पर्वतको जलजलामा शिक्षा सुधार प्रस्तावको आधारमा प्रधानाध्यापक नियुक्ति
पर्वतको जलजला गाउँपालिकाले प्रधानाध्यापक नियुक्तिका लागि विद्यालय सुधार प्रस्तावको आधारमा छनोट गर्ने भएको छ ।
जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस सेन्टर सञ्चालन हुने
तनहुँको शुक्लागण्डकी नगरपालिका र यस आसपास क्षेत्रमा रहेका मिर्गौलाका बिरामीलाई डायलासिसका लागि पालो कुर्नुपर्ने तथा टाढा धाउनुपर्ने बाध्यताको अन्त्य हुने भएको छ ।
कट्टेलचोक–आमाडाँडा सडकखण्ड
कालोपत्र गरिएको गोरखा नगरपालिका वडा नं ८ र ९ जोड्ने कट्टेलचोक–आमाडाँडा सडकखण्ड । ट्रयाक खुलेको करिब २६ वर्षपछि सो सडकखण्ड कालोपत्रे भएको हो ।
पर्यटकीय क्षेत्र रिठेडाँडा
बागलुङको जैमिनी नगरपालिका–५ स्थित पर्यटकीय क्षेत्र रिठेडाँडा र त्यहाँ निर्माण गरिएका पोखरीलगायतका संरचना ।
मुस्ताङको घिलिङ गाउँ
मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–३ को घिलिङ गाउँ । उपल्लो मुस्ताङमा सुख्खा पहाडको बिचमा अवस्थित घिलिङको जनजिवन, गुम्बा र कला संस्कृति आकर्षणको रुपमा रहेको छ ।
गोरखामा दुई बालकको मृत्यु
गोरखामा छुट्टाछुछट्टै स्थानमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरानचोक गाउँपालिका – १ बिरौटा बस्ने कर्णमान तामाङको छोरा वर्ष १६ को मनिष भनिने मेष तामाङ भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
सहकारी अभियान समाप्त भए संविधान अपुरो हुन्छ : मुख्यमन्त्री अधिकारी
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारी अभियान समाप्त भए संविधान नै अपुरो हुने हुँदा त्यसतर्फ शेयर सदस्य, मन्त्रीदेखि प्रधानमन्त्रीसम्मले ध्यान पुर्याउनुपर्ने बताउनुभयो ।
‘सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो’
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै कारण सहकारी अभियान जोखिममा परेको बताउनुभएको छ ।
मुस्ताङमा करेन्ट लागेर युवाको मृत्यु
मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर ४ घाँसामा करेन्ट लागेर एक युवाको ज्यान गएको छ।
'सहकारी धराशायी भए संविधान नै अपुरो'
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारी अभियान धराशायी भए संविधान नै अपूरो हुने औँल्याउनुभएको छ ।
किसानलाई अनुदानमा कृषि औजार
किसानलाई कृषि पेसामा थप आकर्षित गर्ने उद्देश्यले अनुदानमा कृषि औजार वितरण गरिएको छ ।
विद्यार्थीविहीन विद्यालयमा चार शिक्षक
सुनसान गाउँ, वरपर केही घर, चारैतिर बढ्दै गरेको झाडी । त्यही झाडी छेउमा दुई जीर्ण भवन छन् ।
भरुवा बन्दुक सहित एक जना पक्राउ
नवलपुरमा भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय डेढगाउँको टोलीले भरुवा बन्दुक सहित एक जनालाई पक्राउ गरेको हो ।
बेनीमा क्रिकेट प्रतियोगिता
हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनी बजारमा शनिबार टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उद्घाटन हुने भएको छ। उद्घाटनको दिनमा दुई खेल हुने जिल्ला क्रिकेट सङ्घ म्याग्दीले जनाएको छ।
एक घण्टाको बाटो १५ मिनेटमा
गोरखा सदरमुकामबाट नजिकै रहेको ऐतिहासिक तथा बौद्धिक थलोको रुपमा प्रख्यात कट्टेल चोकदेखि कट्टेलडाडा हुँदै आमडाडासम्म सडक कालो पत्रे भएपछि एक घण्टा लाग्ने बाटो १५ मिनेटमा पुगिने भएको छ ।
म्याग्दीको भगवती कोत गाउँ
म्याग्दीको रघुगंगा गाउँपालिका(२ स्थित भगवती कोत गाउँ र पृष्ठभूमिमा देखिएको अन्नपूर्ण हिमशृङ्खला । गण्डकी प्रदेश सरकारले हालै पिप्लेदेखि भगवती जोड्ने ६ किलोमिटर सडक कालोपत्र र ढलान गरेको छ।
पृथ्वी राजमार्ग विस्तार, पाँच महिना म्याद थप
विस्तारका क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा–मुग्लिन सडक अन्तर्गत पूर्वीखण्डको म्याद पाँच महिना थप भएको छ । निर्धारित समय समाप्त भएपछि म्याद थप गर्नका लागि निर्माण कम्पनीले आग्रह गरेबमोजिम समय थप गरिएको हो । निर्माण आरम्भमा ढिलाइ गर्नु, कोभिडको महामारीले काम गर्न समस्या हुनु, रुख कटान आदेश ढिलो गरी प्राप्त हुनु, विद्युत् लाइन सार्न समस्या हुनु जस्ता कारणले काम प्रभावित भएको थियो । आयोजनाका पूर्वीखण्डका प्रमुख इन्जिनियर श्यामकुमार यादवले पाँच महिना म्याद थप भएको जानकारी दिनुभयो । सदरमुकाम दमौलीमा सडक सीमाभित्र रहेका घर भत्काउन ढिलाइ भएकाले पनि काम प्रभावित भएकाले म्याद थप गर्नुपर्ने भएको यादव बताउनुहुन्छ । यादवका अनुसार हालसम्म समग्र भौतिक प्रगति ५९ प्रतिशत छ ।
सरकारी कार्यालयका भवनरहित जिल्ला !
