• १९ असोज २०८१, शनिबार

गण्डक ब्यारेजमा पानीको बहाव उच्च, सबै ढोका खोलियो

blog

बोमलाल गिरी

नवलपुर, असार २३ गते । लगातारको वर्षाको कारण नारायणी नदीमा पानीको बहाव उच्च भएपछि गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ । संरचना पुरानो भएकाले गण्डक ब्यारेजमा तीन लाख क्युसेक पानीको प्रवाहमा खतराको सूचक मानिन्छ । बिहान ९ गते ब्यारेजमा ३ लाख ९५ हजार क्युसेक पानीको प्रवाह छ ।

पानीको बहाव उच्च भएपछि २ लाख ६० हजार क्युसेक बहाव हुँदा ब्यारेजका सबै ३६ वटै ढोका खोलिएको थियो । तर पानीको सतह भने बढ्दै गएको छ । बिहान ७ बजे पानीको बहाव ४ लाख १५ हजार क्युसेक मापन गरिएको गण्डक ब्यारेजका भूआर्जन अधिकृत काशीनाथ हरिजनले जानकारी दिनुभयो । 

नारायणी नदीले देवघाटमा खतराको सतह पार गरेपछि ब्यारेजमा पानीको सतह थप बढ्ने हरिजनले बताउनुभयो ।