• १९ असोज २०८१, शनिबार

गैँडाकोटमा नारायणी पस्यो

blog

नवलपुर गैँडाकोटको बस्तीमा नारायणी नदी छिरेपछि । तस्विरः बोमलाल गिरी

बोमलाल गिरी

नवलपुर, असार २२ गते । नवलपुर गैँडाकोटको बस्तीमा नारायणी नदी छिरेर डुबान गरेको छ । लगातारको वर्षपछि नारायणी नदीको बहाव बढेर गैँडाकोटको बस्तीमा पसेको हो । 

नारायणीले गैँडाकोट नगरपालिका वडा २ को बोटे टोलमा रहेका २५ घरमा डुबान गरेको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ । बस्तीमा नारायणी छिरेपछि उक्त स्थानमा बसोबास गर्ने स्थानीय, पशु चौपाया तथा अन्नपात दुईसय मिटर पश्चिममा रहेको टोल सुधार समितिको ट्रस्ट तथा आफन्तको घरमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो । डुबानबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । 

यस्तै, नवलपुर सदरमुकाम कावसोतीका विभिन्न स्थान पनि डुबानमा परेको छ । डुबानका कारण किसानले भर्खरै राखेको धान नष्ट गरेको छ । वर्षाका कारण कावासोती १० रतोल डुबानमा परेको छ भने कावासोती ११ मा ५–६ बिघामा रोपेको धान पनि डुबानमा परेको छ । वर्षाले ठाउँ–ठाउँमा पहिरो जाँदा पहाडी क्षेत्रको सम्पर्क विच्छेद भएको नवलपुर प्रहरीले जनाएको छ ।