• १३ साउन २०८१, आइतबार

पहिरोकाे उच्च जोखिममा लल्याङ

blog

अर्जुन काफ्ले

स्याङ्जा, असार ३० गते । निरन्तर वर्षाका कारण स्याङ्जाको गल्याङ नगरपालिका-३ लल्याङका ७० घर उच्च जोखिममा परेका छन् । ठुलाभर्लाको पहिरोबाट १० वर्षबाट जोखिममा मोलिरहेका यहाँका गाउँलेले लगातारको वर्षाले गाउँकोबिच भाग बेलैतीबारी र भित्रबारीबाट पहिलो गएसँगै उच्च जोखिममा भएको हो । 

गााउँकोबिच भागबाट बुटवल पावर कम्पनी (बीपीसी) सुरुङमार्ग तथा आक्वा नहरका कारणले मुख्य जोखिम भएको स्थानीय छवि भट्टराईले बताउनुभयो । २०७० सालमा बीपीसीले स्तरोन्नति गर्ने भन्दै बम बड्काउदाँ गाउँ नै चर्केको बताउँदै भट्टराईले सो बेला गाउँलेसँगको सम्झौता बीपीसीले नगर्दा समस्या देखिएको आरोप लगाउनुभयो । 

मेसिनरी वाल लगाउने तथा जाली हालेर पहिरोको समस्या व्यवस्थापन गर्ने लगायतका सहमति भएकोमा कुनै पनि कार्यान्वयन नभएको उहाँको भनाइ थियो। पछिल्लो समय गाउँको पुच्छारमा रहेको छर्ती खोलाको किनारबाट समेत पहिरो जान थालेपछि स्थानीयहरू त्रसित बनेका छन् । पहिरोले घरको भित्ता, आँगन तथा खेतहरू चर्किएर क्षति पुगेको छ भने बस्दै आएको घर भासिने, चर्किन थालेपछि विस्थापित हुनुपर्ने अवस्था आएको हो । 

पहिरो रोकथामका लागी हरेक वर्ष स्थानीय सरकारबाट बजेट विनियोजन भएपनि रोकथाम भने हुन नसकेको हो । गत वर्षभन्दा यस वर्ष अत्यधिक पानी परेकाले अझै बढी जोखिममा हुने डरले स्थानीयहरू घर छोडेर सुरक्षित ठाउँहरू छिमेकी, नजिकका गाउँमा जानु परेको भट्टराईले बताउनुभयो । 

नगरपालिका प्रमुख गुरु प्रसाद भट्टराईले गाउँकोबिच भागबाट रहेको आक्वा सिँचाइ नगर र रम्भा १ पाल्पा पाइपलाइन समेत पहिरोको समस्या रहेको बताउनुभयो । २०४१ सालमा निर्माण गरिएको गाउँको बिचमा रहेको ३५० हेक्टर सिँचाइ हुने आक्वा नहर राम्रो सँग मर्मत नभएको बताउँदै भट्टराईले नहरको ठाउँ ठाउँमा पानी चुहिएको बताउनुभयो । 

नहरमा पानी चुहिने र लगातारको वर्षाले गाउँ जोखिम बढ्दा अध्ययन गरेर संरक्षण वा स्थानान्तर गर्ने सोचमा पालिका रहेको भट्टराईले बताउनुभयो । 

नहर निर्माणको लागि पालिकाले निर्णय गरेर एक मात्र विशेष योजना माग गरेको बताउँदै भट्टराईले हरेक पालिमामा रोजेको विशेष योजनामा बजेट विनियोजन गर्दा हाम्रोलाई छुटाएको बताउनुभयो । सरकारले चाँडै नहरमा पाइपलाइनबाट पानी नियन्त्रण, बीपीसीले सम्झौता अनुसार काम नगरेमा कुनै समय देशकै सबैभन्दा ठुलो पहिरोको समस्या गल्याङ बन्ने देखिन्छ ।