कालीगण्डकी नदीमाथिको मोटरेबल पुलको काम अन्तिम चरणमा
तनहुँको घिरिङ गाउँपालिका-१ र पाल्पाको रामपुर नगरपालिका-१ स्थित कालीगण्डकी नदीमाथि मोटरेबल पुल निर्माण अन्तिम चरणमा पुगेको छ । नदीसँग जोडिएका कार्य पूर्ण रूपमा सकिएको छ भने माथिल्लो भागका निर्माण भइरहेको छ ।
एसइई : सुशान्त बने जिल्ला उत्कृष्ट
माध्यमिक शिक्षा परीक्षा (एसइई) मा स्याङ्जाका सुशान्त मरासिनीले चार जिपिए ल्याउनुभएको छ । पुतलीबजार नगरपालिका १ मा रहेको त्रिभुवन आदर्श नमुना मा.वि का मरासिनीले जिल्ला टप गर्नुभएको हो ।
सहज बन्दै बेनीका सडक
बेनी नगरपालिका–९ जम्रेनीका डण्डपानी सुवेदीले कच्ची सडकको सकसपूर्ण यात्रा अझै भुल्नुभएको छैन ।“घर अगाडिको बेनी–पाखापानी सडक हुँदै बेनी आउन, काम गर्न र फर्कन करिब दुई घण्टा पैदलयात्रा गर्नु पर्दथ्यो ।
नाग्लीबाङ्ग सडक स्तरोन्नतिपछि यात्रा सहज
वर्षौँ देखिको कच्ची र जीर्ण सडक स्तरोन्नति भएसँगै नाग्लीबाङवासीको यात्रा सहज भएको छ । म्याग्दीको बेनीसँग सिमाना जोडिएको जलजला गाउँपालिका-८ स्थित डिमुवाखोला हुँदै नाग्लीबाङ जोड्ने ग्रामीण सडकको घुम्ती सुधार, ग्रेड मिलाउने, नाली, पर्खाल र ढलान गरेपछि सर्वसाधारणहरूको यात्रा सहज भएको हो ।
धवलागिरि आइसफल पदमार्ग निर्माणमा तीव्रता
सोलुखुम्बुका खड्क बस्नेत दुई महिनादेखि धवलागिरि हिमालको फेदी नजिकको जङ्गलमा बास बस्नुहुन्छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको कछुवा ओढार क्षेत्रमा पदमार्ग बनाउन बस्नेतसहित करिब ३० जनाको टोली दुई महिनादेखि जङ्गलमै बास बस्दै आएका हुन् ।
मुग्लिन–पोखरा सडक विस्तारः ५३ किलोमिटर कालोपत्र पूरा
मुग्लिन–पोखरा सडकअन्तर्गत ५३ किलोमिटर खण्ड कालोपत्र भएको छ । असी किलोमिटर लामो उक्त सडकको पूर्वी ३३ र पश्चिमी खण्डमा २० किलोमिटर कालोपत्र गरिएको हो ।
करमैत्री गाउँपालिका बनाउने लक्ष्य छ
हुप्सेकोट गाउँपालिका गण्डकी प्रदेश अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लामा अवस्थित छ । साबिकको हुप्सेकोट देउराली र धौवादी गाउँ विकास समितिलाई समेटेर बनाइएको हो । यस गाउँपालिका १८९ वर्ग किमी क्षेत्रफलमा फैलिएको छ । पूर्वमा कावासोती र देवचुली नगरपालिका, पश्चिममा मध्यबिन्दु नगरपालिका र पाल्पा जिल्ला, उत्तरमा बुङ्दीकाली गाउँपालिका र पाल्पा जिल्ला, दक्षिणमा कावासोती र मध्यबिन्दु नगरपालिका पर्छ । यस गाउँपालिकामा रमणीय र पर्यटकीय महत्व बोकेका ऐतिहासिक गढी, दरबारका साथै ताल, पोखरी, मठमन्दिर एवं हरिया डाँडाकाँडा छन् । त्यस्तै लोपोन्मुख घोरल तथा अन्य विविध पशुपन्छीको बा
चट्याङले लागेर महिलाको मृत्यु
नवलपुरको कावासोतीमा चट्याङ लागेर घाइते हुनु भएकी महिलाको मृत्यु भएको छ ।
फेवातालमा डुबेर एकको मृत्यु
फेवातालमा माछा मार्ने क्रममा डुबेर बुधबार दिउँसो एक जनाको ज्यान गएको छ । कास्कीको पोखरा महानगरपालिका –१८ खपौदी फेवातालमा माछा मार्ने क्रममा डुबेर ३३ वर्षीय सुकबहादुर मगरको मृत्यु भएको हो ।
गोरखा पूर्णखोप सुनिश्चितता जिल्ला घोषण
गोरखा जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपन जिल्ला घोषण गरिएको छ । बुधबार जिल्ला सदरमुकाममा एक कार्यक्रमका बिच जिल्लामा रहेको ११ वटा स्थानीय तहहरूले पालिका स्तरीय पूर्णखोप सुनिश्चितता तथा दिगो पन पालिका घोषण सम्पन्न भएपछि गोरखा जिल्ला पूर्णखोप सुनिश्चितता तथा दिगो पनि जिल्ला घोषण भएको हो ।
