बेनीका सरकारी कार्यालय र मंगलाघाट बजार संरक्षण गर्न तटबन्ध
म्याग्दी नदीको कटानबाट जोखिममा परेका सरकारी कार्यालय र बेनी नगरपालिका-७ को मंगलाघाट बजार संरक्षणका लागि पक्की तटबन्ध निर्माण गरिएको छ ।
आयोजनाको ठेक्का अवधि सकियो, प्रगति निराशाजनक
पर्यटकीय राजधानी पोखरामा विद्युत् वितरण प्रणालीलाई भूमिगत गर्ने आयोजनाको प्रगति निराशाजनक देखिएको छ । ठेक्का अवधि सकिसक्दा आयोजनाको भौतिक प्रगति जम्मा ४० प्रतिशत रहेको नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले जनाएको छ ।
बागलुङमा ३८ वनमा आगलागी : १५ वनको आगो नियन्त्रण बाहिर
बागलुङको बरेङ गाउँपालिका–२ को सल्लेरी सामुदायिक वनमा गत फागुनको ९ गते भीषण आगलागी भयो । सो आगलागी गाउँले र प्रहरीको सक्रियतामा दुईपछि नियन्त्रणमा आयो । त्यसभन्दा अगाडि जिल्लाको कुनै पनि वनमा आगलागी भएको थिएन ।
सङ्घ र प्रदेशले देखेन नार्पाभूमि
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये सडक सञ्जालसँग नजोडिएको एउटै मात्र पालिका हो मनाङको नार्पाभूमि गाउँपालिका । जिल्ला सदरमुकामबाट ७० किलोमिटर टाढा रहेको नार्पाभूमि पुग्न दुई दिन पैदल यात्रा गर्नु पर्छ । सङ्घीयतापूर्व नार्पाभूमिको विकासमा राज्यको नजर पर्न सकेको थिएन । अहिले सङ्घीयता कायम भएपछि पनि माथिल्लो सरकारको दृष्टि पर्न नसकेको सोही गाउँपालिकाका अध्यक्ष तेन्जिङ कोन्जो लामाले बताउनुभयो । उहाँले भन्नुभयो, “नार्पाभूमि विकट भएर पनि हुन सक्छ सङ्घ तथा प्रदेश सरकारको दृष्टि अझै पर्न सकेको छैन । यहाँको विकासलाई हेर्ने हो भने नार्पाभूमि राज्यविहीनताकै अवस्थामा रहेको छ । देशलाई चिनाउनकै लागि महत्वपूर्ण भूमिका खेल्ने पर्यटकीय क्षेत्रप्रति सरकारले चासो दिएको छैन ।”
गुर्जा पनि जोडिने भयो सडकले
म्याग्दीको दुर्गम बस्ती गुर्जालाई जोड्ने सडक सञ्जाल निर्माण सुरु गरिएको छ । धवलागिरि गाउँपालिका–१ को गुर्जा अहिलेसम्म सडकसँग जोडिएको छैन । सडक निर्माण योजना सुरु भएसँगै गुर्जावासी उत्साही भएका छन् । जिल्लामा रहेका ४५ वडामध्ये गुर्जाबाहेक अन्य वडा सडक सञ्जालसँग जोडिएका छन् । भौगोलिक विकटता, भिरपहरा, घना जङ्गल, लामो दुरी र सडक योजनाका लागि बजेटको अभावलगायतका कारणले गुर्जा गाउँमा सडक विस्तार गर्न नसकिएको हो ।
पाँच विदेशी पर्यटकको उद्धार
मनाङ भ्रमणमा आएका विदेशी पाँच पर्यटक लेक लागेर बिरामी परेपछि उहाँहरुको उद्धार गरिएको छ । मनास्लु पदमार्गअन्तर्गत नासोँ गाउँपालिका –७ भीमथाङबाट उहाँहरूको उद्धार गरिएको हो ।
लोप हुँदै बाँसबाट बनेका सामग्री
पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले बाँसबाट बनेका सामग्री लोप हुँदै गएका छन् । ग्रामीण भेगबाट परम्परागत रूपमा प्रयोग गरिँदैआएको बाँस र निगालोको चोयाबाट बुनिएका डोको, डालो, थुन्से र भकारी लोप हुँदैगएका छन् ।
