कास्कीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु, एक घाइते
अविरल वर्षापछि पहिरोमा परेर कास्कीमा दुई छुट्टाछुट्टै घटनामा एक बालक र एक बालिकाको मृत्यु भएको छ । उक्त घटनामा एकजना घाइते भएका छन् ।
डेढ दशकपछि बेनी–भकिम्ली सडक स्तरोन्नति
डेढ दशकपछि म्याग्दीको बेनी–भकिम्ली सडक स्तरोन्नति थालिएको छ । उक्त सडकले बेनी नगरपालिका–२, ३, ४ र मङ्गला गाउँपालिका–३ र ४ वडालाई सदरमुकाम बेनी बजारसँग जोड्छ ।
ढोलठाना दरबारमा पूर्वाधार निर्माण
म्याग्दीको बेनी नगरपालिका–९ स्थित ऐतिहासिक ढोलठाना दरबारमा पर्यटकीय पूर्वाधार निर्माण गरिएको छ । विसं १६३१ देखि १८४३ सम्म यहाँ पर्वत राज्यको राजधानी रहेको इतिहास छ । ऐतिहासिक महत्वको ढोलठानाको संरक्षण र पर्यटकीय पूर्वाधार निर्माण गर्न थालिएको हो । ढोलठाना दरबार बेनीको शिरमा पर्दछ । ढोलठाना दरबारको संरक्षण र पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्षमा भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतमार्फत १० लाख र पर्यटन तथा उद्योग कार्यालय म्याग्दीमार्फत १० लाख गरेर २० लाख रुपियाँको बजेटमा पर्यटन पूर्वाधार निर्माण गरिएको छ ।
पहिरोले घर बगाउँदा एकै परिवारका ४ जना बेपत्ता
लमजुङमा पहिरोले घर बगाउँदा एकै परिवारका ४ जना बेपत्ता भएका छन् । क्व्होलासोथार गाउँपालिका ३ को पोगुममा मङ्गलवार राति गएको पहिरोले तीन वटा घर बगाएको छ भने एकै परिवारका चार जना बेपत्ता भएको वडा नम्बर ३ का सदस्य भोज बहादुर घलेले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।
मनाङको आलुबारी
हिमालपारिको जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिकाका किसानले लगाएको आलुखेती । मनाङमा आलु, मकै, गहुँ, फापर, उवालगायत रैथाने बालीको खेती हुँदै आएको छ ।
बाढीले पुरिएका सामान निकालिँदै
म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलमा रहेको शुभलक्ष्मी मोटर पार्ट्समा बाढी पसेर पुरिएका सामान निकालिँदै । बेनीको क्यापसचोक माथिको पाखोबाट आएको बाढी नाली बाहिरबाट बगेर ६ वटा पसलभित्र पस्दा करिब रु एक करोड बराबरको सामान क्षति पुगेको छ ।
नाटकमय पोखरा
भीमनिधि तिवारीको ‘सहनशीला सुशीला’ नाटक २००७ सालमै टिकट काटेर हेरेका पोखरेलीमाझ चाँडै ‘जिउँदो लास’ नाटक मञ्चन हुँदै छ । २०७४ सालमा खुलेको पोखरा थिएटरले विजय मल्लको चर्चित नाटक ‘साउन लाग्दै’ मञ्चन गर्ने तयारी गरेको छ । युवा नाटककार केदार पौडेलले ‘सपना डिलक्स कोच’ नाटक भर्खरै लेखिसक्नुभएको छ । उहाँ चाँडै यो नाटक मञ्चनको तयारीमा हुनुहुन्छ । ‘धनीरामको गोरु’ नाटक मञ्चन गरेका कलाकार शबु पाठकको समूह अहिले विभिन्न सम्मेलन, कार्यक्रममा सचेतनामूलक नाटक देखाइरहेको छ । अर्थात पछिल्लो दशकमा पोखरामा नाटक मञ्चनको क्रम बढेको छ ।
मादी, सेती र त्रिशुली नदीको सङ्गमस्थल
तनहुँको आँबूखैरेनी गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–२९ स्थित मादीसेती र त्रिशुली नदीको सङ्गमस्थल ।
क्षयरोगमुक्त घोषणाका लागि अभियान
पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकालाई क्षयरोगमुक्त नगरपालिका घोषणा गर्न अभियान सञ्चालन गरिएको छ । विश्वमै क्षयरोग जनस्वास्थ्य र दिगो विकासका लागि प्रमुख चुनौती रहँदैआएको छ ।
विदेशबाट श्रीमान् फर्काउने उपाय बन्यो कागती खेती
व्यास नगरपालिका–१३ आशापानीकी सिर्जना कोइराला रेग्मीको उद्यमले विदेश पुगेका श्रीमान राजु रेग्मी स्वदेश फर्किनुभएको छ।
तनहुँका नौ पालिकाको बजेट सात अर्ब ३८ करोड
तनहुँका १० मध्ये नौ वटा स्थानीय सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट सार्वजनिक गरेका छन् । ती पालिकाले करिब सात अर्ब ३८ करोडको अनुमानित आयव्यय सार्वजनिक गरेका छन् । सबैभन्दा धेरै बजेट व्यास नगरपालिकाको रहेको छ भने सबैभन्दा देवघाट रहेको छ ।
स्याङ्जाका ११ पालिकाले ल्याए साढे सात अर्बको बजेट
११ गाउँपालिका रहेको स्याङ्जाकामा सात अर्ब ५९ करोड ९६ लाख २५ हजार चार सय रुपियाँ बराबरको बजेट ल्याएका छन् ।
