुँदै लुदी खोला सडक कालोपत्रे, गोरखा नगरपालिकाको कार्यालयदेखि १३ किलो जाने सडक कालोपत्रे, जोहिआहाले डेरा गाउँ सडक स्तरोन्नति, खिर्पे काली गैरा ज्यादुल सडक स्तर उन्नति, गोरखा क्याम्पास नाङलेपानी हुँदै ठुलो रिप सडक स्तरोन्नति गर्न बजेटमा समावेश गर्न आग्रह गरिएको हो ।
त्यस्तै, महेन्द्र ज्योतिदेखि गोरखा दरबार जाने बाटो स्तरोन्नति, नयाँ बजार गोरखा क्याम्पास हुँदै छेपेटार सडक कालोपत्रे, विष्णु पहरा समीडाडा हुँदै साही डाँडा सडक स्तरोन्नति, पिपलबोट मार्ची गाउँ हुँदै लुदी खोला सडक स्तरोन्नति, बिरेचनोक बर्थोक बडहरे हुँदै स्याउली जाने सडक स्तरोन्नति, छेपेटार अमलापानी सडक कालोपत्रे, एक्लो चौतारा पुराना डिहि युखर्क बाटो निर्माण र मझुवा चौकी याङकोट गोप्लिङ हुँदै मस्याङदी कोरिडोर निर्माणको लागि आग्रह आग्रह गरिएको छ ।