अबुवाँ-बिर्दी-सेरा सडक ११ घण्टापछि सुचारु
गोरखामा वर्षाका कारण अबुवाँ-बिर्दी-सेरा सडक खण्ड ११ घण्टापछि सुचारु भएको छ । बिहीबारदेखि परेको अविरल वर्षाका कारण अबुँव-बिर्दी-सेरा खण्डको भट्टाबेशीमा शनिबार बिहान ९ बजे गएको पहिरोलाई आइतबार बिहान ७ बजे पहिरो पन्छाएर सडक सुचारु गरिएको हो ।
अपाङ्गता भएका व्यक्तिको अधिकारमा प्रदेश सरकारको चासो
गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चिततामा प्रदेश सरकारको चासो रहेको बताउनुभएको छ ।
सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
म्याग्दीको मालिका गाउँपालिका–५ को वडा कार्यालय भवन निर्माण गरिएको छ । गाउँपालिकाको ७६ लाख रुपियाँ बजेटबाट पन्थोकमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण गरिएको हो ।
रामघाटलाई रामताल बनाउन आवश्यक
लगातारको वर्षासँगै आएको सेती नदीको बाढीले पोखरा रामघाट क्षेत्र जलमग्न भएको छ । सेती नदीको रामघाट, शान्तिघाट, तुलसीघाट र बौद्ध अर्घौं सदनलगायतका क्षेत्र जलमग्न भएका हुन् । उक्त क्षेत्र पोखरी नै हुँदा मृत्यु संस्कारमा शव जलाउन समस्या भएको छ ।
एक सय ८० घरधुरीमा खानेपानीको धारा
म्याग्दीको बेनी नगरपालिका–२ खबरामा खानेपानीको पहुँच विस्तार भएको छ । वर्षौँदेखि खानेपानीको समस्या भोग्दै आएका खबरावासीहरुलाई लक्षित गरेर चार वर्ष वर्ष अघिदेखि सञ्चालन गरिएको खबरा खानेपानी योजनामार्फत एक सय ८० घरधुरीमा खानेपानीका धारा जडान गरिएको हो ।
म्याग्दीको अर्जेखोलामा बन्यो मोटर चल्ने पुल
जिल्लाको अर्जेखोलामा १८ महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको मोटरेबल पुल सात महिनामा तयार भएको छ । बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–३ को सिमानामा २५ मिटर लामो मोटरेबल पुल निर्माण गर्न निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको थियो ।
दुध उत्पादक किसानलाई प्रोत्साहनस्वरुप ४३ लाख अनुदान
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले दुध उत्पादक किसानलाई रु ४३ लाख ७३ हजार अनुदान वितरण गरेको छ । व्यावसायिक रूपमा पशुपालन गरिरहेका किसानलाई प्रोत्साहन गर्न केन्द्रले चालु आर्थिक वर्षमा अनुदानस्वरुप उक्त रकम प्रदान गरेको हो ।
सडकमा सुकाइएको पराल
तनहुँको व्यास नगरपालिका–१२ भड्खालास्थित छाब्दी जाने सडकमा सुकाइएको पराल । सडकमै पराल सुकाउँदा दुई पाङ्ग्रे सवारी साधन चिप्लिने जोखिम हुन्छ ।
पहिरोले शोकमा पुरुन्चौर
पोखरा महानगरपालिका वडा नम्बर १९ पुरुन्चोर तल्लाकोटका बासिन्दा पवन परिवार घरनजिकैको विन्ध्यश्वरी माविमा कक्षा १० मा पढ्नुहुन्छ। बाआमाले ज्याला, मजदुरी गरी बहिनी प्रशन्ना र पवनलाई पढाउनुभएको थियो।
गैँडाकोटमा दुई बेवारिसे शव भेटिए, सिमलताल घटनाका हुन सक्ने आशङ्का
नवलपुरको गैँडाकोटस्थित नारायणी नदीमा दुईवटा बेवारिसे शव फेला परेका छन् ।
तनहुँ जलविद्युत आयोजना : प्रसारण लाइन निर्माण प्रभावित
एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजना अन्तर्गत प्याकेज-३ को काम प्रभावित भएको छ । प्याकेज-३ अन्तर्गत प्रसारण लाइन निर्माणको काम वन क्षेत्रका कारण प्रभावित भएको हो ।
अबुँवा–बिर्दी–सेरा सडक अबरुद्ध
गोरखाको पालुङटार नगरपालिका र गोरखा नगरपालिका सीमामा शनिबार बिहान ११ बजे पहिरो जाँदा अबुँवा–बिर्दी–सेरा सडकखण्ड अवरुद्ध भएको छ ।
म्याग्दीका दुग्ध कृषक अनुदानबाट वञ्चित
