खाली जग्गामा वृक्षारोपण गर्न बिरुवा वितरण
डिभिजन बन कार्यालय गोरखाले खाली जग्गामा वृक्षारोपण गर्न निःशुल्क बिरुवा वितरण गरेको छ ।
नारायणगढ-बुटवल सडक मर्मत गरिँदै
स्तरोन्नति र निर्माणका लागि भत्काइएका राजमार्ग मर्मत गरिने भएको छ । सडकमा भएका खाल्डाखुल्डी पुर्ने, वर्षातले बाटो चिप्लो भएको ठाउँमा गिटीराख्ने, पहिरो हटाउने लगायतको काम एक सातामा सम्पन्न गर्ने गरी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले प्रतिबद्धता जनाएको छ ।
अवरुद्ध बेनी-दरबाङ सडक खुल्यो
पहिराका कारण अवरुद्ध बनेको म्याग्दीको बेनी-दरबाङ सडक तीन दिनपछि सञ्चालनमा आएको छ । बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा पर्ने फापरखेतमा गत शुक्रबार पहिरो जाँदा सडक अवरुद्ध बनेको थियो ।
राजमार्गमा खाल्डैखाल्डा, यात्रा जोखिमपूर्ण
निरन्तर वर्षाले पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य राजमार्गको यात्रा जोखिमपूर्ण बनेको छ । ठाउँपिच्छे खाल्डाखुल्डी र हिलाम्मे सडकका कारण यात्रु र सवारीचालकले सास्ती खेप्नुपरिरहेको छ ।
भीमसेन थापा गाउँपालिकामा सामूहिक दुर्घटना बिमा कार्यक्रम
गोरखाको भीमसेन थापा गाउँपालिकाले सामूहिक दुर्घटना बिमा कार्यक्रम सञ्चालनमा ल्याएको छ । पालिकाको चालु आर्थिक वर्ष २०८०-२०८१ मा पालिका भित्रका सम्पूर्ण नागरीहरूको सामूहिक दुर्घटना बिमा कार्यक्रम सञ्चालनमा ल्याएको हो ।
पहिरोले बुद्धसिंह मार्ग दुई दिनदेखि अवरुद्ध
पृथ्वीराजमार्गको वैकल्पिक सडकको रूपमा विकास गर्न लागिएको बुद्धसिंह मार्ग पहिराका कारण दुई दिनदेखि अवरुद्ध भएको छ ।
कालीगण्डकी करिडोर तीन दिनदेखि बन्द
गलकोट (बागलुङ), असार २४ गते । लगातार वर्षाका कारण पहिरो खस्दा कालीगण्डकी करिडोरको बागलुङ खण्ड तीन दिनदेखि बन्द भएको छ । करिडोरको चार ठाउँमा पहिरो खसेकाले अहिलेसम्म यातायातका साधन सञ्चालन हुन सकेका छैनन् । शनिबार बिहानैदेखि उक्त सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय यादवले जानकारी दिनुभयो । करिडोरअन्तर्गत बागलुङ नगरपालिका–१० स्थित दब्ल्याङमा ट्र्याक नै बगेकाले सडक खुल्न समय लाग्ने बागलुङ नगरपालिकाका उपप्रमुख राज खड्काले बताउनुभयो । करिडोरको जैमिनी नगरपालिका–५ विनामारे, जैमिनी नगरपालिका–१ ठेउलेखोला र जिमिरघाटमा पहिरो खसेको छ । रासस
नवलपुरमा व्यावसायिक स्याउ खेती
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु–३ ब्रह्मस्थानमा व्यावसायिक स्याउ खेती सुरु गरिएको छ ।
मुस्ताङका सबै नाका बन्द,पाँच जनाको मृत्यु
लगातारको वर्षापछि आएको पहिरोले सडक अवरुद्ध हुँदा हिमालपारिको जिल्ला मुस्ताङका सबै नाका बन्द भएका छन् । मुस्ताङका लागि पोखरा–जोमसोम हवाई र बेनी–जोमसोम सडकमार्फत जोडिने भए पनि दुवै मार्ग बन्द हुँदा मुस्ताङ जिल्ला नाकाबन्द जस्तै भएको छ ।
पिपलबोट फाँट
वर्षाले हरियाली छाएको डाँडाकाँडा तथा धान रोपेपछि हरियाली छाएको म्याग्दीको मङ्गला गाउँपालिका–५ मा पर्ने पिपलबोट फाँटको दृश्य । पिपलबोट क्षेत्र गौरीया र गुडुरा जातको धानको पकेट क्षेत्र हो ।
पुरानै शैलीमा पुनःनिर्माण हुँदै लमजुङ दरबार
