चार महिनापछि तनहुँमा ट्रायल परीक्षा पुनः सुरु
तनहुँमा झण्डै चार महिनापछि सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को लिखित तथा प्रयोगात्मक परीक्षा पुनःसुरु भएको छ।
पहिरोमा बेपत्ताको शव फेला
अविरल वर्षासँगै आएको पहिरोमा परी बेपत्ता दुई जनाको शव फेला परेको छ । शनिबार दिउँसो ३ बजे पहिरोमा बेपत्ता भिरकाट ५ ज्यामिरेका ७३ वर्षीया खेम कुमारी मल्ल आइतबार दिउँसो मृत अवस्था मेटिनुभएको हो ।
सिद्धार्थ राजमार्ग भासियो
बुटवल पोखरा सिद्धार्थ राजमार्गको गल्याङ नगरपालिका–११ तुल्सिभन्ञ्याङमा राजमार्ग भासिएको छ ।
मुस्ताङ प्रवेश गर्ने हवाइ र सडकको सबै नाका बन्द
लगातारको वर्षापछि आएको पहिरोले सडक अवरुद्ध हुँदा हिमालपारीको जिल्ला मुस्ताङका सबै नाका बन्द भएको छ । मुस्ताङका लागि पोखरा–जोमसोम हवाइ र बेनी–जोमसोम सडक मार्ग मार्फत जोडीने भए पनि दुवै मार्ग बन्द हुँदा मुस्ताङ जिल्ला नाकाबन्द जस्तै भएको छ ।
कालीगण्डकी र म्याग्दी नदीमा जलसतह बढेपछि सतर्क रहन आग्रह
तीन दिनदेखिको निरन्तर वर्षाका कारण कालीगण्डकी र म्याग्दी नदीमा जलसतह बढेको छ । पानीको सतह बढेपछि नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।
दोर्दीको दारबाट ठेकीदेखि करुवासम्म
लमजुङ जिल्लाको दोर्दीका राजेन्द्र विकलाई दारबाट निर्माण गरिने विभिन्न हस्तकलाका सामग्री बनाउने कामले भ्याइनभ्याइ छ । यतिबेला वर्षायाममा गाउँका अधिकांश खेत रोपाइँमा व्यस्त रहँदा पनि उहाँ भने घरसँगैको कटेरामा बसेर दारको काठबाट विभिन्न सामग्री बनाउनै व्यस्त हुनुहुन्छ ।
पहिरोले बागलुङ–बेनी–जोमसोम सडक अवरुद्ध
अविरल वर्षासँगै खसेको पहिरोले बागलुङ–बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । कालीगण्डकी करिडोर मालढुङ्गा–जोमसोम सडकको विकल्पको रुपमा रहेको उक्त सडकको बागलुङ खण्ड अवरुद्ध भएको हो ।
जङ्गली च्याउ खाँदा तीन बालिका बिरामी
जङ्गली च्याउ खाँदा तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टारमा एकै घरका तीन जना बालिका शनिवार बिरामी भएका छन् ।
गण्डक ब्यारेजमा पानीको बहाव उच्च, सबै ढोका खोलियो
लगातारको वर्षाको कारण नारायणी नदीमा पानीको बहाव उच्च भएपछि गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ ।
बाढीले दुई काठे पुल बगायो
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७, छेकेम्पारस्थित नाकी खोला र लार खुनग्युको खोलामा रहेको काठे पुल बाढीले बगाएको छ । शुव्रmबारदेखि परेको भीषण वर्षाले गोरखा जिल्लाका विभिन्न ठाउँ
पहिरोमा बेपत्ता तीनको शव फेला
तनहुँमा शुक्लागण्डकी–७ काउरेमा पहिरोले घर पुर्दा शनिवार बेपत्ता भएका तीन जनाकै शव फेला परेको छ ।
जाने ताल, नजाने काल !
