किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण
गोरखा नगरपालिका–१२ का किसानहरूलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण हाते ट्याक्टर र चाप कटर प्रदान गरिएको छ ।
द्वन्द्वपीडित महिला र बालिकाको पहिचानका लागि अभिमुखीकरण
नवलपुरमा पहिलो पटक द्वन्द्वपीडित तथा प्रभावित महिला र बालिकाको विशेष तथा समष्टिगत आवश्यकता पहिचानका लागि अभिमुखीकरण गरिएको छ ।
मुस्ताङको छुसाङ गाउँ
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ को छुसाङ गाउँको स्याउ बगैँचाको हरियारी र पृष्ठभूमिको सुक्खा कलात्मक पहाड ।
पोखराका स्पाबाट छ जना बालिकाको उद्धार
कास्कीको पोखरा महानगरको पर्यटकीय क्षेत्र लेक साइडमा सञ्चालनमा रहेका मसाज सेन्टर(स्पा)हरूबाट बुधवार छ बालिकाको उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय कास्की, पोखरा महानगरपालिका सामाजिक महाशाखा र शक्ति समूह नेपालबाट खटिएको संयुक्त अनुगमन टोलीले स्पामा काममा लगाइएका १८ वर्षमुनिका बालिकहरुलाई उद्धार गरेको हो ।
अन्नपुर्ण क्षेत्रमा एक लाख ७७ हजार पर्यटक
पदयात्राका लागि प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा विगत १० महिनामा एक लाख ७७ हजार एक सय ८२ विदेशी पर्यटक भित्रिएका छन् । गत चैतमा सबैभन्दा धेरै ३५ हजार दुई सय ६५ पर्यटकले सो क्षेत्रको भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना [एक्याप]ले जनाएको छ ।
तर्साइरहने जेठ ३
एकतिस वर्षअघिको जेठ ३ दिउँसोसम्म अरू दिनभन्दा भिन्न थिएन । साँझको घटनाले त्यसलाई कालो दिन बनाइदियो । नेकपा (एमाले) का तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रित सवार जिप दासढुङ्गा त्रिशूलीमा खस्यो । एमाले कास्की अधिवेशनलाई सम्बोधन गरी चितवन जाँदै गर्दा त्यसबेलाका चर्चित नेता भण्डारी र आश्रितको दुर्घटनामा निधन भएको थियो । त्यसयता जेठ ३ ले तुलसा पाण्डेजस्तै धेरै नेपालीलाई तर्साइरहन्छ ।
ट्याक्टर दुर्घटना हुँदा पाँच घाइते
म्याग्दीको बेनी नगरपालिका–३, भकिम्लीस्थित हाडेखानी डाँडामा ट्याक्टर दुर्घटना हुँदा चालकसहित पाँच जना घाइते भएका छन् । बुधबार दिउँसो करिब साढे ३ बजे जङ्गलबाट दाउरा लिएर फर्किदैँ गरेको ब १ त ६९४२ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो ।
बारीमा तरकारी घरमा रोजगारी
स्वदेशमा रोजगारीको सम्भावना नभएको भन्दै विदेश पस्ने युवाका लागि कावासोतीका नारायण प्रेरणाको स्रोत बन्नुभएको छ ।
धार्चे गाउँपालिकाको खोर्लाबेशीमा डम्पिङ साइड तयार
धार्चे गाउँपालिकाबाट निस्कने फोहोरहरू सङ्कलनका लागि खोर्लाबेशीमा डम्पिङ साइड तयार भएको छ । धार्चे गाउँपालिका र धार्चे पर्यटन बोर्डको संयुक्त साझेदारीमा खोर्लाबेशीमा डम्पिङ साइड तयार भएको धार्चे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले जानकारी दिनुभयो ।
व्यास नगरपालिकामा पुनः मतगणना गर्न अदालतको आदेश
तनहुँको व्यास नगरपालिकामा पुनः मतगणना गर्न उच्च अदालत पोखराले आदेश दिएको छ ।
उदीपुर-रिठ्ठेबगर-नौथर सेरा सडक निर्माण सुरु
यहाँको दोर्दी गाउँपालिका केन्द्र जोड्ने सडक निर्माण अलपत्र परेको दश महिनापछि पुनः निर्माण अघि बढेको छ ।
किसानलाई अनुदानमा ५४ हजार माछाका भुरा
तनहुँको म्याग्दे गाउँपालिकाले शतप्रतिशत अनुदानमा कृषकलाई माछाको भुरा वितरण गरेको छ । व्यावसायिक रूपमा माछापालन गरिरहेका कृषकलाई प्रोत्साहन गर्न पालिकाले माछाका भुरा वितरण गरेको हो ।
