तीस दिनभित्र दोहोरो पद छोडिसक्न सहकारी संस्थाका सञ्चालकलाई निर्देशन
सहकारी विभागले एउटै व्यक्ति दुई वा त्यसभन्दा बढी सहकारी संस्थाको सञ्चालक हुन नपाउने व्यवस्था गरेको छ । विभागले कोही दोहोरो पदमा रहेको भए त्यसलाई त्यागेर एकल पद कायम गर्न सबै सहकारी संस्थालाई आज निर्देशन दिएको हो ।
पुनर्निर्माणको पर्खाइमा घाँसीकुवा
भानुभक्त आचार्यलाई आदिकवि बनाउने प्रेरणास्थल घाँसीकुवामा रहेको घाँसीकुवा पुनर्निर्माणको पर्खाइमा छ।
गोरखामा ११ विद्यालयको नतिजा शून्य
गोरखामा ११ वटा सामुदायिक विद्यालयको माध्यमिक शिक्षा परीक्षा एसइई को नतिजा शून्य आएको छ ।
समाजसेवी विश्वकर्मालाई सम्मान
अर्जुनचौपारी गाउँपालिका ४ रापाकोटका दीपक विश्वकर्मा गण्डकी प्रदेश सरकारले सम्मान गरेको छ।
स्वर्गद्वारी पहाड
हिमालपारिको जिल्ला मनाङको ङिस्याङ गाउँपालिका–१ पिसाङमा अवस्थित स्वर्गद्वारी पहाड । अन्नपूर्ण चक्रिय पदमार्ग नजिकको यो पहाडले पर्यटकीय आकर्षण थपेको छ ।
बुकी पुगेका भेडीगोठ
चरनका लागि म्याग्दीको चिमखोला र मुस्ताङको सीमा क्षेत्रमा पर्ने दहबुकी खर्चमा लगिएको भेडीगोठ ।
मनाङको बाटो सधैँ जोखिमपूर्ण
मनसुन सुरु भएसँगै स्थानीयवासीमा त्रास बढेको छ । मनाङ बाढीपहिराको जोखिम क्षेत्र मानिन्छ ।
पोखरा स्पोर्टस् अवार्ड वर्षका उत्कृष्ट खेलाडीलाई स्कुटर हस्तान्तरण
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीद्वारा आयोजित ‘आठौँ पोखरा स्पोर्टस् अवार्ड’ मा वर्षका उत्कृष्ट पुरुष तथा महिला खेलाडीलाई इलेक्ट्रिक स्कुटर हस्तान्तरण गरिएको छ ।
सहिदको स्मृतिमा उद्यान निर्माण
जिल्लाको काठेखोला गाउँपालिका–१ स्थित धिमी खानसिङमा सहिद स्मृति उद्यान निर्माण गरिएको छ । सहिद स्मृति पार्क संरक्षण केन्द्रले व्यवस्थापन गरेको दुई रोपनी १० आना जग्गामा उद्यान निर्माण गरिएको हो ।
बेनी–जोमसोम सडकको बैसरीमा पहिरोले भ्यान पुरियो
राष्ट्रिय गौरबको आयोजना कालिगण्डकी कोरिडोर अन्तर्गत बेनी–जोमसोम सडक अन्तर्गत बैंसरीमा सडकमाथिबाट खसेको पहिरोले सवारीसधान पुरिएको छ ।
गण्डकीमा ई ड्राइभको सेवा विस्तार
गण्डकी प्रदेशभर सेवा प्रदान गर्ने गरी ‘ई ड्राइभ नेपाल’ को राइड सेयरिङ एप सञ्चालनमा ल्याइएको छ । ई ड्राइभ गण्डकी नेपाल र ई ड्राइभ नेपालले सहकार्य गर्दै राइड सेयरिङ एप सञ्चालनमा ल्याइएको हो । गण्डकीका १० जना युवाको पहलमा एप सञ्चालनमा ल्याएको ई ड्राइभले केही समयमै सेवा शुभारम्भ गर्ने छ । यात्रुले प्लेस्टोर र एपस्टोरका माध्यमबाट ई ड्राइभ नेपालको एप डाउनलोड गरेपछि अनलाइनबाट आवश्यकता अनुसार सवारीसाधन ‘बुक’ गरेर गन्तव्यमा पुग्ने व्यवस्था मिलाएको ई ड्राइभ गण्डकीका अध्यक्ष भीमसेन कार्कीले जानकारी दिनुभयो ।
बेँसीसहर–चामे सडक खुल्यो
अविरल वर्षाले विभिन्न ठाउँमा पहिरो जाँदा मङ्गलबार साँझदेखि अवरुद्ध बेँसीसहर–चामे सडकअन्तर्गत लमजुङ खण्ड सञ्चालन भएको छ ।
अपाङ्गता भएकाको स्वआर्जन
नवलपुरको मध्यविन्दु–५, बाखोर निवासी गमबहादुर थापा बाँसका सामग्री डोको, डाला बुन्नमा व्यस्त हुनुहुन्छ । ७२ वर्षीय गमबहादुर शारीरिक रूपमा अपाङ्ग हुनुहुन्छ । उहाँले साङ्गसरह नै काम गर्नुहुन्छ । २४ वर्षदेखि बाँसका धारिला चोयाबाट डोका, डाला बुनेर नै दिनचर्या र घरखर्च चलाउँदै गरेको उहाँ बताउनुहुन्छ ।
म्याग्दीका किसानलाई आलु भित्र्याउने चटारो
