• १२ साउन २०८१, शनिबार

माछापोखरीमा डुबेर एकको मृत्यु

blog

गुणबहादुर रोका

सुलीकोट, असार ३१ गते । गोरखामा माछा पोखरीमा डुबेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा पालुङटार नगरपालिका–६ कालामाटाका स्थायी घर भएका १६ वर्षीय विपिन नेपाली भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँका अनुसार आइतबार दिउँसो १ बजे ५ जना साथीहरुसँगै माछा पाल्ने पोखरीमा पौडी खेल्ने क्रममा विपिन नेपालीको डुबेर मृत्यु भएको उहाँले बताउनुभयो । अन्य ४ जना भने सकुशल अवस्थामा रहेको प्रहरीको भनाइ छ ।

घटना घटेको खबर पाउन साथ इलाका प्रहरी कार्यालय ठाँटीपोखरीबाट प्रहरी निरिक्षकको नेतृत्वमा ५ जनाको टोली घटनास्थलमा प्रारम्भिक अनुसन्धान कार्य पूरा गरी मृतक बालकलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल गोरखामा पठाइएको प्रहरीले जनाएको छ ।

मृतक बिपिन नेपालीको शवलाई आइतबार बिहान १० बजे जिल्ला अस्पताल गोरखाले पोष्टमार्टम गरी मृतकको शव परिवारलाई जिम्मा लगाइसकेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो । त्यस घटनाकाे सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।