अमेरिकन फौजी किराको प्रकोपले किसान चिन्तित
पालुङटार नगरपालिकाभित्रका सयौँ किसानले लगाएको हजारौं हेक्टर जमिनको मकै बालीमा अमेरिकन फौजी किरा लागेपछि किसानहरु मर्कामा परेका कृर्षि ज्ञानकेन्द्र गोरखाका कार्यालय प्रमुख मिरा चौधारीले जानकारी दिनुभयो ।
वैचारिक बहसमा जुट्नु पर्छ : मुख्यमन्त्री
नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले व्यक्तिगत गालीगलौज बन्द गरेर वैचारिक बहसमा जुट्नुपर्ने बताउनुभयो । सोमबार पोखरामा आयोजित ‘पुष्पलाल जन्म शताब्दी समारोह २०८१’ विचार गोष्ठीमा उहाँले यस्तो आग्रह गर्नुभएको हो ।
तनहुँमा ३० जनाले त्यागे नेपाली नागरिकता
तनहुँमा दुई वर्षमा ३० जनाले नेपाली नागरिकता त्यागेका छन् । रोजगारी, अध्ययन लगायत विभिन्न अवसरको खोजी गर्दै विदेश रहेकाहरूले उतैको नागरिकता लिएपछि सो सङ्ख्यामा नेपाली नागरिकता त्याग गरेको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।
आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै महसिकार
धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले महसिकार अवलोकन गर्न पर्यटक आउने र मह खरिद गर्न उपभोक्ता जङ्गलमै पुग्न थालेपछि ग्रामीण क्षेत्रको आयआर्जनमा सहयोग पुगेको बताउनुभयो ।
संस्कृति संरक्षाणका निम्ति मादल बजाउने तालिम
सदरमुकाम बेनीमा मादल बजाउन सिकाउने तालिम सुरु भएको छ । बेनी नगरपालिकाको आयोजनामा मङ्गलबारदेखि निर्माण व्यवसायी समितिको सभाहलमा सुरु भएको १५ दिने तालिमको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले उद्घाटन गर्नुभयो ।
एमाले तनहुँको अध्यक्षमा कँडेल निर्वाचित
नेकपा एमाले तनहुँको अध्यक्ष हरिराज कँडेल भारी मतान्तर निर्वाचित हुनु भएको छ । १० औँ अधिवेशनको क्रममा भएको निर्वाचनमा विष्णुभक्त सिग्देललाई पराजित गर्दै कँडेल निर्वाचित हुनु भएको हो । कँडेलले दुई सय ९२ मत प्राप्त गर्नुभयो भने सिग्देलले दुई सय चार मत प्राप्त गर्नुभयो
कोरियाले पोखरालाई ९८ लाख डलर दिने
कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका निम्ति ९८ लाख अमेरिकी डलर प्रदान गर्ने भएको छ ।
सेयर रकम हिनामिना : प्राइम सहकारीका अध्यक्षसहित आठजना पक्राउ
सर्वसाधारणको बचत र सेयरधनीको सेयर रकमसमेत हिनामिना गरेको अभियोगमा कास्की प्रहरीले मङ्गलबार प्राइम बहुउद्देश्यीय सहकारीका अध्यक्षसहित आठ जनालाई पक्राउ गरेको छ ।
मेलमिलापकर्तालाई पुनः ताजगी तालिम
पोखरा महानगरपालिका न्यायिक समितिको आयोजनामा “मेलमिलाप गरौँ, सम्बन्ध बढाऔँ” भन्ने नारासहित मेलमिलाप सम्बन्धी पुनः ताजगी तालिम सुरु भएको छ ।
प्रत्येक प्रदेशमा एक हजार गाई र भैँसी पालन क्षमता
तीन तहको सरकार र निजी क्षेत्रको सहकार्यमा प्रत्येक प्रदेशमा कम्तीमा एक हजार गाई र भैँसी पालन क्षमताको पूर्वाधारसहित स्रोत केन्द्र विकास हुने भएको छ।
बिपिसीको विद्युत महसुलमा वृद्धि
बुटवल पावर कम्पनी (बिपिसी) को आँधीखोला वितरण केन्द्रको विद्युत महसुलमा वृद्धि भएको छ । कम्पनीको प्रस्तावमा विद्युत नियमन आयोगले विद्युत महसुल बढाउने निर्णय गरेको हो । आयोगले सार्वजनिक सूचना प्रकाशित गरेर विद्युत महसुल बढाएको जानकारी गराएको हो ।
कांग्रेस नेता रेग्मीको निधन
नेपाली कांग्रेसका नेता खगेन्द्रराज रेग्मीको निधन भएको छ । स्याङ्जा राजनीतिक आन्दोलनका अग्रज व्यक्तित्व रेग्मीको ७५ वर्षको उमेरमा मङ्गलबार मृत्यु भएको हो ।