• २४ पुस २०८१, बुधबार

‘स्वास्थ्य उपचारको केन्द्र पोखरालाई बनाउनु पर्छ’

blog

पोखरा समाचारदाता  

पोखरा, असार २९ गते  । मणिपाल शिक्षण अस्पताल पोखराले उच्चस्तरीय सेवासहितको सघन उपचार कक्ष (आइसियु) सञ्चालनमा  ल्याएको छ । झन्डै ३७ करोड रुपियाँको लागतमा निर्माण गरिएको सघन उपचार कक्षमा लेबल ३ को ७२ श-याको निर्माण भएको हो । अस्पतालले यसअगाडि पनि ९२ वटा श-याको सेवा प्रदान गरेको थियो । अब अस्पतालसँग १६६ श-याको सघन उपचार कक्ष भएकोे छ । 

सघन उपचार कक्षको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले निजी क्षेत्रको सहयोगले नै गण्डकी प्रदेशको स्वास्थ्य क्षेत्रमा नागरिकले सेवा लिन पाएको बताउनुभयो । उहाँले यस प्रदेशमा आफूले अघिल्लो कार्यभार समाल्दा झन्डै आठ सय जनाले डायलासिस सेवाका लागि पालो पर्खेकोमा हाल ११४ जना मात्र रहेको उल्लेख गर्दै यसलाई शून्य बनाउन निजी क्षेत्रको सहयोग आवश्यक रहेको बताउनुभयो । 

मुख्यमन्त्री पाण्डेले उपचारका लागि काठमाडौँ होइन, पोखरा जानु पर्छ भन्ने बनाउन जरुरी रहेको बताउनुभयो । उहाँले निजी क्षेत्रले गरिब, विपन्न, निमुखा बिरामीलाई पनि निःशुल्क उपचार गर्नु पर्छ भन्नेमा जोड दिनुभयो । 

गण्डकी प्रदेशका सामाजिक तथा स्वास्थ्यमन्त्री विन्दुकुमार थापाले प्रदेश सरकारले यस प्रदेशका छ वटा जिल्लालाई प्रदेशस्तरको अस्पतालका रूपमा विकास गरिसकेको र डायलासिस सेवासमेत निःशुल्क गराएको जानकारी गराउनुभयो । 

अस्पतालका अध्यक्ष आनन्द बतासले भूकम्प, कोभिड तथा अन्य महामारीका समयमा सघन उपचार कक्षको अभावका कारण थुप्रै बिरामी काठमाडौँ लैजानुपर्ने बाध्यतालाई ध्यानमा राखी सेवा वृद्धि गरेकोे जानकारी दिनुभयो । उहाँले अस्पतालले आफ्नो उपचार क्षेत्रमा नवीनतम प्रविधिलाई अङ्गीकार गर्दै सेवा विस्तार गर्ने बताउनुभयो । उहाँले मोबाइल अस्पताल बस सञ्चालन गरी गाउँ गाउँमा उच्चस्तरीय विशेषज्ञ सेवालाई निःशुल्क रूपमा सञ्चालन गर्ने पनि जानकारी गराउनुभयो । 

नवनिर्मित सघन उपचार कक्षका बारेमा जानकारी दिँदै अस्पतालका सिइओ अनिल ओडिभलले सघन उपचार कक्ष बिरामीको सुरक्षार्थ केन्द्रीकृत नियन्त्रण प्रणालीमा आधारित भएकोे बताउनुभयो । उहाँले दुई वटा कक्ष विशेष आइसोलेसन र तीन वटा सघन उपचार कक्ष क्याबिन रहेको बताउनुभयो । उहाँका अनुसार यस नवनिर्मित सघन उपचार कक्षमा रहेका प्रत्येक श-यामा मोनिटर, भेन्टिलेटर, इसिजी मेसिन, युएमजी तथा इको प्रणाली जडित छन् जसले बिरामीलाई धेरै सहज हुने छ । यस सघन उपचार कक्षमा २४ सैँ घण्टा व्रिmटिकल केयरसम्बन्धी डाक्टरको सेवा उपलब्ध हुने छ भने विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार नर्स र बिरामीको अनुपात मिलाई नर्सिङ सेवाको व्यवस्था मिलाइएको छ ।

त्यसै गरी छातीरोग विशेषज्ञ डा. सिपी आचार्यले भूकम्प र कोभिडका बेला पोखराका बिरामी हेलिकोप्टरमार्फत काठमाडौँ जान परेको र कतिपयले मृत्युवरण गरेको स्मरण गर्दै अब पोखरामा मात्रै नभई पोखरा पश्चिमका बिरामीका लागि केन्द्रविन्दु भएको बताउँदै निजी क्षेत्रको लगानीको प्रशंसा गर्नुभयो । स्वास्थ्य क्षेत्रमा सरकारी सेवा ३० प्रतिशत रहेको र बाँकी ७० प्रतिशतको निजी क्षेत्रको योगदान रहेको उहाँले जानकारी दिनुभयो । 

कार्यक्रममा वरिष्ठ चिकित्सक अभिषेक मास्केले मणिपाल अस्पतालले यस क्षेत्रका आमनागरिकको विश्वास जित्न सफल भएको बताउनुभयो । उहाँले आउँदा दिनमा पनि गुणस्तरीय सेवासुविधा उपलब्ध गराउने प्रतिबद्धता जाहेर गर्नुभयो ।