बूढापाकाको गुनासो : ‘सडकले पहिले हामी हिँड्ने गोरेटो मेटाए’
एक दशकअगाडिसम्म बागलुङका अधिकांश ठाउँमा मोटरबाटो पुगेको थिएन । जब स्थानीय तह स्थापना भयो त्यस यता सडक नपुगेको गाउँ–बस्ती छैन । गाउँमा सडक नपुग्दा गाउँलेको यात्रा गोरेटो बाटोमै हुन्थ्यो । पछिल्लो समय गोरेटो बाटो प्रयोग हुन छाडेपछि झाडीले ढाकिएका छन् ।
सिँचाइ सुविधाले बास्कोटका कृषक खुसी
छिमेकी गाउँ सल्यानको फाँट सिँचाइ सुविधाले हराभरा हुँदा यहाँका किसानहरूको खेत भने बाँझै हुन्थ्यो । खेती गर्न आकाशे पानीमा निर्भर हुनुपर्दथ्यो । ताजा तरकारी र खेतीबालीले हराभरा सल्यानको फाँट हेरेर बास्कोटवासीहरुले चित्त बुझाउँथे ।
आमाले बाजा बजाउने सिप सिकेपछि...
बेनी नगरपालिकाले यहाँका आमाहरुलाई नौमति बाजा बजाउने सीप र कला सिकाउन तालिम दिएको छ । एक महिना १५ दिनको तालिम लिएपछि महिलाहरु नौमति बाजा बजाउन सक्ने भएका छन् ।
बन्दीपुर केवलकार भोलिबाट सञ्चालनमा आउने
पर्यटकीय नगरी बन्दीपुर घुम्न आउने पर्यटकले अब केबलबारबाट सहजै यात्रा गर्न पाउने भएका छन् ।
पृथ्वीचोक क्षेत्र पुनः अस्तव्यस्त
जथाभावी सवारीसाधन पार्किङ र यात्रु चढाउने÷ओराल्ने गर्दा पोखराको पृथ्वीचोक क्षेत्र पुनः अस्तव्यस्त बनेको छ । गत साउनदेखि पृथ्वीचोक–सेतीपुल सडकको दुवैतर्फ पार्किक निषेध गरिएकामा वर्षदिन नपुग्दै उक्त नियम उल्लङ्घन भएको हो ।
कार्यतालिका बनाएर प्रशासनको सेवा
ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखी जिल्ला प्रशासन कार्यालय स्याङ्जा र इलाका प्रशासन कार्यालय वालिङ्ले राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रवाह गर्न थालेको छ ।
घाँस काट्ने क्रममा खसेर महिलाको मृत्यु
स्याङ्जामा रुखबाट खस्दा एक महिलाको मृत्युु भएको छ । चापाकोट नगरपालिका–७ साँखर की ३५ वर्षीय सृजना ढकालको रुखबाट खसेर ज्यान गएको हो ।
विद्यार्थीलाई विद्यालयमै निःशुल्क खानाको व्यवस्था
तनहुँको आँबुखैरेनी गाउँपालिकाले टाढाबाट आउने विद्यार्थीलाई विद्यालयमा निःशुल्क खानाको व्यवस्था गरेको छ । पालिकाले वडा नम्बर ६ हिलेखर्कस्थित कन्यादेवी माध्यामिक विद्यालयमा अध्ययरत विद्यार्थीलाई खाना खुवाउन सुरुवात गरेको छ ।
हेडसनेपालद्वारा ३९ थान झोला वितरण
हेडस नेपाल गोरखाले गोरखा नगरपालिका – १२ मा रहेको शान्ति प्राथामिक विद्यालयका ३९ जना बालबालिकाहरुलाई झोला र खाजा वितरण गरेको छ ।
अवैध रूपमा ढुवानी गर्दै गरेको शालिग्राम नियन्त्रण
