• २ साउन २०८१, बुधबार

सुन्दर पर्यटकीय टिकोट गाउँ

blog

अन्नपूर्ण गाउँपालिका ७, स्थित सुन्दर टिकोट गाउँ। तस्बिरः साधन घर्ती

साधन घर्ती 

म्याग्दी (दरबाङ), साउन २ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –७, स्थित सुन्दर पर्यटकीय टिकोट गाउँ । मगर संस्कृति र दृष्य अवलोकनका लागि यो गाउँ प्रसिद्ध छ । यहाँबाट अन्नपूर्ण हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ ।

अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गले समेटिएको टिकोट गाउँमा पछिल्लो समय पर्यटकको सङ्ख्या बढ्दै गएको छ । पर्यटकलाई लक्षित गरी टिकोटमा एघार वटा सामुदायिक होमस्टे सन्चालनमा छन् । पदमार्ग समेत बनाइएको छ।