म्याग्दीमा कृषि विकासका विविध कार्यक्रम कार्यान्वयनमा
जिल्लाको कृषि विकासका निम्ति गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु छ करोड लागतमा उत्पादन, संरक्षण र बजारीकरणका कार्यक्रम सञ्चालन गरेको छ ।
बागलुङमा बने सोह्र झोलुङ्गे पुल
बागलुङ जिल्लामा चालु आर्थिक वर्षमा जिल्लाभर १६ वटा झोलुङ्गे पुल निर्माण भएका छन् । गण्डकी प्रदेश सरकारले पाँच वटा र स्थानीय तहले ११ वटा झोलुङ्गे पुल निर्माण गरेका हुन् । पुल निर्माण भएसँगै ग्रामीण भेगमा बसोबास गर्ने सर्वसाधारणको दैनिकी सहज भएको छ ।
सडक बनेको १८ वर्षपछि स्तरोन्नति
बेनी नगरपालिका–६ डाँडाबारीमा सडक निर्माण भएको १८ वर्षपछि कालोपत्र र ढलान भएको छ । विसं २०६४ मा निर्माण गरिएको महारानीथान–छाप–डाँडाखेत सडक योजनामार्फत बेनी नगरपालिका–६ को ढलेढुङ्गा–डाँडाबारी खण्डमा कालोपत्र भएको हो ।
पाँच महिनामै बन्यो घट्टे खोलामा मोटरे बल पुल
ठुला देखी साना मोटरे बल पुल बनाउन म्याद गुजारेले बर्सो समय लगाएको हामी देखेकै छौ, तर अर्जुन चौपारी ३ घट्टे खोलामा भने थालेको पाँच महिनामा पुल निर्माण गरिएको छ ।
बन्दीपुर केबुलकार सञ्चालन
बन्दीपुर केबुलकार बिहीबारबाट सञ्चालनमा आएको छ । सञ्चालनमा आएसँगै पर्यटकीय नगरी बन्दीपुर घुम्न आउने पर्यटकले केबुलकारबाट आवतजावत गर्न पाएका छन् । सेवा शुभारम्भको अवसरमा ६० प्रतिशत छुटको व्यवस्था गरिएकाले ३६० रुपियाँमा आवतजावतको व्यवस्था मिलाइएको बन्दीपुर केबुलकार तथा टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिनुभयो । छुटको व्यवस्था एक साताका लागि गरिएको छ ।
नालामा पुरिएर तीन महिलाको मृत्यु
नवलपुर सदरमुकाम कावासोतीको फलफूल चोकमा नाला खन्ने क्रममा पुरिएर तीन जना महिला मजदुरको मृत्यु भएको छ ।
विश्व बैंकको सहयोगमा पराशर मार्गको काम सुरु
विश्व बैङ्कको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनामा रहेको पराशर मार्गमा पक्की नालासहित कालोपत्र कार्यको शिलान्यास गरिएको छ ।
बेनी-जोमसोम-कोरला सडकको म्याग्दी खण्डमा पहिरोको चुनौती
राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडक निर्माण र यातायात सञ्चालनका लागि कालीगण्डकी र सहायक खोलामा आउने बाढी र कटान चुनौती बनेको छ ।
गर्मी अत्यधिक बढेपछि विद्यालय दुई दिन बन्द
अत्यधिक गर्मी बढेपछि नवलपुरका विद्यालयहरूमा थप दुई दिन बिदा दिइएको छ । मौसममा कुनै सुधार नआएपछि जिल्लाको गैँडाकोट नगरपालिका, कावासोती नगरपालिका र मध्यविन्दु नगरपालिकाले थप दुई दिन विद्यालयमा बिदा दिएका छन् ।
कोत्रे सडक खण्डमा शाखा बाटो बनाउन माग
पृथ्वी राजमार्ग अन्तर्गत निर्माणाधीन पोखरा-मुग्लिन (पश्चिम खण्ड) को कोत्रेदेखि भत्केको चौकीसम्मको राजमार्गको दायाँबायाँ शाखा बाटो निर्माणका लागि स्थानीयले माग गरेका छन् ।
नदी कटानको जोखिममा परेको हाँडेभिर बस्ती सुरक्षित
म्याग्दी नदीमा पक्की पर्खाल निर्माण भएपछि नदी कटानको जोखिममा परेको हाँडेभिर बस्ती सुरक्षित भएको छ । नदीको निरन्तरको कटानका कारण बस्ती उच्च जोखिममा परेको थियो ।
थोराङ्ला भञ्ज्याङमा पर्यटकको मृत्यु
मनाङको मनाङ ङिस्याङ गाउँपालिका–८ स्थित थोराङ्ला भञ्ज्याङ पार गर्ने क्रममा बुधबार लेक लागेर ९अक्सिजन अभाव० एक नेपाली पर्यटकको मृत्यु भएको छ ।
