• १२ असार २०८१, बुधबार

सिम्रिक एयरको हेलिकप्टर बेनीमा आकस्मिक अवतरण

blog

बेनीको खुल्लामञ्चमा अवतरण गरिएको सिम्रिक एयरको हेलिकप्टर ।

अमृतप्रसाद पौडेल 

म्याग्दी, असार २ गते । खराब मौसमका कारणले गर्दा मुक्तिनाथदेखि काठमाडौँका लागि उडेको सिम्रिक एयरको हेलिकप्टर म्याग्दीको बेनीमा आकस्मिक अवतरण गरिएको छ ।

एन एएलटि कलसाइनको हेलिकप्टर भारतीय ६ जना धार्मिक पर्यटक लिएर काठमाडौँदेखि चार्टर्ड उडानमा मुक्तिनाथ पुगेर फर्कने समयमा मौसम खराब भएकोले बेनीमा इमर्जेन्सी ल्यान्ड गरिएको हेलिकप्टरका चालक विमल सापकोटाले बताउनुभयो । 

छ जना पर्यटक लिएर मुक्तिनाथ दर्शनको लागि पुगेको र फर्कँदा पुनहिल तर्फबाट जान नसकेको हुँदा कालिगण्डकीको मार्गहुदै आएको र २ किमी भन्दा पनि कम भिजिबिलिटी भएकोले बेनी ल्यान्ड गरेको सापकोटाले बताउनुभयो । मौसम सुधार भएको खण्डमा जाने नत्र भने बेनीमै बास बस्ने उहाँले बताउनुभयो ।