• २ साउन २०८१, बुधबार

छोराले हानेको ढुङ्गा लागेर बाबुको मृत्यु

blog

बाबुलाई ढुंगा हिर्काएका छोरा प्रहरी नियन्त्रणमा ।

बोमलाल गिरी 

नवलपुर, साउन २ गते । नवलपुर सदरमुकाम कावासोतीमा छोराले हानेको ढुङ्गाले लागेर बाबुको मृत्यु भएको छ। कावासोती नगरपालिका –५ ठकुरीचोकका १८ वर्षीय छोरा निराजन कुमालले हानेको ढुङ्गाले लागेर ४३ वर्षीय बाबु प्रेम कुमालको घरमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो । 

प्रहरीले कुटपिट गर्ने निराजनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ । बुवाछोराबिच भएको झगडाबारे भने परिवारका सदस्यले खुलाएका छैनन् ।