मुस्ताङबाट अवैध तवरले चोरी निकासी गर्न लागिएको झन्डै तीन हजार चार सय वटा शालिग्राम प्रहरीले नियन्त्रणमा लिएको छ । मुस्ताङ प्रहरीले तीन हजार ३७९ वटा शालिग्राम बरामद गरेको हो । शालिग्रामको उद्गमस्थलका रूपमा लिइने दामोदरकुण्ड क्षेत्रबाटै सङ्कलन गरेर ल्याएको हुन सक्ने प्रहरीको अनुमान छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक (डिएसपी) भोजराज पाण्डेयले शालिग्राम लोघेकर दामोदरकुण्ड गाउँपालिका–१, चराङबाट गाडीमा लोड गरेर लैजाँदै गरेको भन्ने सुराकीका आधारमा प्रहरीले नियन्त्रणमा लिएको बताउनुभयो । उहाँले भन्नुभयो, “चराङदेखि जोमसोमतर्फ शालिग्राम लैजाँदै छन् भन्ने सूचनाका आधारमा प्रहरी चौकी घमीले शालिग्राम बरामद गरेको हो ।”
कृषिलाई प्राथमिकता : बाँदर धपाउन हेरालो
गण्डकी प्रदेश सरकारले कृषिलाई प्राथमिकता दिएर आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम ल्याएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले मङ्गलबारको प्रदेश सभा बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । सरकारले बाँदर आतङ्कलाई सम्बोधन गर्ने भएको छ । नीति तथा कार्यक्रममा बाँदरको आतङ्कबाट अति प्रभावित क्षेत्रमा समुदाय, स्थानीय तह र प्रदेशको साझेदारीमा आवश्यकताका आधारमा कृषि हेरालोको व्यवस्था गर्ने उल्लेख छ । कृषि उत्पादन बढाउन माटो परीक्षण तथा मलको गुणस्तर नियमलाई प्रभावकारी बनाउन मोबाइल माटो अस्पताल चलाइने भएको छ ।
पोखरामा पर्यटन विस्तार सन्तोषजनक
पोखरालाई पर्यटनको राजधानी घोषणासँगै समग्र पर्यटन क्षेत्रमा अहिले आशाको किरण छाएको छ । योसँगै पर्यटन क्षेत्रमा लगानी पनि बढ्दो देखिन्छ । कोभिडले केही समय शिथिल पारेको पर्यटन क्षेत्र अहिले बिस्तारै पुरानै गतिमा अघि बढेको छ । सन् १९५० मा फ्रान्सेली नागरिक मौरिस हर्जोगले पहिलो पटक अन्नपूर्ण हिमाल आरोहण गरेसँगै पर्यटनमा वामे सरेको पोखरा अहिले विश्व पर्यटन बजारको ‘ब्रान्ड’ बनेको छ । त्यसो त पोखरामा पर्यटकीय गन्तव्य प्रशस्त छन् । प्राचीन संस्कृति, कला र सभ्यताका दृष्टिले पनि पोखरा र सिङ्गो गण्डकी प्रदेश अगाडि छ । अहिले पोखरामा पर्यटनका लागि ठुलो लगानी छ ।
मुग्लिन-पोखरा सडक विस्तार तीव्र
मुग्लिन-पोखरा सडक विस्तारअन्तर्गत पूर्व र पश्चिम दुई खण्डमा सडक विस्तारलाई तीव्रता दिइएको छ ।
सिरानचोक गाउँपालिका पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा
गोरखाको सिरानचोक गाउँपालिका पूर्ण खोप सुनिश्चित तथा दिगोपन गाउँपालिका घोषणा गरिएको छ । सिरानचोक गाउँपालिकामा खोप लगाउनु पर्ने एक जना बालबालिका नभेटिएकाले पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख टुकमान श्रेष्ठले जानकारी दिनुभयो ।
महिलालाई खुल्ला रूपमा अगाडि बढाउन आवश्यक : मन्त्री चौधरी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले अझै पनि महिलाहरू समान अवसरबाट वञ्चित भइरहेको बताउनुभयो ।
अचेल गाउँघरमा ढिँकीजाँतो देखिँदैन
