• १३ साउन २०८१, आइतबार

दलित समुदायको विकास र उत्थानको लागि सञ्जाल गठन

blog

शुक्लागण्डकी नगरपालिकामा गठन गरिएको सञ्जाल । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, चैत १८ गते । स्थानीय तहमा दलित समुदायको विकास र उत्थानको माग पुरा गराउन तनहुँको एक पालिकामा दलित सञ्चाल गठन गरिएको छ । शुक्लागण्डकी नगरपालिकामा नगरस्तरीय दलित सञ्जाल गठन गरिएको हो । 

दलित समुदायले मागेका योजना नपाइने, दलितको अवस्थाको पहिचान हुन नसक्नु तथा समुदायको लागि आएको बजेट अन्यन्त्र खर्च गरिने जस्ता कार्यबाट दलित समुदायको विकास र उत्थान नभएकोले सञ्जाल गठन गरिएको सञ्चारकर्मी अशोक विश्वकर्माले जानकारी दिनुभयो । विशेषगरी विकाससँग आवश्यक योजना निर्माणमा समस्या भएकोले गठन गर्नु परेको विक बताउनुहुन्छ । शुक्लागण्डकी नगरपालिकाको कार्यपालिका सदस्य सन्तोष विकको संयोजकत्वमा १६ सदस्यीय नगरस्तरीय दलित सञ्जाल गठन गरेको छ।

सञ्जालको सदस्यहरुमा १२ वटै वडाबाट प्रतिनिधित्व हुने गरी नारायण विक, दुर्गाबहादुर विक, जमुना सुनार, कोपिला परियार, मिरा विश्वकर्मा, रामबहादुर परियार, इन्द्रकुमार विश्वकर्मा, पूर्णकला नेपाली, रमेश विक, लालुमाया परियार, मीनबहादुर सुनार, सृजना सुनार, सुस्मिता वि.क, तिलबहादुर विक र दीपक विक रहनु भएको छ । 

सञ्जालमार्फत् जातीय रुपमा हुने विभेद विरुद्धका कार्यक्रम र समुदायका पुख्र्यौली पेशाको संरक्षण गर्नुका साथै सेचतना मुलक कार्यक्रम गर्ने योजना बनाउन पहल हुनेछ । 

कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले जातीय रुपमा हुने विभेदको अन्त्य गर्न नगरपालिका प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले दलित समुदायको अवस्था पहिचान गर्न नगरपालिका लागि परेको बताउदै आगामी वर्ष आवश्यकता अनुसारका योजना निर्माण गरि सामुदायिक विकास गर्ने बताउनुभयो । उपप्रमुख खुमबहादुर विक राजुले दलित समुदायका मुद्धाप्रति पलिका गम्भिर हुने नहुँदा समस्या न्यूनिकरणको लागि काम गर्न पहल गर्ने बताउनुभयो । 

विभेद हटाउन कानुनी सचेतना  

यसैबिच तनहुँको शुक्लागण्डकी नगरपालिका–८ मा दुई दिने दलित समुदाय लक्षित कानुनी सचेतनामुलक कार्यक्रम गरिएको छ । जातीय रुपमा हुने विभेद र महिला माथि हुने हिंसा लगायतका विषयमा अधिवक्ता शिव सुनारले प्रशिक्षण दिनुभएको थियो ।  

विश्वकर्मा समाज शुक्लागण्डकी ८ को आयोजना कार्यक्रम गरिएको हो । कार्यक्रममा वडाध्यक्ष नारायण सिं थापाले मानवीय विकासका लागि वडाका योजना केन्द्रित रहेको जानकारी दिनुभयो । सामाजिक रुपमा हुने कुरितीहरुको अन्त्य गर्न नागरिकहरु सचेत हुनुपर्ने आवश्यकता रहेको भन्दै आफू अन्याय, बिभेद, र गल्तीको विपक्षमा सधै अडिग रहेको बताउनुभयो  । 

कार्यक्रममा हाम्रो दलित समाजमा शुक्लागण्डकीका संयोजक भरत लामगादे, माजका अध्यक्ष गणेश लामगादे, सञ्चारकर्मी अशोक विश्वकर्मा लगायतले जातीय रुपमा हुने विभेद कम हुन नसकेको गुनासो गर्नुभयो । साथै उहाँहरुले विभेद न्यूनिकरणका लागि समाजमा भएका दलित र गैर दलित समुदायका व्यक्तिहरूलाई सँगै राखेर कार्यक्रमहरू गर्न आवश्यक रहेको कुरामा जोड दिनुभयो  । राज्यले प्रदान गरेको सेवा सुविधामाथि गलत ब्याख्या गरेर दलित समुदायलाई थप अपमान गर्न जोखिएको गुनासो उहाँहरुको थियो ।