• १२ असार २०८१, बुधबार

लापुका मिर्गौला पीडितलाई आर्थिक सहयोग

blog

गुणबहादुर रोका
सुलीकोट, असार ३ गते ।
 उत्तरी गोरखाको धार्चे गाउँपालिका–७ लापुवेशीका मिर्गौला पीडितहरूलाई आर्थिक सहयोग प्रदान गरिएको छ । धार्चे–७ लापुवेशीका स्थायी घर भएका हाल अस्ट्रेलियामा व्यापार व्यवसाय गर्दै आउनुभएका जोन घलेले वडा अध्यक्ष राकेश गुरुङ मार्फत सहयोग पठाउनु भएको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार आर्थिक सहयोग पाउनेहरूमा सुनार गुरुङ, जयराम गुरुङ, सूर्यलाल बिक, अनुजा गुरुङ, रेजिना गुरुङ, उषा गुरुङ र नाम परिवर्तित विवेक गुरुङ रहेको उहाँले बताउनुभयो । मिर्गौला पीडितहरूलाई जनही ५० हजार नगद वितरण गरिएको हो ।

जोन घले एक युवा समाजसेवी तथा व्यापारी भएकाले कसैको दुःख नसक्ने हुनुभएकाले आफ्नै विवेकले सहयोग प्रदान गर्नु भएको वडा अध्यक्ष राकेश गुरुङले बताउनुभयो । आइतबार लापुवेशीमा एक कार्यक्रमका बिच गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले स्वयम बिरामी र कोही बिरामीको आफन्तलाई रकम हस्तान्तरण गर्नुभएको वडा अध्यक्ष गुरुङको भनाइ छ ।