• १५ असार २०८१, शनिबार

स्याङ्जाका ११ पालिकाले ल्याए साढे सात अर्बको बजेट

blog

अर्जुन काफ्ले
स्याङ्जा, असार ११ गते । 
११ गाउँपालिका रहेको स्याङ्जाकामा सात अर्ब ५९ करोड ९६ लाख २५ हजार चार सय रुपियाँ बराबरको बजेट ल्याएका छन् ।

असार १० गतेसम्म हरेक पालिकाले आगामी आर्थिक वर्षका लागि बजेट र नीति तथा कार्यक्रम ल्याउने प्रावधान अनुसार जिल्लाका ११ वटै पालिकाले समयमै ल्याउन सफल भएका हुन् । 

पाँच नगरपालिका र छ गाउँपालिका रहेको स्याङ्जामा नगरपालिकातर्फ पुतलीबजार नगरपालिका सबैभन्दा धेरै चालुतर्फ ५९ करोड ६२ लाख ४० हजार र पुँजीगततर्फ ७२ करोड ७१ लख ६८ हजार गरी एक अर्ब ३२ करोड ३४ लाख आठ हजार रुपियाँको बजेट ल्याएको हो ।

नगरपालिका तर्फ थोरै बजेट चापाकोटले पुँजीगत २७ करोड ९९ लाख ३५ हजार र चालुतर्फ ४४ करोड ९२ लाख ६० हजार रुपियाँ गरी ७२ करोड ९१ लख ९५ हजारको बजेट विनियोजन गरेको हो ।

यस्तै, नगरपालिकामा वालिङले ८६ करोड ४७ लाख २१ हजार पाँच सयको बजेट विनियोजन गरेको छ भने गल्याङ नगरपालिकाले पुँजीतर्फ २४ करोड ९६ लाख ३९ हजार र चालुतर्फ ५४ करोड १४ लाख गरी ७९ करोड १० लाख ३९ हजार रुपियाँको बजेट ल्याएको छ । यस्तै भीरकोटको चालुतर्फ ५९ करोड ८९ लाख ७० हजार र पुँजीगततर्फ १८ करोड २६ लाख ५० हजार गरी ७८ करोड २६ लाख २० हजारको ल्याएको हो ।

यस्तै, गाउँपालिका तर्फ सबैभन्दा धेरै कालीगण्डकी गाउँपालिकाले ६३ करोड ६४ लाख ६५ हजारको बजेट विनियोजन गरेको छ भने पालिकातर्फ कम हरिनासले ४० करोड १७ लाख दुई हजार रुपियाँको बजेट विनियोजन गरेको हो ।

यस्तै, गाउँपालिकातर्फ अर्जुनचौपारी गाउँपालिकाले चालुतर्फ ३१ करोड १४ लाख ६५ हजार र पुँजीगत २५ करोड ४६ लाख १० हजार गरी ५६ करोड ६० लाख ७५ हजार रुपियाँको बजेट ल्याएको हो ।

यसैगरी, आँधीखोला गाउँपालिकाको ५६ करोड ५८ लाख ५९ हजारको कुल बजेट रहेको ल्याउँदा बिरुवा गाउँपालिकाले ४९ करोड ४६ लाख ४७ हजार रुपियाँको बजेट ल्याएको हो । बिरुवाको चालु तर्फ ३३ करोड २७ लाख २३ हजार रहेका छ भने पुँजीगत १६ करोड १९ लाख २४ हजार रुपियाँ रहेको छ ।

त्यस्तै फेँदिखोलाको ४४ करोड ३८ लाख ९३ हजार नौ सय बराबरको बजेट ल्याएको हो । ११ वटै पालिकाले विकास निर्माण र पूर्वाधार विकास, शिक्षा तथा स्वास्थ्यमा जोड दिएका छन् ।