• १५ असार २०८१, शनिबार

पहिरामा परी लमजुङमा चारजनाको मृत्यु

blog

जिल्लाको क्व्होलासोथार गाउँपालिका–३ बगुममा गएको पहिरो । तस्बिर : रासस

लमजुङ, असार १२ गते । जिल्लाको क्व्होलासोथार गाउँपालिका–३ बगुमस्थित गएराति पहिरो खस्दा चारजनाको मृत्यु भएको छ । पहिराले तीनवटा घर पुरिँदा उनीहरू बेपत्ता भएका थिए ।

पहिरामा पुरिएर ६७ वर्षीय रुद्रमान गुरुङ, उहाँकी बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, नातिनी ४ वर्षीया नम्रता गुरुङ र ८ वर्षीया इच्छा गुरुङको शव भेटिएको स्थानीय चित्र घलेले बताउनुभयो । उहाँले प्रहरी र स्थानीयले भग्नावशेषबाट उनीहरूको शव निकालेका हुन् । रासस