व्यासको साँघे फाँट
तनहुँको व्यास नगरपालिका–५ स्थित साँघे फाँट । धान उत्पादनका लागि यो फाँट प्रख्यात छ ।
विद्यालयमा सीपमूलक तालिमसँगै पढाइ
बेनी नगरपालिकाको ‘हामी सक्छाँै, हामी गर्छौं’ कार्यक्रममार्फत धौलागिरि माविले विद्यार्थीलाई व्यावसायिक सीप सिकाउन घरमा रङ लगाउने तालिम दिएको हो । कक्षा १० का २५ जना विद्यार्थीलाई सात दिनसम्म रङ लगाउने तालिम दिइएको विद्यालयका शिक्षक खोमराज पौडेलले बताउनुभयो ।
बुर्तिवाङ स्वास्थ्य केन्द्र ५० शय्याको अस्पतालमा स्तरोन्नति हुँदै
ढोरपाटन नगरपालिकाको केन्द्रमा रहेको उक्त स्वास्थ्य केन्द्रलाई ५० शय्रयाको अस्पतालमा स्तरोन्नति गरिने गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख छ ।
नवलपरासीपूर्वका किसानलाई चैतेधान भित्र्याउने चटारो
जिल्लामा यस वर्ष कूल एक हजार तीन सय २५ हेक्टर क्षेत्रफलमा चैतेधान खेती गरिएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलचन्द्र तिवारीले बताउनुभयो । विगत चार वर्षदेखि सिँचाइको सुविधा पर्याप्त भएको र सिमसार क्षेत्रमा चैतेधान लगाउने क्रम जिल्लामा बढेको उहाँले बताउनुभयो ।
खेल र खेलाडीको विकासका लागि प्रदेश सरकार गम्भीर छ : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले खेल क्षेत्र र खेलाडीको विकासका लागि प्रदेश सरकार गम्भीर रहेको बताउनुभएको छ ।
समाजवादी मोर्चा नयाँ ढङ्गले अघि बढाउन चाहेका छौँ: अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले, जनता समाजवादी पार्टीसहितलाई समेटेर समाजवादी मोर्चालाई अघि बढाउन चाहेको उल्लेख गर्नुभएको छ ।
विनयी त्रिवेणी गाउँपालिकाको बेरुजु प्रतिशत कम
नवलपुरको कावासोती नगरपालिकाको बेरुजु बढेको छ । लेखापरीक्षणबाट आर्थिक वर्ष २०७९-०८० मा रु.४ करोड ८० लाख ७३ हजार बेरुजु देखिएको छ ।
पाँच केन्द्रबाट राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन
जिल्ला प्रशासन कार्यालय तनहुँले राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलनका लागि घुइँचो नगरिदिन आग्रह गरेको छ ।
पर्वतको बनौका किसान व्यावसायिक आलु खेतीतर्फ आकर्षित
जिल्लामै स्वादिलो र गुणस्तरीय आलु उत्पादनका लागि ख्याति कमाएको जलजला गाउँपालिका-९ बनौका किसान व्यावसायिक आलुखेतीतर्फ आकर्षित भएका छन् ।
दिगो कृषि उत्पादनका लागि कृषक पाठशाला सञ्चालन
पर्वतको विहादी गाउँपालिकाका केही वडामा दिगो कृषि उत्पादनका लागि कृषक पाठशाला सञ्चालन गरिएको छ । विहादी गाउँपालिकाका अनुसार आम्दानीको प्रमुख स्रोत मानिने कृषि क्षेत्रमा कार्यरत कृषकलाई व्यावसायिक बनाउन २, ४ र ६ गरी तीन वटा वडामा कृषक पाठशाला सञ्चालन गरिएको हो ।
किशोरीका लागि लगानी र नीतिगत सुधार गर्न सरकार प्रतिबद्ध छ : मन्त्री चौधरी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले किशोरीका लागि लगानी र नीतिगत सुधार गर्नुपर्नेमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
गुम्दाको मुग्लुङ खोलामा मोटरेबल पुल निर्माण
उत्तरी गोरखाको धार्चे गाउँपालिका–४ स्थित गुम्दाको मुग्लुङ खोलामा मोटरेबल पुल निर्माण सम्पन्न भएको छ ।