सङ्घीय व्यवस्था आएपछि बनेको नवलपुर मुलुककै कान्छो जिल्ला हो । यहाँ कुनै पनि सरकारी कार्यालयका आफ्नै भवन छैनन् । आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या परेको छ । सबैभन्दा धेरै सेवाग्राही आउने जिल्ला प्रशासन कार्यालय (जिप्रका) सबैभन्दा बढी समस्यामा छ ।
मुस्ताङको चुङजुङ गाउँ
मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ को चुङजुङ गाउँ, चरन क्षेत्रमा चर्दै गरेका घोडा, गाई र पृष्ठभूमिको सुख्खा पहाड । लोमान्थाङ देखि कोराला नाकामा जाने बैकल्पिक सडकमा समेटिएको चुङजुङ गाउँ रमणीय र मनमोहक छ ।
सारङ्गीसँग साइनो छाड्दै गन्धर्व
सारङ्गी भन्नेबित्तिकै धेरैले गन्धर्व सम्झन्छन् । लडाइँका कथा, देशविदेशका घटनालाई मर्मस्पर्शी भाकामा गाउने गन्धर्व जातिले गाउने पेसा अपनाउँदै आएका छन् । जीविकोपार्जनका लागि सहर, गाउँघर र सार्वजनिक यातायातमा सारङ्गी रेट्दै दुःख र सुखका कथा, कर्खा, मागल र हास्यरसयुक्त भाका गाउने गन्धर्व जाति धेरै जसोले गाउने पेसा छाड्दै गएका छन् । सारङ्गी, अर्बाजो जस्ता बाजासँग गन्धर्वको साइनो छुट्दै गएको छ ।
ज्येष्ठ नागरिक तथा अशक्तको लागि घरघरमा स्वास्थ्य सेवा
गोरखा जिल्लाको ११ स्थानीय तहमध्ये गण्डकी गाउँपालिकाले गाउँ सभाबाट बजेट विनियोजन गरी पालिका भित्रका सबै वडाहरूमा ज्येष्ठ नागरिक तथा अशक्तहरूको लागि घर घरमा डाक्टर पठाएर सेवा प्रदान गर्दै आएको छ ।
बजारमा माग बढेपछि जुनेलो र फापरखेती गर्दै किसान
बजारमा माग बढेपछि पश्चिम म्याग्दीको ग्रामीण क्षेत्रका किसान जुनेलो र फापरको व्यावसायिक खेतीमा लागेका छन् । जिल्लाका मङ्गला, मालिका र धौलागिरि गाउँपालिकाका एक दर्जनभन्दा बढी पहाडी गाउँका किसान व्यावसायिक खेतीमा लागेका हुन् ।
तमानखोलाको ऐतिहासिक पञ्चायत घर जीर्णोद्धार
बागलुङको तमानखोला गाउँपालिका-३ तमान गाउँमा रहेको जीर्ण पञ्चायत घर गाउँपालिकाले संरक्षण थालेको छ । गाउँपालिकाले पञ्चायत घरलाई पुनर्निर्माण गरी पाहुना घर र पुस्तकालय बनाउने योजनाका साथ भवन जीर्णद्वारा गरिरहेको छ ।
धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै
धानको लोपोन्मुख (रैथाने) प्रजाति हराउँदै गएका छन् । पोखराका विभिन्न तालका किनारा तथा फाँटमा फल्ने पोखरेली जेठोबुढो, पहेँले, झिनुवाजस्ता प्रजाति लोप हुँदै गएका छन् ।