अर्जुन काफ्ले
स्याङ्जा, जेठ ३२ गते । ठुला देखी साना मोटरे बल पुल बनाउन म्याद गुजारेले बर्सो समय लगाएको हामी देखेकै छौ, तर अर्जुन चौपारी ३ घट्टे खोलामा भने थालेको पाँच महिनामा पुल निर्माण गरिएको छ ।
देशकै पहिलो ग्रामीण गाउँ सिरुवारि तथा पर्वत जिल्ला जोडने मोटरे बल पुल पाँच महिनामा सकेको हो । १० मिटर लम्बाई रहेको पुल पाँच मिटर चौडा रहेको सब इन्जिनियर सन्दीप बोगटीले बताउनुभयो ।
अगेरे भगेरे निर्माण सेवा अर्जुन चौपारी ६ ले टेन्डर रकममा २७ प्रतिशत छाडेर एक करोड १६ लाख ५४ हजार ६९ रुपियाँ ४५ पैसामा निर्माण गरेको हो । पूल सङ्घीय सरकारको ५० लाख र पालिकाको बाँकी बजेटमा मोटरे बल पुल निर्माण भएको हो ।
पुलको मुख्य काम सकेको बताउँदै बोगटीले दुई छेउको पहुँच मार्ग निर्माण गर्ने काम भने बाँकी रहेको बताउनुभयो । निर्माण कम्पनीले एक वर्षमा काम सक्ने गरी गत पुस १२ गते सम्झौता गरेकोमा फागुन १ गतेबाट काम सुरु गरेको थियो ।
निर्माण व्यवसायी युवराज गुरुङले निर्माण गर्ने आँधा समय रहे पनि सेवाग्राहीको आवश्यकतालाई मध्यनजर गर्दै चाडै पुल बनाएको बताउनुभयो । पुल नहुँदा बर्सादको समयमा जोखिम मोल्नु पर्ने तथा थप दुई घण्टा लामो यात्रा गर्नु पर्ने अवस्था रहेको थियो ।
पुल नहुँदा चार वर्ष पहिला शहरेखोला पुल शिलन्याशका क्रममा भाैतिक पूर्वाधार मन्त्री रघुवीर महासेटको गाडी समेत बगाएको थियो ।