• १२ साउन २०८१, शनिबार

खोलाले बगाउँदा दुईको मृत्यु

blog

अमरराज नहर्की

तनहुँ, असार ३१ गते । खोलाले बगाउँदा तनहुँमा दुईको मृत्यु भएको छ  । व्यास नगरपालिका–५ साँगे निवासी  २० वर्षीय शिशिर कुमालको आइतबार साँझ घर नजिकैको साँगे खोलाले बगाउँदा मृत्यु भएको हो भने भानु नगरपालिका–६ लेङगाबारीका ३१ वर्षीय निमबहादुर मश्राङ्गीको चुँदीखोलाले बगाउँदा मृत्यु भएको हो ।  

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायका अनुसार बगाएर बेपत्ता हुनु भएका कुमालको घरदेखि करिब एक किलोमिटर टाढा रहेको साँगे खोलामा डुबेको अवस्थामा स्थानीयले देखेपछि तत्काल उद्धार गरी दमौली अस्पतालमा पु र्‍याउँदा मृत्यु भैसकेको थियो । 

चुँदी खोलामा नुहाउने क्रममा शनिवार दिउँसो बेपत्ता भएका मश्राङ्गी आइतबार भानु नगरपालिका–५ पञ्चनगरस्थित चुँदीखोला किनारमा मृत अवस्थामा फेला परेको थियो । दुवै घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।