• १२ साउन २०८१, शनिबार

दुई बालिका पोखरीमा मृत भेटिए

blog

दिदीबहिनी मृत अवस्थामा भेटिएको पानीको दह । तस्बिरः जिल्ला प्रहरी कार्यालय, स्याङ्जा

राधाकृष्ण डुम्रे

वालिङ, असार ३० गते । स्याङ्जाको पुतलीबजार नगरपालिका –४ रामकोष स्वारामा रहेको पानीको दह (पोखरी) मा एकै घरका दिदीबहिनी मृत अवस्थामा भेटिएका छन् । 

स्थानीय नरेन्द्रबहादुर थापाका छोरीहरु कक्षा ९ मा अध्ययनरत १४ वर्षीया लक्ष्मी थापा र कक्षा ५ मा अध्ययनरत १२ वर्षीया सुस्मिता थापा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभयो । 

घरभन्दा पाँचसय मिटर टाढा रहेको कुवामा दिदीबहिनी नुहाउन र कपडा धुन गएको परिवारका सदस्यको भनाइ उद्धृत गर्दै प्रहरीले जनाएको छ । आज दिउँसो भएको घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।