टोलटोलमा पुगेर सामाजिक सुरक्षाभत्ता वितरण
गोरखाको भीमसेन थापा गाउँपालिकाले पालिकाभित्रका लाभग्राहीलाई टोलटोलमा पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गरेको छ ।
कट्टेलचोक–आमाडाँडा सडकखण्ड
कालोपत्र गरिएको गोरखा नगरपालिका वडा ८ र ९ जोड्ने कट्टेलचोक–आमाडाँडा सडकखण्ड । ट्रयाक खुलेको करिब २६ वर्षपछि सो सडकखण्ड कालोपत्रे भएको हो ।
उत्पादकत्व बढाउन गोरखाका किसानलाई अनुदानमा ट्र्याक्टर
जिल्लाको गण्डकी गाउँपालिका-५ का १९ जना किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर वितरण गरिएको छ ।
गाउँमा सडक कालोपत्रे हुँदा स्थानीय खुसी
नवलपुरको देवचुली नगरपालिका-५ बन्दिपुरका स्थानीय गाउँमा कालोपत्रे सडक निर्माण हुँदा खुसी भएका छन् ।
गठबन्धन गर्न नपाइने व्यवस्था कानुनी रूपमै गरिनु आवश्यक : नेता पौडेले
नेपाली कांग्रेस नेता एवम् प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले गठबन्धन कानुनी रूपमै गर्न नपाइने व्यवस्था गरिनुपर्ने बताउनु भएको छ ।
माछा मर्ने क्रम नरोकिएपछि आँधीमूलमा क्षमापूजा
तनहुँको आँबुखैरेनी गाउँपालिका-१ स्थित आँधीमूल मन्दिर परिसरमा रहेका पोखरीका माछा मर्ने क्रम नरोकिएपछि क्षमापूजा गरिने भएको छ । गत सोमबारदेखि मन्दिर परिसरमा रहेका माछा धमाधम मर्न थालेपछि क्षमापूजाको तयारी गरिएको हो ।
कोरियाबाट फर्केर माछापालनमा पुन
बागलुङ नगरपालिका-४ निरयघाटमा १४ रोपनी जग्गामा लक्ष्मण पुनको एग्रो रिसोर्ट छ । बागलुङको काठेखोला गाउँपालिका-८ लेखानी घर भई बागलुङ बजार बस्दै आउनुभएका पुनले विगत छ वर्षदेखि रिसोर्टसँगै माछापालन गर्दै आउनुभएको छ ।
पर्वतको जलजलामा शिक्षा सुधार प्रस्तावको आधारमा प्रधानाध्यापक नियुक्ति
पर्वतको जलजला गाउँपालिकाले प्रधानाध्यापक नियुक्तिका लागि विद्यालय सुधार प्रस्तावको आधारमा छनोट गर्ने भएको छ ।
जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस सेन्टर सञ्चालन हुने
तनहुँको शुक्लागण्डकी नगरपालिका र यस आसपास क्षेत्रमा रहेका मिर्गौलाका बिरामीलाई डायलासिसका लागि पालो कुर्नुपर्ने तथा टाढा धाउनुपर्ने बाध्यताको अन्त्य हुने भएको छ ।
कट्टेलचोक–आमाडाँडा सडकखण्ड
कालोपत्र गरिएको गोरखा नगरपालिका वडा नं ८ र ९ जोड्ने कट्टेलचोक–आमाडाँडा सडकखण्ड । ट्रयाक खुलेको करिब २६ वर्षपछि सो सडकखण्ड कालोपत्रे भएको हो ।
पर्यटकीय क्षेत्र रिठेडाँडा
बागलुङको जैमिनी नगरपालिका–५ स्थित पर्यटकीय क्षेत्र रिठेडाँडा र त्यहाँ निर्माण गरिएका पोखरीलगायतका संरचना ।
मुस्ताङको घिलिङ गाउँ
मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–३ को घिलिङ गाउँ । उपल्लो मुस्ताङमा सुख्खा पहाडको बिचमा अवस्थित घिलिङको जनजिवन, गुम्बा र कला संस्कृति आकर्षणको रुपमा रहेको छ ।
गोरखामा दुई बालकको मृत्यु
गोरखामा छुट्टाछुछट्टै स्थानमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरानचोक गाउँपालिका – १ बिरौटा बस्ने कर्णमान तामाङको छोरा वर्ष १६ को मनिष भनिने मेष तामाङ भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
