कांग्रेसले गण्डकी प्रदेश सभा बहिष्कार गर्ने
गण्डकी प्रदेश सभाको शुक्रबारका लागि बोलाइएको बैठक प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बहिष्कार गर्ने निर्णय गरेको छ । शुक्रबार दिउँसो भएको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।
मध्यविन्दु अस्पतालमा १२ घण्टा ओपिडी सेवा
नवलपुरको सदरमुकाम कावासोतीस्थित मध्यविन्दु जिल्ला अस्पतालमा बहिरङ्ग (ओपिडी) सेवा १२ घण्टा सञ्चालन भएको छ । अस्पतालमा यसअघि बहिरङ्ग (ओपिडी) सेवा ८ घण्टा सञ्चालन हुने गरेको थियो । त्यसलाई बढाएर १२ घण्टा सञ्चालनमा आएको हो ।
रुखबाट खसेर युवकको मृत्यु
बागलुङमा घाँस काट्ने क्रममा रुखबाट खसेर एक जनाको मृत्यु भएको छ । जिल्लाको निसीखोला गाउँपालिका-४ खाडचौरका ३५ वर्षीय नारायण सुनारको रुखबाट खसेर बिहान मृत्यु भएको हो ।
गत वर्ष सडकमार्गबाट चार लाख पर्यटक मुस्ताङ पुगे
अघिल्लो वर्षको वैशाख १ देखि चैत ३० गतेसम्म सडकमार्ग हुँदै हिमालपारिको जिल्ला मुस्ताङमा चार लाख पर्यटक पुगेका छन् ।
गाउँपालिकाले गर्यो बिस किमी सडक कालोपत्रे
तनहुँको बन्दीपुर गाउँपालिकाले सडकको पूर्वाधार विकासमा फड्को मारेको छ । गाउँपालिकाले एक वर्षकै अवधिमा करिब २० किलोमिटर कालोपत्रे गरेको छ । कालोपत्रेले यात्राको समय छोटिएको छ भने कच्ची र धुले सडकको यात्राबाट आजित स्थानीयलाई आउजाउ गर्न र कृषिउपज ढुवानी गर्न सहज भएको छ ।
एउटा पुल र पहिरोले अल्झायो कोरिडोरको यात्रा
नवलपुरको गैँडाकोट कालीगण्डकी चोकबाट सुरु भएर पाल्पाको पिपलडाँडासम्म झन्डै १३२ किलोमिटर कालीगण्डकी कोरिडोरको करिब ९५ प्रतिशत काम सम्पन्न भएर कालोपत्रे भइसकेको छ । पिपलडाँडाबाट राम्दीपुल तीन किलोमिटर, स्याङ्जाको गल्याङ साढे १७ किलोमिटर, पाल्पा तानसेन बजार २८ किलोमिटर, बुटवल ६२ किलोमिटर र पोखरा ९५ किलोमिटर दुरीमा पर्छ । नारायणघाट–बुटवल सडकखण्ड र मुग्लिङ–पोखरा सडकखण्ड मर्मतको क्रममा रहेकाले यात्रा गर्न कठिन हुँदा धेरै यात्रुका लागि कालीगण्डकी कोरिडोर अहिले वैकल्पिक मार्ग भएको छ ।
सामुदायिक विद्यालयमा कम्प्युटर ल्याब
म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर ल्याब स्थापना गरिएको छ । क्वालिटी एजुकेसन नेपाल, अस्ट्रेलिया र एजुटेक नेपाल, न्युजिल्यान्डको आर्थिक सहयोगमा समृद्ध ग्रामीण नेपालका लागि शैक्षिक उन्नयन (लर्न) ले यसको संयोजन गरेको हो । १५/१५ लाख रुपियाँ लागतमा जिल्लाका अन्नपूर्ण गाउँपालिका–४, स्थित प्रभा मावि, रघुगङ्गा गाउँपालिका–३ स्थित ज्ञानोदय मावि र धवलागिरि गाउँपालिका–४ स्थित बुद्धिविकास माविमा कम्प्युटर ल्याब स्थापना गरिएको हो ।
