• १९ असोज २०८१, शनिबार

पहिरोमा बेपत्ता तीनको शव फेला

blog

शुक्लागण्डकी नगरपालिका–१३ काउरेमा गएको पहिरो । तस्बिर: अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, असार २३ गते । तनहुँमा शुक्लागण्डकी–७ काउरेमा पहिरोले घर पुर्दा शनिवार बेपत्ता भएका तीन  जनाकै शव फेला परेको छ ।

 घरधनी ४० बर्षीय हीरा नेपालीको शनिवार साँझ फेला परेकोमा आइतबार बिहान ३७ बर्षकी अनिशा बास्तोला र ६५ बर्षका श्याम अधिकारीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो । उक्त पहिरामा परि चार जना घाइते भएका छन् । उनीहरूको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अविरल वर्षापछि पहिरा खस्ने खतरा बढेपछि हिरा नेपालीको घरको सामान सार्न गएका बेला छिमेकी बास्तोला र अधिकारी समेत पहिरामा परि बेपत्ता हुनु भएकोमा सुरक्षाकर्मी र स्थानीयले खोज गरी शव फेला पारेका हुन् ।  

तनहुँमा शनिवार पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।  ऋषिङ गाउँपालिका– झापुटारमा तनहुँ जलविद्युत आयोजनामा काम गर्ने  वर्ष ५० को स्थानीय कृष्ण पुलामी मगरको पहिरोमा परी मृत्यु भएको हो भने लमजुङको सुन्दर बजार नगरपालिका–२ का वर्ष ५१ को सोमलाल श्रेष्ठ घाइते हुनु भएको छ ।

जिल्ला प्रशासन कार्यालयले भारी वर्षा भइरहेकाले नदी तटीय र पहिरा जोखिम क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले वर्षाले गर्दा हुन  सक्ने क्षति न्यूनीकरणका लागि सबैलाई आग्रह गर्नु भएको छ ।