• १६ असार २०८१, आइतबार

एसइई : सुशान्त बने जिल्ला उत्कृष्ट

blog

स्याङ्जाका सुशान्त मरासिनी ।

अर्जुन काफ्ले

स्याङ्जा, असार १३ गते । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा स्याङ्जाका सुशान्त मरासिनीले चार जिपिए ल्याउनुभएको छ । पुतलीबजार नगरपालिका १ मा रहेको त्रिभुवन आदर्श नमुना मा.वि का मरासिनीले जिल्ला टप गर्नुभएको हो । 

२०६५ पुस १० गते पुतलीबजार नगरपालिका-३ मा बाबा कृष्ण प्रसाद मरासिनी र वसुन्धरा मरासिनीको कान्छो छोराको रूपमा जन्मिनुभएका मरासिनीले ०४३००२३४ पी सिम्बोल नम्बरबाट परीक्षा दिनुभएको थियो । 

विद्यालयमा लगनशील र तृष्णा रहेका मरासिनीले जिल्ला नै टप गर्नुभएको गणित शिक्षक शिव ढकालले जानकारी दिनुभयो । त्रिआ माविमा एक सय ४२ जनाले परीक्षा दिएकोमा २० जनाले ए प्लस सहित उत्तीर्ण भएका छन् ।