सुनौलो हजार दिनका आमालाई पोषण झोला
अर्जुन चौपारी गाउँपालिकाले सुनौलो हजार दिनका आमालाई पोषण झोला वितरण गरेको छ । पोषण तथा खाद्य सुरक्षा कार्यक्रम अन्तर्गत पोषण झोला वितरण गरिएको हो ।
मनाङको लार्केपासबाट चार विदेशी पर्यटकको उद्धार
विकट जिल्ला मनाङ भ्रमणमा आएका विदेशी पाँच पर्यटक लेक लागेर बिरामी परेपछि उनीहरूको उद्धार गरिएको छ । मनास्लु पदमार्गअन्तर्गत नासो गाउँपालिका-७ भिमताङबाट उनीहरूको उद्धार गरिएको हो ।
चितुवा र बाँदर आतङ्कले बढायो वनमा डढेलो
तनहुँमा नरभक्षी चितुवा र बाँदर आतङ्कले वन डढेलो बढेको छ ।
तनहुँमा अदुवा उत्पादन बढ्यो
तनहुँमा यस वर्ष अदुवा उत्पादनमा वृद्धि भएको छ । अदुवाखेतीतर्फ किसानको आकर्षण बढेसँगै उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
बागलुङका २५ स्थानमा तटबन्ध गरिँदै
बागलुङमा यस वर्ष २५ स्थानमा तटबन्ध गर्न थालिएको छ । खोला छेउछाउका बस्ती संरक्षणका लागि तटबन्ध गर्न थालिएको हो ।
राज्यविहीनकै अवस्थामा नार्पाभूमि
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये सडक सञ्जालसँग नजोडिएको एउटै मात्र पालिका हो मनाङको नार्पाभूमि गाउँपालिका ।
हिमपहिरोले असन्तुलित बनेको वीरेन्द्र ताल सामान्य अवस्थामा फर्कँदै
मनास्लु हिमालबाट हिमपहिरो खसेर असन्तुलित बनेको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित सामागाउँमा रहेको वीरेन्द्र ताल विस्तारै सामान्य अवस्थामा फर्कन थालेको छ ।
मनाङमा एक वर्षमा २१ हजार पर्यटक भित्रिए
हिमाली जिल्ला मनाङ आउने पर्यटक बढ्दै गएका छन् । विश्वकै १०औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्ग र मनास्लु पदयात्राको यात्रामा आउने विदेशी पर्यटक आगमन बढ्दो छ ।
जोखिममा हिमताल, सावधानीको खाँचो
मनास्लु हिमालको काखमा रहेको वीरेन्द्र हिमतालमा आइतबार बिहान हिमपहिरो खस्यो । हिमपहिरोका कारण तालको सतह भरिएर पानी बाहिर बग्न थालेपछि बुढीगण्डकी नदीमा बाढी आउने भयले तटीय क्षेत्रका बासिन्दा त्रसित बने ।
किशोरीलाई आत्मरक्षा तालिम
म्याग्दीको मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरमा किशोरीहरुलाई आत्मरक्षा सम्बन्धी क्षमता विकास तालिम प्रदान गरिएको छ ।
सामुदायिक विद्यालयमा शुल्क उठाउन बन्द
तनहुँको एक सामुदायिक विद्यालयका विद्यार्थीहरूले कुनै पनि शीर्षकमा विद्यालयलाई रकम बुझाउनुपरेको छैन । शुक्लागण्डकी नगरपालिका ३ कवासेस्थित शहिद कृष्ण माध्यामिक विद्यालयलका विद्यार्थीले शुल्क तिर्न नपरेको हो ।
पर्यटकका लागि कृत्रिम ताल बनाउँदै व्यास नगरपालिका
तनहुँको व्यास नगरपालिकाले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न वडा नम्बर १० को दुम्सीचौरमा नारेश्वर ताल निर्माण गरिरहेको छ । व्यास नगरपालिकालाई पर्यटकको आकर्षणको केन्द्रबिन्दु बनाउन कृत्रिम ताल बनाउने कार्य अघि बढाइएको नगर प्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो ।
