• १९ असोज २०८१, शनिबार

जङ्गली च्याउ खाँदा तीन बालिका बिरामी

blog

अमरराज नहर्की

तनहुँ, असार २३ गते । जङ्गली च्याउ खाँदा तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टारमा एकै घरका तीन जना बालिका शनिवार बिरामी भएका छन् ।

  वर्ष ६ की लीलामाया बिक, वर्ष ४ की कमला बिक र वर्ष १५ की अनिता बिक बिरामी हुनुभएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपककुमार रायले बताउनुभयो ।

शनिवार दिउँसो ३ः१०  जङ्गली च्याउ खाँदा बिरामी भई स्थानीय धुलिखेल अस्पताल पुट्टारमा उपचारपश्चात् तिनै जना बिरामीको मेट्रो सिटी अस्पताल रामपुर पाल्पामा थप उपचार भइरहेको उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।