सहकारी अभियान समाप्त भए संविधान अपुरो हुन्छ : मुख्यमन्त्री अधिकारी
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारी अभियान समाप्त भए संविधान नै अपुरो हुने हुँदा त्यसतर्फ शेयर सदस्य, मन्त्रीदेखि प्रधानमन्त्रीसम्मले ध्यान पुर्याउनुपर्ने बताउनुभयो ।
‘सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो’
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै कारण सहकारी अभियान जोखिममा परेको बताउनुभएको छ ।
मुस्ताङमा करेन्ट लागेर युवाको मृत्यु
मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर ४ घाँसामा करेन्ट लागेर एक युवाको ज्यान गएको छ।
'सहकारी धराशायी भए संविधान नै अपुरो'
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारी अभियान धराशायी भए संविधान नै अपूरो हुने औँल्याउनुभएको छ ।
किसानलाई अनुदानमा कृषि औजार
किसानलाई कृषि पेसामा थप आकर्षित गर्ने उद्देश्यले अनुदानमा कृषि औजार वितरण गरिएको छ ।
विद्यार्थीविहीन विद्यालयमा चार शिक्षक
सुनसान गाउँ, वरपर केही घर, चारैतिर बढ्दै गरेको झाडी । त्यही झाडी छेउमा दुई जीर्ण भवन छन् ।
भरुवा बन्दुक सहित एक जना पक्राउ
नवलपुरमा भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय डेढगाउँको टोलीले भरुवा बन्दुक सहित एक जनालाई पक्राउ गरेको हो ।
बेनीमा क्रिकेट प्रतियोगिता
हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनी बजारमा शनिबार टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उद्घाटन हुने भएको छ। उद्घाटनको दिनमा दुई खेल हुने जिल्ला क्रिकेट सङ्घ म्याग्दीले जनाएको छ।
एक घण्टाको बाटो १५ मिनेटमा
गोरखा सदरमुकामबाट नजिकै रहेको ऐतिहासिक तथा बौद्धिक थलोको रुपमा प्रख्यात कट्टेल चोकदेखि कट्टेलडाडा हुँदै आमडाडासम्म सडक कालो पत्रे भएपछि एक घण्टा लाग्ने बाटो १५ मिनेटमा पुगिने भएको छ ।
म्याग्दीको भगवती कोत गाउँ
म्याग्दीको रघुगंगा गाउँपालिका(२ स्थित भगवती कोत गाउँ र पृष्ठभूमिमा देखिएको अन्नपूर्ण हिमशृङ्खला । गण्डकी प्रदेश सरकारले हालै पिप्लेदेखि भगवती जोड्ने ६ किलोमिटर सडक कालोपत्र र ढलान गरेको छ।
पृथ्वी राजमार्ग विस्तार, पाँच महिना म्याद थप
विस्तारका क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा–मुग्लिन सडक अन्तर्गत पूर्वीखण्डको म्याद पाँच महिना थप भएको छ । निर्धारित समय समाप्त भएपछि म्याद थप गर्नका लागि निर्माण कम्पनीले आग्रह गरेबमोजिम समय थप गरिएको हो । निर्माण आरम्भमा ढिलाइ गर्नु, कोभिडको महामारीले काम गर्न समस्या हुनु, रुख कटान आदेश ढिलो गरी प्राप्त हुनु, विद्युत् लाइन सार्न समस्या हुनु जस्ता कारणले काम प्रभावित भएको थियो । आयोजनाका पूर्वीखण्डका प्रमुख इन्जिनियर श्यामकुमार यादवले पाँच महिना म्याद थप भएको जानकारी दिनुभयो । सदरमुकाम दमौलीमा सडक सीमाभित्र रहेका घर भत्काउन ढिलाइ भएकाले पनि काम प्रभावित भएकाले म्याद थप गर्नुपर्ने भएको यादव बताउनुहुन्छ । यादवका अनुसार हालसम्म समग्र भौतिक प्रगति ५९ प्रतिशत छ ।