• १२ असार २०८१, बुधबार

वालिङमा रहेको सशस्त्र गुल्म गण्डकी प्रदेशकै उत्कृष्ट

blog

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल प्रदेशमा उत्कृष्ट भएको नं.३० गुल्मका गुल्मपती देवराज जोशीलाई सम्मानपत्र प्रदान गर्नुहुँदै । तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे
वालिङ, असार ३ गते । 
स्याङ्जाको वालिङ नगरपालिका–८ घ्याङलीङमा रहेको सशस्त्र प्रहरीको गुल्म गण्डकी प्रदेशकै उत्कृष्ट भएको छ । सशस्त्र प्रहरी बलको नं. ३० गुल्म कार्य सम्पादनमा ४४८.९६ अर्थात् ७३.६० प्रतिशत अङ्कसहित गण्डकी प्रदेशमा पहिलो भएको हो भने देशभरका गुल्म मध्ये चौथो भएको हो ।

उत्कृष्ट भएको सशस्त्र प्रहरी बल नेपाल नं. ३० गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक देवराज जोशीलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले प्रशंसापत्र हस्तान्तरण गर्नुभएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालयको २३ औँ स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी बल नेपाल नं. ३० गुल्म पुरस्कृत भएको हो ।

सशस्त्र प्रहरी बल नेपाल केन्द्रीय निरीक्षण एवम् उत्कृष्ट इकाईहरूको छनोट तथा इकाईहरूको योग्यता क्रम निर्धारणसम्बन्धी स्थायी आदेश २०८० को निरीक्षणको क्रममा नं. ३० गुल्म उत्कृष्ट भएको गुल्मपति देवराज जोशीले जानकारी दिनुभयो ।