• १२ असार २०८१, बुधबार

बागलुङको गाडीखोलामा मोटर गुड्ने पुल निर्माण सुरु

blog

बागलुङको गाडीखोलामा निर्माण भएको मोटर गुड्ने पुल ।

ठाकुरप्रसाद आचार्य

बागलुङ, असार ३ गते । बागलुङको ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङदेखि ढोरपाटन शिकार आरक्ष जोड्ने वैकल्पिक सडक अन्तर्गत वडा नम्बर ५ दुवाड स्थित  गाडीखोलामा पक्की मोटर गुड्ने पुल निर्माण गरिएको छ । 

गण्डकी प्रदेश सरकारको बजेटबाट पूर्वाधार विकास कार्यालय बागलुङले गाडीखोलामा हालैमात्र पक्की मोटरेबल पुल निर्माण गरेको हो । पक्की  पुल निर्माण भएपछि सर्वसाधारणलाई आवतजावत गर्न सहज भएको छ । 

ढोरपाटन जाने वैकल्पिक सडक निर्माणको चरणमा छ । पक्की पुल बनेपछि गाडीखोला, दुवाडी,ओख्रेनी, कुदुङ, पानीपोखरा, मराङ, छलला, चामीद्वार, खानी र ढोरपाटनका स्थानीयहरुलाई आवतजावत गर्न सहज भएको छ । पक्की पुलदेखि १० किलोमिटर दूरीको सडक भर्खर मात्र कालोपत्रे सम्पन्न गरिएको छ । 

ढोरपाटन शिकार आरक्षसँग जोड्न करिब ५ किलोमिटर सडकको ट्रयाक खोल्न बाँकी छ । यो सडकले म्याग्दी जिल्लालाई ढोरपाटनसँग जोड्छ ।