• १९ असोज २०८१, शनिबार

पहिरोमा बेपत्ताको शव फेला

blog

अर्जुन काफ्ले
स्याङ्जा, असार २३ गते ।
अविरल वर्षासँगै आएको पहिरोमा परी बेपत्ता दुई जनाको शव फेला परेको छ । शनिबार दिउँसो ३ बजे पहिरोमा बेपत्ता भिरकाट ५ ज्यामिरेका ७३ वर्षीया खेमकुमारी मल्ल आइतबार दिउँसो मृत अवस्था मेटिनुभएको हो ।

सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानियको ठुलो प्रयासमा पुरिएको अवस्थामा मल्लको शव फेला परेको प्रहरीले जनाएको छ । यस्तै बिरुवा ६ लामागाउँमा बेपत्ता ६६ वर्षीय माधव शर्मा मरासिनी पनि मृत भेटिनुभएको हो ।

आफ्नो घर पहिरोको जोखिम परेकापछि छिमेकिको घरमा पुग्नुभएका मरासिनीलाई पहिरोले पुरेर बेपत्ता हुनुभएको थियो ।