• १३ साउन २०८१, आइतबार

सिमलताल बस दुर्घटना: अर्का एक यात्रुको शव नवलपुरमा भेटियो

blog

भारत बिहार बेतियाका ४० वर्षीय सजाद अन्सारीको शव । तस्बिर : नेपाल प्रहरी

बोमलाल गिरी 

नवलपुर, असार ३० गते। नवलपुरको गैँडाकोटस्थित नारायणी नदीमा अर्का एक युवकको शव भेटिएको छ। उक्त शव सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा दुर्घटनामा परेको बसका यात्रुको भएको प्रहरीले जनाएको छ। 

भारत बिहार बेतिया जिल्ला पश्चिम चम्पारण २२ बस्ने ४० वर्षीय सजाद अन्सारीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय, नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो। 

काठमाडौँ कलङ्कीमा व्यवसाय गरी बस्ने अन्सारी बा.प्र. ०३–००६ ख १५१६ नम्बरको बसमा वीरगन्जबाट काठमाडौँ जाँदै हुनुहुन्थ्यो। उक्त बस दुर्घटनामा परेका यात्रुमध्ये तीन जनाको शव नवलपुरमा भेटिएको छ। 

यसअघि शनिबार दुई जनाको शव गैँडाकोट नगरपालिका-७ गैरीस्थित नारायणी नदीको बिच भागको टापुमा फेला परेको थियो। नदीले शव बगाएर नवलपुरसम्म पुर्‍याएपछि प्रहरीले खोजीलाई निरन्तरता दिएको छ।