जिल्लाको पहाडी क्षेत्रका किसानहरूलाई अहिले बर्खे आलु भित्र्याउने चटारो छ । यहाँका किसानले बेँसीमा हिउँदे र लेकमा बर्खे आलु खेती गर्छन् । पहाडी तथा लेकाली हावापानीमा उत्पादित आलु खान स्वादिलो हुने भएकाले उपभोक्ताको पनि रोजाइमा पर्ने गर्दछ ।
रैथाने बालीमा बढ्दो आकर्षण
पूर्वी नवलपरासीका किसान रैथाने बालीमा आकर्षित भएका छन् । कावासोतीमा अवस्थित सामुदायिक बिउँ बैङ्कले रैथाने बालीको संरक्षण गर्दै आएपछि पछिल्लो समयमा रैथाने बालीमा किसानको आकर्षण बढ्न थालेको हो ।
पर्यटन तथा पर्वतारोहण पढ्ने विद्यार्थीलाई अनुदान
जिल्लाको नासो गाउँपालिकाले पर्यटन तथा पर्वतारोहण विषय लिएर अध्ययन गर्ने विद्यार्थीलाई अनुदान उपलब्ध गराउने भएको छ ।
पोखरा महानगरमा अख्तियारको छापा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मङ्गलबार पोखरा महानगरपालिका कार्यालयमा छापा मारेको छ । मणिपाल शिक्षण अस्पताललाई कानुन विपरीत राजस्व छुट दिइएको उजुरीपछि अख्तियार पोखरा कार्यालय छापा मारेको हो ।
प्रविधिको प्रयोग गरेर गुणस्तर मापन गर्दै अन्नपुर्ण गाउँपालिका
उत्तरी म्याग्दीको अन्नपुर्ण गाउँपालिकाले आफ्नो क्षेत्रभित्र निर्माण भएका पूर्वाधारको गुणस्तर मापनमा आधुनिक प्रविधिको प्रयोगलाई बढावा दिन थालेको छ ।
चन्दा सङ्कलन गरेर खेलमैदान निर्माण
म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ पाखापानीमा चन्दा जुटाएर खेलमैदान निर्माण भएको छ । स्थानीयवासी, प्रवासीहरू र गाउँपालिकाको सहयोग जुटाएर स्टार स्पोर्टस् क्लबले खेलमैदान निर्माण गरेको हो ।
पर्यटकको मुख्य रोजाईको गाउँ बन्दीपुर
तनहुँको बन्दीपुर गाउँपालिकाले हरेक गाउँहरूलाई पर्यटकीय ठाउँका रूपमा विकास गर्ने भएको छ । बन्दीपुर बजारभन्दा केही पर रहेका गाउँहरूलाई पूर्वाधार विकास गरी पर्यटकीय ठाउँका रूपमा विकास गर्न लागिएको हो ।
चितुवा देखिनासाथ एसएमएस आउने प्रणाली जडान
पोखरामा चितुवाको आतङ्कबाट स्थानीयलाई जोगाउन मोबाइल एसएमएस प्रणाली जडान सुरु गरिएको छ । जनावर र वन्यजन्तुको द्वन्द्वको क्षेत्रमा काम गर्दै आइरहेको ग्रिन गर्भनेन्स नेपालको पहलमा पोखरा महानगरपालिका वडा नम्बर ३१ र ३२ को ग्रामीण क्षेत्रमा यस्तो प्रणाली जडान गरिएको हो ।
सगरमाथा आरोहणको इतिहास वृत्तचित्रमा
सगरमाथा आरोहणका पहिला तीन अभियानलाई समेटेर तयार गरिएको वृत्तचित्र सोमबार अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय पोखरामा प्रदर्शन गरिएको छ । अल्पाइन क्लबले माउन्ट एभरेस्ट फाउन्डेसनसँगको सहकार्यमा तयार पारेको ‘एभरेस्ट बाई दोज हु वेयर दियर’ डकुमेन्ट्री अब सधैँका लागि सङ्ग्रहालयमै उपलब्ध हुने छ ।
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
अविरल वर्षाले सडकमाथिबाट पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । बागलुङको जैमिनी नगरपालिका–५ माझबौरस्थित सडकमाथिबाट पहिरो खस्दा करिडोर अवरुद्ध हुँदा मुक्तिनाथ जाने भारतीय पर्यटकसहित जैमिनीको छिस्ती, जैदी, अर्जेवा, बिनामारेलगायत स्थानबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउने सवारीसाधन ठप्प
चन्दा सङ्कलन गरेर खेलमैदान निर्माण
म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ पाखापानीमा चन्दा जुटाएर खेलमैदान निर्माण भएको छ । स्थानीयवासी, प्रवासीहरू र गाउँपालिकाको सहयोग जुटाएर स्टार स्पोर्टस् क्लबले खेलमैदान निर्माण गरेको हो ।