गण्डकी प्रदेशमा पहिरोले सात जनाको मृत्यु
पहिरोले कास्की र लम्जुङमा ७ जनाको मृत्यु भएको छ ।
पाठेघर र स्तन क्यान्सर पत्ता लगाउन गाउँमै ‘स्क्रिनिङ’ शिविर
जिल्लाको जलजला गाउँपालिका-७ धाइरिङकी ८१ वर्षीया वृद्धालाई आफूमा आङ खस्ने (पाठेघर खस्ने) समस्या रहेको शनिबार मात्रै थाहा भयो ।
चट्याङ लागेर एक जना घाइते
चट्याङ लागेर नवलपुरको कावासोतीमा धान रोप्दै गरेकी महिला गम्भीर घाइते हुनुभएको छ ।
पहिरामा परी लमजुङमा चारजनाको मृत्यु
जिल्लाको क्व्होलासोथार गाउँपालिका–३ बगुमस्थित गएराति पहिरो खस्दा चारजनाको मृत्यु भएको छ । पहिराले तीनवटा घर पुरिँदा उनीहरू बेपत्ता भएका थिए ।
मनाङमा विपद् सहायता कक्ष स्थापना
मनसुनजन्य विपद्को समयमा उद्धार र राहतलाई प्रभावकारी बनाउन जिल्लाको विभिन्न स्थानमा विपद् पाँचवटा सहायता कक्ष स्थापना गरिएको हो ।
तनहुँमा रासायनिक मल पर्याप्त मौज्दात
बर्सेनि रासायनिक मल अभाव व्यहोरेका तनहुँका किसानलाई समस्या नहुने भएको छ । भण्डारणमा पर्याप्त मौज्दात रासायनिक मल भएपछि तनहुँका किसानले धान तथा मकै खेतीका लागि मल अभाव झेल्नु नपर्ने भएको हो ।
गङ्गापूर्ण ताल
हिमालपारिको जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा रहेको गङ्गापूर्ण ताल । गङ्गापूर्ण हिमाल, अन्नपूर्ण चौथो जस्ता हिमालहरूबाट आउने हिमनदीहरू थेग्रिएर यो ताल बनेको हो ।
सोलार बत्तीबाट पानी तानेर वितरण
मंगला गाउँपालिका –२ र्यालेखोरमा सोलार बत्तीको प्रयोग गरेर पानी तानेर गाउँका सर्वसाधारणलाई स्वच्छ पिउने पानी वितरण गरिएको छ ।
लमजुङ पहिरो अपडेट : बेपत्ता वृद्धको शव भेटियो
लमजुङको क्व्होंलासोथर गाउँपालिका–३ बगुमस्थित पच्युटोलमा पहिरोमा परेर बेपत्ता भएका चारमध्ये एकजनाको शव फेला परेको छ । तीनजना अझै बेपत्ता छन् ।
म्याग्दीको रुम गाउँ
मालिका गाउँपालिका–२ रुम गाउँ । दलित र जनजातिको बस्ती रहेको रुम मालिका गाउँपालिका भित्र धेरै मतदाता रहेको वडा पनि हो ।
रुसी सेनामा कार्यरत तनहुँका गुरुङको मृत्यु
रुसी सेनामा भर्ती भएका तनहुँका एक युवाको मृत्यु भएको छ । आँबुखैरेनी गाउँपालिका– ५ भटिश्वराका ३४ वर्षीय रञ्जित गुरुङको रुस–युक्रेन युद्धमा परि मृत्यु भएको हो ।
कास्कीमा पहिरोले घर भत्किँदा दुई जनाको मृत्यु
मङ्गलबार रातिबाट परेको वर्षाका कारण घर भत्किँदा कास्कीमा दुई जनाको ज्यान गएको छ । कास्कीको मादी गाउँपालिका वडा नम्बर ५ चितेपानीमा घरले घर भत्किँदा १३ वर्षीया आयुस्मा रानाभाटको मृत्यु भएको हो ।
बरामका चुलोमा पितृको बास
बराम जातिको मुख्य थलो गोरखा मानिन्छ । यहाँबाट बसाइँ सरी तनहुँ, धादिङ, मकवानपुर, नवलपरासी, चितवन, नुवाकोट, ललितपुर, बारा र सर्लाहीमा बराम जातिको बसोबास भएको पाइन्छ । नेपाल सरकार, आदिवासी जनजाति उत्थान प्रतिष्ठान ऐन–२०५८ अन्तर्गत सूचीकृत ५९ आदिवासी जनजातिमध्ये अतिसीमान्तकृत समूहमा बराम जाति पर्दछ । बराम जाति सोझा र सरल हुन्छन् । यो जातिको आफ्नै भाषा, संस्कृति, रहनसहन, जीवनपद्धति र सामाजिक मूल्य मान्यता छन् । हरिचन छन्त्याल र जगतबहादुर बराम लिखित बराम
कास्कीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु, एक घाइते
अविरल वर्षापछि पहिरोमा परेर कास्कीमा दुई छुट्टाछुट्टै घटनामा एक बालक र एक बालिकाको मृत्यु भएको छ । उक्त घटनामा एकजना घाइते भएका छन् ।