गण्डकी प्रदेशको बजेट खर्च पच्चिस प्रतिशत मात्र
चालु आर्थिक वर्षको तेस्रो चौमासिकसम्म गण्डकी प्रदेश सरकारको खर्चको अवस्था निराशाजनक देखिएको छ । चैत मसान्तसम्म प्रदेश सरकारले चौबिस दशमलव बयासी प्रतिशत मात्र बजेट खर्च गरेको छ ।
फरक पात्रको फरक कथा ‘स्मृति किनबेच’
‘स्मृति बिक्री केन्द्र’ होर्डिङ बोर्डमा लेखिएको छ । बाहिर मानिसको भिड छ, सुरक्षाकर्मीले सुरक्षा जाँचेर मात्रै मानिस भित्र पठाउँछन् । यहाँ स्मृतिका प्रकारसमेत छुट्याइएको छ । जस्तो दुर्घटना, यौन, प्रेम, धोका र हिंसा । कैयौँ विशद स्मृतिबाट पीडितको केन्द्र हो यो नाटक । प्रेमिकाका कारण कुलतमा फसेपछि आत्महत्या प्रयाससम्म गर्न पुगेका युवक आफ्नी प्रेमिका ‘सम्झना’ को स्मृति हटाउन स्मृति बिक्री केन्द्र आइपुग्छ । छोराले वृद्धाश्रम लगेर छाडेको वर्षौंसम्म त्यही छोरालाई पर्खंदै रोइरहेकी आमा अन्ततः छोराको स्मृति मेटाउन बिक्री केन्द्रमा पुगेको देखाइन्छ ।
आगो निभाउने क्रममा बृद्धाको ज्यान गयो
स्याङ्जामा आगो निभाउने क्रममा जलेर एक बृद्धाको ज्यान गएको छ । विरुवा गाउँपालिका –७ कुमेरदुङका ७४ बर्षीया रेउसरी गुरुङको जङ्गलमा लागेको आगो निभाउने क्रममा जलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।
बाटोमा भेटिएको १७ लाख धनीलाई बुझाइयो
भारत घर भएर पोखरामा बस्ने एक व्यक्तिले आफूले फेला पारेको १७ लाख रकम प्रहरीको रोहबरमा रकमका धनीलाई बुझाएका छन्।
बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
देशभर दोस्रो चरणको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन भएको छ । स्थानीय तहले विद्यालय वा नजिकको स्वास्थ्य केन्द्रबाट भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै छ ।
दमौली अस्पतालमा १२ घण्टा ओपिडी सेवा
सदरमुकामस्थित दमौली अस्पतालले बिहीबारदेखि बहिरङ्ग (ओपिडी) सेवा १२ घण्टा सञ्चालन गर्ने भएको छ । बिरामीको चापलाई मध्यनजर गर्दै आजदेखि बिहान ७ देखि साँझ ७ बजेसम्म ओपिडी सेवा सुरु गरेको हो ।
सकियो आलु महोत्सव
आलु गाउँका रुपमा देशमै प्रख्यात पोखरा महानगरपालिका-२५ हेम्जामा सञ्चालन भएको आलु महोत्सव सकिएको छ । गत चैत २५ गतेदेखि सुरु भएको आलु महोत्सव बुधबारसम्म ३० लाख ६५ हजार सात सय २० को आलु बिक्री गर्दै सम्पन्न भएको हो ।
घाटुनाचको संरक्षणमा जुट्दै गुरुङ समुदाय
नवलपरासी (बर्दघाट सुस्तापूर्व)का गुरुङ समुदाय ऐतिहासिक परम्परागत घाटुनाच संरक्षणमा जुटेका छन् । जिल्लाको कावासोती नगरपालिका क्षेत्रभित्रका गुरुङ समुदाय लोपोन्मुख घाटुनाचको संरक्षणमा जुटेका हुन् ।
आहा ! ताचैगाउँ