नेपाली बृहत् शब्दकोशमा ‘पोखरा’ को अर्थ तलाउ वा ठुलो पोखरीसमेत छ । सानो पोखरीलाई पोखरो पनि भनिन्छ अर्थात् ‘पोखरा’ शब्द र यो उपत्यकाको उत्पत्ति नै पोखरी, नदीसँग जोडिएको छ । डुङ्गा स
पहिरो र बाढीले पृथ्वीराजमार्गको दमौली–कोत्रे सडक अवरुद्ध
तनहुँमा परेको अविरल वर्षाले ठाउँ ठाउँमा गएको पहिरोले पृथ्वीराजमार्ग दमौली–कोत्रे सडकखण्ड अवरुद्ध भएको छ।
बसले किचेर एकको मृत्यु
पोखरा महानगरपालिका–१८ ग्यारजातीमा आफैँले चढेको बसले किच्दा यात्रुको मृत्यु भएको छ । ग १ ख ४१५६ नम्बरको बसबाट ओर्लिएर पैदल हिँड्न लाग्नुभएका पोखरा–१८ का बासिन्दा ७२ वर्षीया ललिता थापालाई बसले किचेको थियो ।
पहिरोले घर बगाउँदा दुईको मृत्यु, एक बेपत्ता
अविरल वर्षासँगै गएको पहिरोले घर बगाउँदा स्याङ्जामा दुई जनाको मृत्यु भएको छ। बिरुवा ६ लामाखेतमा ईश्वरी लम्सालको घर बगाउँदा दुई जनाको मृत्यु भएको हो।
सेती किनारका पाँच घर विस्थापित
अविरलको झरीले सेती नदीमा बाढी आएपछि पोखरा महानगरका पाँच घर विस्थापित भएका छन्। पोखरा–१४ गोष्ठी टोलको सेती नदीको किनारका पाँच घरका बासिन्दा विस्थापित भएका हुन्।
पहिरोले छ परिवार विस्थापित, बस्ती उच्च जोखिममा
निरन्तर वर्षासँगै आएको पहिरोका कारण जिल्लामा छ परिवार विस्थापित भएका छन् । काठेखोला गाउँपालिका-६ को सुल्डाँडाबाट वडा नम्बर ८ लेखानी जाने सडक चक्ल्याउने क्रममा लगाइएको पर्खाल पहिरोले बगाउँदा वरपरका तीन परिवार विस्थापित भएका हुन् ।
अविरल वर्षाबाट मनाङको जनजीवन प्रभावित
दुई दिनदेखिको लगातार वर्षाका कारण मनाङको जनजीवन प्रभावित बन्न पुगेको छ । मर्स्याङ्दी नदीमा आएको बाढीले सदरमुकाम चामेमा रहेको पुलको सतह छुन लागेको छ भने ताल गाउँमा पानीको सतह बढ्न गई मर्स्याङ्दी नदी वारपारसम्मै जलमग्न भएको छ ।
बाढीले जलविद्युत आयोजनामा क्षति, ४० हजार घरमा सेवा अवरुद्ध
अविरल वर्षासँगै आँधीखोलामा आएको बाढीका कारण आँधीखोला जलविद्युत आयोजनामा क्षति हुँदा ४० हजार घरमा विद्युत सेवा अवरुद्ध भएको छ ।
बाढीले चुमनुब्रीमा दुई वटा काठे पुल बगायो
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकेम्पार स्थित नाकी खोला र लार खुनग्युको खोलामा रहेको काठे पुल बाढीले बगाएको छ।
कालीगण्डकी र सेतीखोलामा जलसतह बढेपछि सेतीवेणी र शालिग्राम शिला डुबानमा
केही दिनदेखिको अविरल वर्षाका कारण विश्वको ठुलो शालिग्राम शिला र नजिकै रहेको सेतीवेणी बजार डुबानमा परेको छ ।
गैँडाकोटमा नारायणी पस्यो
नवलपुर गैँडाकोटको बस्तीमा नारायणी नदी छिरेर डुबान गरेको छ । लगातारको वर्षपछि नारायणी नदीको बहाव बढेर गैँडाकोटको बस्तीमा पसेको हो ।
नारायणीले चेतावनी तह पार गर्यो, सतर्क रहन प्रशासनको आग्रह
नारायणी नदीले चेतावनीको तह पार गरेको छ । चेतावनीको तह पार गरेसँगै जिल्ला प्रशासन कार्यालय नवलपुरले नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
पहिरोले गण्डकीको ६ सडक अवरुद्ध
शुक्रबार रातिबाट परेको अविरल वर्षाका कारण गण्डकी प्रदेशमा पर्ने प्रमुख राजमार्गसहित आधा दर्जन सडक अवरुद्ध भएको छ । झरीपछि आएको पहिरोले प्रदेश राजधानी पोखरा प्रवेश गर्ने पृथ्वी राजमार्ग र सिद्धार्थ राजमार्ग पहिरोले अवरुद्ध बनेको हो ।