• २० असोज २०८१, आइतबार

दुधखोला र मर्स्याङ्दीको कटानले थोँचे धरापमा

blog

नासो गाउँपालिका–५ थोँचेमा रहेको प्रकाशज्योति आवासीय मावि। जुन मर्स्याङ्दी नदी र दुधखोलाको कटानले गर्दा जोखिममा छ। तस्बिर : यदुप्रसाद भट्ट

यदुप्रसाद भट्ट

मनाङ, असार २३ गते। लगातारको वर्षाले गर्दा मनाङको नासो गाउँपालिका-५ थोँचे कटानको गर्दा धरापमा पर्दै गएको छ। 

शुक्रबारदेखि सुरु भएको वर्षा आइतबार केही कम भए पनि दुधखोलामा एक्कासि बाढी आउँदा दुई खोलाको बिचमा रहेको प्रकाशज्योति आवासीय मावि, वडा कार्यालय तथा वडा स्वास्थ्य कार्यालय कटानको उच्च जोखिममा रहेको वडा नं. ५ का वडाध्यक्ष थुतेन लामाले जानकारी दिनुभयो। 

शनिबारको तुलनामा आइतबार वर्षा कम भए पनि दुधखोला उर्लेर आउँदा कटानको चपेटामा परेको उहाँको भनाइ थियो। वडाध्यक्ष लामाले विभिन्न सञ्चारका माध्यमबाट अतिआवश्यक कामबाहेक घरबाट ननिस्कन तथा सुरक्षित रहन आग्रह गरिएको बताउनुभयो। विशेष गरी रातीको समयमा ढुक्कसँग नुसी सतर्क रहन अनुरोध गरिएको छ। 

बाढीको कटानले गर्दा प्रकाशज्योति मावि पनि धरापमा परेको छ। मर्स्याङ्दीको बाढीले खोलामा लगाइएको पर्खाल भत्काएको लामाले बताउनुभयो।

यसैबिच मनाङ हाल सडक सञ्जालसँग विच्छेद भएको छ। खाद्यान्न तथा औषधीको अभाव हुन नदिन सतर्कताका साथ लागिपरेको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ।