• २० असोज २०८१, आइतबार

अवरुद्ध पृथ्वीराजमार्ग १८ घण्टापछि एकतर्फी सञ्चालन

blog

अवरोध हटेपछि गुडेका सवारी साधन। तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, असार २३ गते । वर्षाले अवरुद्ध भएको पृथ्वीराजमार्गको दमौली–कोत्रेखण्ड एकतर्फी सञ्चालन भएको छ।

म्याग्दे गाउँपालिका–६ को मौरीबास र शुक्लागण्डकी नगरपालिका–७ को सेरा स्थित कल्भट बगाएपछि यातायात अवरुद्ध भएको थियो।  आइतबार दिउँसोदेखि सडक एकतर्फी सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख सन्तोष पौडेलले जानकारी दिनुभयो। 

शनिबार बिहानदेखि अवरुद्ध भएको सडक आइतबार दिउँसोबाट  सञ्चालन भएपनि पानी परिरहेकोले जोखिम भने कायम नै रहेको पौडेल बताउनुहुन्छ।

विस्तारको क्रममा रहेको पृथ्वीराजमार्ग अन्तर्गतको पश्चिम खण्डका खण्डका डोजर तथा कामदार प्रयोग गरेर अवरुद्ध सडक सुचारु गरिएको प्रहरीले जनाएको छ । लामो समयसम्म दुवैतर्फ यातायात अवरुद्ध हुँदा यात्रु समस्यामा थिए।