यहाँ युवापुस्ताको बेवास्ता र आधुनिक प्रविधिले सहज बनाएसँगै परम्परागत ढिँकीजाँतो लोप हुन थालेको छ । केही वर्ष अघिसम्म गाउँ-गाउँमा घरैपिच्छे ढिँकीजाँतो हुने लमजुङमा यसको संरक्षण गर्न नसक्दा लोप हुन थालेको हो ।
बिजुलीको पोल सार्ने काम ६० प्रतिशत पुरा
विस्तारको क्रममा रहेको पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडकखण्डकाको मुख्य वाधकको रूपमा रहेको बिजुलीको पोल सार्ने कामले गति लिन थालेको छ । नेपाल विद्युत प्राधिकरणले विद्युतका पोलहरू धमाधम हटाउन थालेपछि विस्तारको काम गर्न सहज भएको छ ।
अजिरकोट गाउँपालिकामा ढाका बुन्ने तालिम
गोरखाको अजिरकोट गाउँपालिकामा ढाका बुनाई तालिम सम्पन्न भएको छ।गाउँपालिका भित्र रहेका बेरोजगार महिलालाई सीप प्रवर्द्धन गरी स्वरोजगार गर्ने उद्देश्यले ढाका बुनाई तालिम दिइएको गाउँपालिकाका उपाध्यक्ष अनिता भुजेलले जानकारी दिनुभयो।
१५ वर्षदेखि चित्रकलामा रमाइरहेका छन् पवन
तनहुँको आँबुखैरेनी गाउँपालिकामा कार्यरत पवन नेपाली चित्रकलामा पोख्त हुनुहुन्छ । फुर्सदको समयलाई सदुपयोग गर्दै उहाँ चित्र बनाइरहनुहुन्छ ।
माछीखोलामा प्रहरी चौकी निर्माण
उत्तरी गोरखाको धार्चे गाउँपालिकाको केन्द्रमा रहेको माछीखोलामा प्रहरी चौकी निर्माण गरिएको छ । दिन रात नभनी जनताको सेवामा खटिने प्रहरीलाई आफ्नै बजेटमा माछीखोलामा प्रहरी चौकी भवन निर्माणमा धार्चे गाउँपालिकाले सहयोग गरेको प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले जानकारी दिनुभयो ।
यता हेर्यो सिक्लेस, उता हेर्यो ताङतिङ
हिउँचुलीको काखमा झुरुप्प परेका बस्ती । वरिपरि हरिया वनपाखा र खर्क । सिरसिरे लेकाली हावा । उस्तै चराको चिरबिर । तलपट्टि सुसाइरहेको मादी खोला । यस्तो लाग्छ सिक्लेस र ताङतिङको भूगोल आफैमा चित्रमय छ ।
रत्नेचौरमा फूलेको सूर्यमुखीले पर्यटक आकर्षित
म्याग्दीको बेनी नगरपालिका-१ रत्नेचौरमा गरिएको सूर्यमुखी फूलको खेतीले पर्यटक आकर्षित गरेको छ । स्थानीय किसानले रत्नेचौरको फाँटमा लगाएको सूर्यमुखी फूलको खेतीले फाँटको सौन्दर्य बढाएको छ ।
सडक कालोपत्रे भएपछि कृषक उत्साहित
सडक कालोपत्रे भएसँगै बेनीसँग नजिक रहेको पर्वतको जलजला गाउँपालिका-७ धाइरिङका युवा कृषक टेकनारायण आचार्यलाई ताजा तरकारी बेनी बजार पुर्याउन सहज भएको छ ।
नारायणघाट–बुटवल सडकमा अवरोध भए एक घण्टाभित्र समाधान गर्नुपर्ने
बर्खाको समयमा नारायणघाट बुटवल सडकखण्डमा अवरोध भएमा एक घण्टाभित्र खुलाई सक्नुपर्ने भएको छ । नवलपरासी बर्दघाट सुस्ता पूर्व र पश्चिमका प्रमुख जिल्ला अधिकारीहरूले सडक निर्माणसँग सम्बन्धित पक्षहरूसँग विनयी त्रिवेणी गाउँपालिकाको बर्दघाटमा छलफल गरी यस्तो निर्देशन दिएका हुन् ।