रुसी सेनामा गएका नौ युवा सम्पर्कविहीन
मनग्गे धन कमाएर परिवारलाई सुखसँग पाल्ने सपना बोकी रुसी सेनामा भर्ती भएका युवा सम्पर्कविहीन भएपछि परिवारजन चिन्तामा परेका छन् । छोरो सम्पर्कमा नआएको चार महिना भएकाले चिन्तामा परेको नाम बताउन नचाहने एक महिलाले बताउनुभयो । उहाँले भन्नुभयो, “लामो समयसम्म सम्पर्क नहुँदा छोराको याद आएर खाना पनि रुचेको छैन, रातभरि निद्रा लाग्दैन ।” उहाँको जस्तै तनहुँमा सम्पर्कविहीन भएका नौ युवाका परिवारको आँखा ओभाएका छैनन् । छोराहरू सम्पर्कमा नआएपछि परिवारजनले खोजीका लागि जिल्ला प्रशासन कार्यालयमा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्र्तगत आप्रवासी स्रोत केन्द्रमा निवेदन दिएर फिर्ता पठाइदिन आग्रह गरेका छन् ।
पाठेघरको मुखको क्यान्सरसम्बन्धी शिविर
पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिकामा पाठेघरको मुखको क्यान्सरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जिल्लाको पहाडी क्षेत्र बुलिङटार र बौदीकाली गाउँपालिकामा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । पहिलो पटक आयोजना गरेको निःशुल्क शिविरले महिलाको पाठेघरको समस्या र पाठेघरको मुखको क्यान्सर रोगका सम्बन्धमा पहिचान र रोकथाम गर्न सहयोग पुगेको बुलिङटार गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख अशोककुमार श्रेष्ठले बताउनुभयो । दुई दिनसम्म सञ्चालन गरिएको शिविरमा ८५ जना महिलाले पाठेघरको मुखको क्यान्सरको स्वास्थ्य जाँच गर्नुभएको प्रमुख श्रेष्ठले बताउनुभयो । शिविरमा पाठेघरको क्यान्सर परीक्षण गर्दा नौ जनामा स्वास्थ्य समस्या देखिएको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले जनाएको छ ।
पर्यटकको रोजाइमा ताचै
वसन्त ऋतुमा मनाङ घुम्न आउने पर्यटकको सङ्ख्या धेरै हुन्छ । वसन्तको हरियालीसँगै ढकमक्क फुलेका लालीगुराँस, सेता हिमाल र सफा मौसम पर्यटकका लागि पहिलो रोजाइमा पर्ने गर्दछ । यतिबेला प्रायः होटल पर्यटकले भरिभराउ नै हुने गरेका छन् । बेसिजनमा भने सबै होटल प्रायः बन्द नै हुन्छन् । पछिल्लो समय भ्रमणका क्रममा बसोबासका लागि घरबास (होमस्टे) रोजाइमा पर्ने गरेको छ ।
विद्यार्थी थेग्न नसकेपछि प्रवेश परीक्षा लिँदै बेनी सामुदायिक
म्याग्दीको बेनी सामुदायिक विद्यालयमा भर्ना हुन प्रवेश परीक्षा पास गर्नुपर्दछ । विद्यालयको क्षमताभन्दा धेरै विद्यार्थीले भर्ना हुन आवेदन दिएपछि प्रवेश परीक्षा मार्फत विद्यार्थी छनोट गर्न लागिएको हो ।
‘ट्याक्सीले मिटर चलाएन, १०३ मा फोन गर्नुस्’
गण्डकी प्रदेशको राजधानी पोखरामा मिटरमा नचल्ने ट्याक्सीमाथि निगरानी बढाइएको छ । जिल्ला ट्राफिक कार्यालय कास्कीले पोखरा महानगरभित्र मिटरमा नचल्ने ट्याक्सीलाई कारबाही गरिरहेको छ ।