दुध उत्पादन वृद्धि र कृषकलाई प्रोत्साहन गर्न गण्डकी प्रदेश सरकारले पठाएको अनुदानबाट जिल्लाका कृषक वञ्चित भएका छन् । जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले कृषकलाई अनुदान वितरण गर्न विनियोजन भएको रकम कार्यविधि प्रक्रिया नमिल्दा बजेट फिर्ता पठाउनु परेको जनाएको छ ।
नहर मर्मत नहुँदा खनियाघाटमा सिँचाइको समस्या
जिल्लाको जलजला गाउँपालिका-८ नाग्लीवाङमा सडक फराकिलो बनाउन भत्काइएको नहर पुनः निर्माण नहुँदा उपल्लो खनियाघाटमा सिँचाइको समस्या भएको छ ।
अनलाइन ठगी गर्ने महिला पक्राउ
जिल्ला प्रहरी कार्यालयले अनलाइन मार्फत ठगी गर्ने एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका-५ पिप्ले बस्ने २२ वर्षीया आस्था थापा रहनुभएको छ ।
माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु
पोखरा महानगरपालिका वडा नम्बर ३० को खुदीखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर शुक्रबार साँझ एक जनाको मृत्यु भएको छ ।
भू–क्षय रोक्न गण्डकीमा १६६ योजना निर्माण
म्याग्दीसहित गण्डकी प्रदेशका पाँच जिल्ला कार्यक्षेत्र भएको भू–तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतमार्फत आर्थिक वर्ष २०८०/८१ मा एक सय ६६ योजना निर्माण गरिएका छन् ।
‘स्वास्थ्य उपचारको केन्द्र पोखरालाई बनाउनु पर्छ’
मणिपाल शिक्षण अस्पताल पोखराले उच्चस्तरीय सेवासहितको सघन उपचार कक्ष (आइसियु) सञ्चालनमा ल्याएको छ । झन्डै ३७ करोड रुपियाँको लागतमा निर्माण गरिएको सघन उपचार कक्षमा लेबल ३ को ७२ श-याको निर्माण भएको हो । अस्पतालले यसअगाडि पनि ९२ वटा श-याको सेवा प्रदान गरेको थियो । अब अस्पतालसँग १६६ श-याको सघन उपचार कक्ष भएकोे छ ।
भानुगृह पुनःनिर्माणको पर्खाइमा
नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदीरम्घा शिखरकटेरीमा भानुगृह पुनःनिर्माण गर्ने भनेको आठ वर्ष पुगिसक्यो । भानु नगरपालिका–४ शिखरकटेरीमा भानुगृह पुनःनिर्माणका लागि विसं २०७३ चैत २२ गते शिलान्याससमेत भयो । तर आठ वर्ष बितिसक्दा उक्त काम शिलान्यासमै सीमित भयो ।
दुई सय ११औँ भानु जन्मजयन्ती मनाइँदै
नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको दुई सय ११औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाइँदैछ ।
कास्की पहिरो अपटेड : मृतक पाँच जनाको सामूहिक दाहसंस्कार
कास्कीको पोखरा महानगरपालिका-१९ पुरुनचौर तल्लाकोटमा गए रातिको पहिरोमा परेर मृत्यु भएका सातमध्ये पाँच जनाको सामूहिक दाहसंस्कार गरिएको छ । पुरुनचौरका कुलबहादुर परियारको घर गए रातिको पहिरोमा पुरिँदा उहाँको परिवारका छसहित सात जनाको मृत्यु भएको थियो ।
तनहुँमा ‘चैते–५’ को बीउ उत्पादन सुरु
बाहिरबाट चैते धानको बीउ ल्याउनुपर्ने बाध्यताको अन्त्य गर्न जिल्लामा ‘चैते–५’ जातको मूल बीउ उत्पादन थालिएको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रले चैते धान प्रवर्द्धन कार्यक्रमअन्तर्गत जिल्लामा नयाँ जात चैते–५ को बीउ उत्पादन सुरु गरेको हो ।
चारदेखि ११ दिनको यात्रा, १३ वटा गन्तव्यस्थल
गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशले गुरुङ सम्पदा पदमार्ग (गुरुङ हेरिटेज ट्रेकिङ ट्रेल)मा चारदेखि ११ दिनको पदयात्रासहित १३ वटा गन्तव्यस्थल (आइटिनरी) सार्वजनिक गरेको छ ।
कास्की पहिरोः कुलबहादुरलाई राती घरमा नबस्न छिमेकीले सल्लाह दिएका थिए
कास्कीको पोखरा महानगरपालिका–१९ पुरुनचौर तल्लाकोटकी राधिका परियारले बिहीबार राती देवर कुलबहादुरलाई भन्नुभएको थियो, ‘‘आज हामी सुत्नु हुँदैन । झ्याल ढोका खुला राखेर बस्नुपर्दछ ,पहिरो आयो भने भागौँला ।’’