पिसाङ गाउँ
हिमालपारिको जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–१ स्थित पिसाङ गाउँ । सामुद्रिक सतहदेखि ३३ सय मिटरको उचाइमा अवस्थित पिसाङ विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा पर्दछ ।
रघुगङ्गाको बजेट : विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बिमा
म्याग्दीको रघुगङ्गा गाउँपालिकाले गरिब तथा विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिदिने नीति लिएको छ । गरिब तथा विपन्न वर्गको स्वास्थ्य उपचारलाई सहज बनाउन पालिकाले सञ्चालन गर्ने स्वास्थ्य बिमा कार्यक्रमका लागि ११ लाख रुपियाँ बजेटको व्यवस्था गरेको छ ।
दैनिक १२ जनाभन्दा बढी पर्यटक मनाङ पुग्छन्
सिजनका बेला पर्यटकले भरिभराउ हुने मनाङमा असार दोस्रो सातासम्म आइपुग्दा दैनिक १२ जनाभन्दा बढी पर्यटक मनाङ पुग्ने गरेका छन् । पहिले पर्यटकका लागि अफसिजन मानिएको मनाङमा अहिले बाह्रै महिना पर्यटक देखिने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ‘एक्याप’ इलाका कार्यालय मनाङका कार्यालय प्रमुख ढकबहादुर भुजेलले जानकारी दिनुभयो ।
चट्टानी पहाड छिचोलेर सडक
लमजुङ सदरमुकाम बेसीसहरदेखि मनाङको चामे जोड्ने सडकअन्तर्गत दुई जिल्लाको सीमास्थल म्यार्दी खोलाछेउको चट्टानी पहाड छिचोलेर निर्माण गरिएको सडक ।
यात्रुलाई सास्ती र जोखिम
“बाढीपहिरो रोकथामका लागि जिल्लाबाट पाँच हजारभन्दा बढी तारजालीको माग आएको छ तर हामीसँग करिब तीन सय तारजाली खरिद गर्न सक्ने मात्र रकम छ । त्यति पैसाको सम्झौता गरेर खरिद गर्न त सकिन्छ तर माग कैयौँ गुणा बढी भएकाले कसरी सम्बोधन गर्ने भन्ने मात्र चिन्ता छ,” जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, नवलपुरका प्रमुख दीपा गौतमले भनेका यी वाक्यले जिल्लामा विपत् न्यूनीकरणको तयारी कस्तो छ भन्ने छर्लङ्ङ हुन्छ ।
सडकले वालिङको रूप फेरिँदै
स्याङ्जाको वालिङ नगरपालिका क्षेत्रभित्र सडक कालोपत्रेले तीव्रता पाएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत वालिङ नगरपालिकाको क्षेत्रभित्र कालोपत्रे गर्न सुरु गरिएको छ । तत्कालीन नगरप्रमुख दिलीपप्रताप खाणको सक्रियतामा बजार क्षेत्रको सडक चौडा पारिएको थियो । चौडा पारिएको सडकको छेउ र कुनामा कालोपत्रे गर्न सुरु गरिएको हो ।
ट्रयाक खुलेको १९ वर्षपछि सडक कालोपत्रे
दुई जिल्ला जोड्ने गरी १९ वर्ष अगाडि ट्रयाक खुलेको सडक कालोपत्रे गरिएको छ । बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार, ताराखोला हुँदै म्याग्दी जोड्ने सडक कालोपत्र गरिएको हो ।
पहाड काटेर बनाइएको बाटो
तनहुँको ॠषिङ्ग गाउँपालिका(८ अजम्बरीमा पहाड काटेर बनाइएको बाटो । यही बाटो हुँदै गाउँपालिकाको प्रमुख प्रशासकीय केन्द्र पोखरीभञ्ज्याङ्ग पुग्न सकिन्छ।
कम्प्युटरमा आकर्षित आमाहरू
म्याग्दीको बेनी बजार, मङ्गलाघाटमा सञ्चालित उज्यालो वैकल्पिक विद्यालयमा अध्ययनरत ३७ वर्षीया कल्पना सुनार नेपाली र अङ्ग्रेजी दुवै अक्षर सजिलै टङ्कन (टाइप) गर्न सक्ने हुनुभएको छ । अब उहाँलाई कम्प्युटर सिक्ने रहर जागेको छ । सानैमा विवाह भएपछि बिचमै पढाइ छाड्नुभएकी पर्वतको जलजला गाउँपालिका–४, लामाखेतीकी सविना दर्जी पनि कम्प्युटरमा नेपाली र अङ्ग्रेजी दुवै अक्षर टाइप गर्न सिक्दै हुनुहुन्छ । उज्यालो वैकल्पिक विद्यालयमा भर्ना भएका ४५ जनामध्ये अध्ययनरत ४० जना आमा छन् । तीमध्ये कक्षा ८ मा पढ्ने १० जना आमा सजिलै कम्प्युटर चलाउन सक्ने भइसक्नुभएको छ ।
सञ्चारीकाको डिजिटल साक्षरता अभियान
गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयको आर्थिक सहयोग एवम् सञ्चारीका समूह नेपाल गण्डकी प्रदेशले डिजिटल साक्षरता अभियान सञ्चालन गरेको छ ।
तनहुँ र लमजुङमा रासायनिक मलको अभाव नहुने
तनहुँ र लमजुङका कृषकले धान तथा मकै खेतीका लागि रासायनिक मलको अभाव झेल्नु नपर्ने भएको छ ।
गोहीको आक्रमणबाट एक जनाको मृत्यु
नवलपुरको मध्यबिन्दु नगरपालिका नारायणी नदीमा नुहाउन गएका वृद्धलाई गोहीले आक्रमण गर्दा मृत्यु भएको छ ।