चौबिसे राज्यका पालाको लमजुङ दरबार पुनःनिर्माण भइरहेको छ । सोह्रौँ शताब्दीमा बनेको जिकिर गरिएको उक्त दरबार जीर्ण भएपछि पुरातत्व विभागले दुई वर्षअघि पुनःनिर्माण थालेको थियो । विभागका इन्जिनियर गोविन्द अधिकारीका अनुसार दरबार पुनःनिर्माणमा झण्डै ७० प्रतिशत भौतिक प्रगति भएको छ ।
नारायणगढ-बुटवल सडक खण्डः वर्षाका कारण विस्तारको काम रोकियो
निरन्तर परेको वर्षाको कारण नारायणगढ बुटवल सडक खण्ड विस्तारको काम ठप्प भएको छ । नारायणगढ बुटवल सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापा मगरकाअनुसार अहिले सडक विस्तारको काम भन्दा पनि यातायात सहज रुपमा सञ्चालन गराउनका लागि पहल भइरहेको जानकारी दिनुभयो ।
अवरुद्ध पृथ्वीराजमार्ग १८ घण्टापछि एकतर्फी सञ्चालन
वर्षाले अवरुद्ध भएको पृथ्वीराजमार्गको दमौली–कोत्रेखण्ड एकतर्फी सञ्चालन भएको छ।
दुधखोला र मर्स्याङ्दीको कटानले थोँचे धरापमा
लगातारको वर्षाले गर्दा मनाङको नासो गाउँपालिका-५ थोँचे कटानको गर्दा धरापमा पर्दै गएको छ।
१४ घण्टादेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध, यात्रु अलपत्र
अविरल वर्षाका १४ घण्टादेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अझैसम्म खुल्न सकेको छैन । बागलुङको गलकोट नगरपालिका–११ रिघा फेदीमा आइतबार करिब १ बजे पहिरो खस्दा लोकमार्ग अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा ठुलो सङ्ख्यामा यात्रु अलपत्र परेका छन् ।
पोखरा विश्वविद्यालयमा तालाबन्दी
पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालय र परीक्षा नियन्त्रण कार्यालयमा आइतबार तालाबन्दी गरिएको छ ।
पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएपछि काउरेवासी शोकमा
तनहुँको शुक्लागण्डकी-७ काउरेमा पहिरोले घर पुरिएर तीन जनाको मृत्यु भएपछि पुरै गाउँ शोकमा डुबेको छ।
साढे २८ हजार बिरुवा वितरण
डिभिजन वन कार्यालय स्याङ्जाले २८ हजार ६१० फलफूलका बिरुवा वितरण गरेको छ ।
नाबालिका अपहरण गरी सामूहिक बलात्कार अभियोगमा दुई पक्राउ
नाबालिकालाई अपहरण गरी सामूहिक बलात्कार गरेको अभियोगमा कास्की प्रहरीले दुई जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।
उत्कृष्ट कृषक सम्मानित
कृषि ज्ञान केन्द्र नवलपुरले जिल्लाका उत्कृष्ट चार जना कृषकलाई सम्मान गरेको छ । कृषि क्षेत्रका योगदान गरेका किसानलाई मूल्याङ्कनका आधारमा छनोट गरी सम्मानित गरिएको हो ।
चार महिनापछि तनहुँमा ट्रायल परीक्षा पुनः सुरु
तनहुँमा झण्डै चार महिनापछि सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को लिखित तथा प्रयोगात्मक परीक्षा पुनःसुरु भएको छ।
पहिरोमा बेपत्ताको शव फेला
अविरल वर्षासँगै आएको पहिरोमा परी बेपत्ता दुई जनाको शव फेला परेको छ । शनिबार दिउँसो ३ बजे पहिरोमा बेपत्ता भिरकाट ५ ज्यामिरेका ७३ वर्षीया खेम कुमारी मल्ल आइतबार दिउँसो मृत अवस्था मेटिनुभएको हो ।
सिद्धार्थ राजमार्ग भासियो
बुटवल पोखरा सिद्धार्थ राजमार्गको गल्याङ नगरपालिका–११ तुल्सिभन्ञ्याङमा राजमार्ग भासिएको छ ।
मुस्ताङ प्रवेश गर्ने हवाइ र सडकको सबै नाका बन्द
लगातारको वर्षापछि आएको पहिरोले सडक अवरुद्ध हुँदा हिमालपारीको जिल्ला मुस्ताङका सबै नाका बन्द भएको छ । मुस्ताङका लागि पोखरा–जोमसोम हवाइ र बेनी–जोमसोम सडक मार्ग मार्फत जोडीने भए पनि दुवै मार्ग बन्द हुँदा मुस्ताङ जिल्ला नाकाबन्द जस्तै भएको छ ।