मनाङ नासों गाउँपालिका– ८ स्थित सुन्दर बस्ती रहेको ताचैगाउँ । जहाँ गुरुङ र घले जातीको बसोवास रहेको छ । खेतीपाती र पशुपालनलाई मुख्य पेसा बनाएका यहाँका मानिस पछिल्लो समय घरवास सञ्चालन गरी पर्यटन व्यवसायमा जोडिएका छन् ।
सवारी दुर्घटनामा आठ चिनियाँ पर्यटक घाइते
बिहीबार बिहान ९ः४३ बजे पोखरा महानगरपालिका वडा नम्बर ७, राष्ट्रबैंक चोकमा दुर्घटना हुँदा आठ चिनियाँ पर्यटक घाइते भएका छन् ।
कृषि जनशक्ति उत्पादनमा सघाउँदै पर्वतका पालिका
कृषिलाई व्यावसायिक बनाउन तथा दक्ष कृषि जनशक्ति उत्पादनमा प्रेरित गर्ने उद्देश्यले पर्वतका विभिन्न स्थानीय तहले माध्यमिक तहका विद्यार्थीलाई कृषि कर्ममा लगाउन थालेका छन् । जिल्लाको मोदी गाउँपालिका र पैंयु गाउँपालिकाले विद्यार्थी केन्द्रित कार्यक्रम थालेका हुन् ।
एउटै बोटमा दुई रङको लालीगुराँस
म्याग्दीको प्रसिद्ध पर्यटकीय स्थल घोडेपानीको जङ्गलमा एउटै रुखमा फुलेको दुई रङको लालीगुराँस फुलेको छ । यहाँ एउटै रुखमा रातोमा सेतो मिश्रित गुराँस र गुलाबी गुराँस फुलेको हो ।
पन्चैबाजा र पुरोहित खोज्न सास्ती
बिहे र व्रतबन्ध परेपछि पन्चैबाजा रन्काएर पसिना छुट्ने गरी नाच्ने रङ्गिलो गण्डकी संस्कृति छ । अर्काकै बिहेका बाजा रन्किँदा पनि नचरी लगाइहाल्ने स्वभावका पोखरेलीलाई वैशाख ६ र ७ गतेका शुभसाइत भने रसरौसविहीन वा महँगो पर्न गएका छन् । बिहे त जु¥यो तर बाजा र कर्म गराउने पुरोहित खोज्न सास्ती छ पोखरामा । वैशाख ६ र ७ गतेका दिन सीमित लगनमा धेरैको बिहे भएकाले बाजा, पुरोहित, भोज, पार्टी प्यालेस, कपडा आदिको प्रबन्ध मिलाउन सास्ती भएको हो ।
सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गर्ने अभिभावकको निःशुल्क स्वास्थ्य बिमा
गोरखा नगरपालिकाले सामुदायिक विद्यालयमा बालबालिका भर्ना गर्ने अभिभावकको निःशुल्क स्वास्थ्य बिमा गरिदिने घोषणा गरेको छ ।
अधिवेशन आह्वानप्रति कांग्रेसको असहमति
नेपाली कांग्रेस संसदीय दल गण्डकी प्रदेशले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा गण्डकी प्रदेशसभाको बैठक आह्वान गरिएकामा असहमति जनाएको छ ।
मुस्ताङमा लेक लागेर तीन वर्षमा २९ जनाको मृत्यु
हिमालपारिको जिल्ला मुस्ताङ भ्रमण तथा मुक्तिनाथ दर्शन गर्न आउनेको सङ्ख्या बढेसँगै लेक लागेर मृत्यु हुनेको सङ्ख्या पनि बढ्दै गएको छ ।
सरकारले बनाउने नीति तथा कार्यक्रममा ग्रिन अर्थतन्त्रलाई प्राथमिकता दिनुपर्ने
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले बनाउने नीति तथा कार्यक्रममा ग्रिन अर्थतन्त्रलाई प्राथमिकता दिनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।