बागलुङमा पहिरोले दुई जनाको मृत्यु
शनिबार भएको वर्षाका कारण बागलुङमा आएको पहिरोमा परी दुई जनाको ज्यान गएको छ । गलकोट नगरपालिका वडा नम्बर ८ बिसौना बस्ने ५५ वर्षीय प्रेम विक र ५० वर्षीया वसन्ती विकको मृत्यु भएको हो । उहाँहरू श्रीमान् श्रीमती हुनुहुन्छ ।
त्रिशुली नदीमा वृद्धको शव फेला
गोरखा तर्फको गण्डकी गाउँपालिका–६ दुर्बुङ नजिकै त्रिशूली नदीमा एक वृद्धको शव फेला परेको छ । फेला परेको शव धादिङ जिल्ला गंगाजमुना गाउँपालिका–७ का ७१ वर्षीय नुर बहादुर विश्वकर्माको भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
खेतीयोग्य जमिन नासिँदै
असार दोस्रो सातासम्ममा गण्डकी प्रदेशमा करिब १५ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ ।
नवलपुरमा २० प्रतिशत रोपाइँ
नवलपुरमा धान रोपाइँ सुरु भएको छ । असारको दोस्रो साताबाट जिल्लाका विभिन्न ठाउँमा धान रोपाइँ सुरु गरिएको हो ।
गाई काट्ने एक पक्राउ
गोरखामा गाई काट्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धार्चे गाउँपालिका –२ केरौंजा स्थायी घर भई हाल आरुघाट गाउँपालिका–९ सुन्दरबस्तीमा अस्थायी बसोबास गर्ने ३२ वर्षीय हाउडे भनिने सबिन बिक भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
पहिरोपीडितलाई आर्थिक सहयोग
पहिरोले घर पुरिँदा ज्यान गुमाएका परिवारका सदस्यलाई जिल्ला प्रशासन कार्यालयले आर्थिक सहयोग गरेको छ । गएराति फेदीखोला गाउँपालिका-५ बाङ्गेमा पहिरोले घर पुरिँदा आमा ३१ वर्षीया दुर्गा जिसी र उहाँकी तीन वर्षीया छोरी निसिकाको मृत्यु भएको थियो ।
पहिरोले मध्यपहाडी राजमार्ग र कालीगण्डकी ‘कोरिडोर’ अवरुद्ध
गएराति भीषण वर्षासँगै खसेको पहिरोले दुई वटा राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन् । मध्यपहाडी पुष्पलाल राजमार्ग र कालीगण्डकी कोरिडोरको बागलुङ खण्ड अवरुद्ध भएका हुन् ।
मनसुन झरना
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ स्थित मौरिस हर्जोग पदमार्गमा पर्ने मनसुन झरना र नजिकै रहेको काठे झोलुङ्गे पुल तर्दै गरेका पदयात्री । मनसुन झरना अन्नपूर्ण प्रथम आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गको आकर्षण हो ।
मन छुने मुस्ताङ
मन छुने मुस्ताङको प्रकृति । देख्नुको मज्जा बेग्लै । हेर्नुको आनन्द अर्कै । अनौठो भूतलमा भव्य सुन्दरता । प्रकृतिको अचम्मकै लीला । प्रकृतिको रचना वर्णन गर्नै नसकिने । हेर्नुको प्यासले व्याकुल मन । आनन्दले मस्त तन । जहाँ अर्कै धर्तीमा पुगेको भान हुने । मन छुने मुस्ताङको प्रकृति देखेर आँखाहरू स्वतः प्रेममय बन्ने । मन रमाएर उल्लासले उन्मुक्त उडानमा वेग मार्न थाल्ने । हृदयको क्यानभासमा दृश्यहरू स्वतः लेपन हुने । अन्ततः यात्राका मिठा–मिठा यादहरू थपिँदै जाने रहेछ । जिन्दगी यात्राको एक अर्को नवीनतम अध्यायमा प्रविष्ट म । मेरा सारा रहरहरू चित्रमय दृश्यमा रूपान्तरित । प्रकृतिको काखमा लुटुपुटु, छुनुमुनु हुँदै मैले हिँडेको बाटो
बन्दीपुरमा बिस किलोमिटर कालोपत्रे
तनहुँको बन्दीपुर गाउँपालिकाले एक वर्षकै अवधिमा २० किलोमिटर सडक कालोपत्रे गरेको छ । कालोपत्रेले यात्राको समय छोट्टिएको छ भने कच्ची र धुले सडकको यात्राबाट आजित स्थानीयलाई आउजाउ गर्न र कृषि उपज ढुवानी गर्न सहज भएको छ । बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले पर्यटकको आकर्षण बढाउन र स्थानीयको यात्रा सहज बनाउन कालोपत्रे निर्माणलाई प्राथमिकतामा राखेको र झन्डै २० किलोमिटर कालोपत्रे पूरा भएको बताउनुभयो । अध्यक्ष थापाले भन्नुभयो, “सडक कालोपत्रे र पिसिसी गरेर यात्रा सजिलो बनाएका छौँ ।”
पुनर्निर्माण भएन भानुको घर
नेपाली साहित्यका आदिकवि तथा राष्ट्रिय विभूति भानुभक्त आचार्य जन्मिएको तनहुँको भानु नगरपालिका–४ स्थित घर शिलान्यास भएको आठ वर्षसम्म पनि पुनर्निर्माण हुन सकेको छैन । २१ वर्षअघि आगलागी हुँदा जलेर नष्ट भएको घर २०७३ साल चैत २२ गते पश्चिमाञ्चल विकास मञ्चले शिलान्यास गरेको थियो तर अझै पुनर्निर्माण हुन सकेको छैन ।
पहिरोमा पुरिएर आमा छोरीको मृत्यु
फेदी खोला गाउँपालिका वडा नं. ५ बाँगेमा अविरल वर्षासँगै गएको पहिरोले घरगोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ ।
वृद्ध दम्पती घरसहित पहिरोमा पुरिए
बागलुङको गलकोट नगरपालिका–८ काँडेबाँसको बिसौनामा वृद्ध दम्पती घरसहित पहिरोमा पुरिएका छन् । बिसौनाका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती गए राति पहिरोमा पुरिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिनुभयो । अहिले घटनास्थलमा प्रहरी टोली पठाइएको छ ।
तनहुँमा १३ विद्यालयको नतिजा शून्य
बिहीबार प्रकाशित भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा तनहुँका १३ सामुदायिक विद्यालयको नतिजा शून्य आएको छ ।
धौलागिरि क्षेत्रकै सर्वोत्कृष्ट अङ्क ल्याउनेमा छात्रा रिमाल
एसइई २०८० को परीक्षामा पर्वतको नमूना आवासीय बोर्डिङ स्कुलका छात्रा सफलता रिमालले धौलागिरि क्षेत्रमै सर्वोत्कृष्ट अंक हासिल गर्नु भएको छ ।
गण्डकी प्रदेशस्तरीय कबड्डी उपाधि कास्कीलाई
कास्कीले गण्डकी प्रदेशस्तरीय पुरुष कबड्डीको उपाधि जितेको छ । पोखरामा सम्पन्न प्रतियोगितामा तनहुँलाई ४५–३८ अंकले पराजित गर्दै कास्कीले उपाधि जितेको हो ।
करोडौँ खर्चिए पनि गण्डकीका चार विमानस्थल प्रयोगविहीन
करोडौँ खर्चेर बनाइएका यहाँका चार विमानस्थल प्रयोगविहीन बनेका छन् । मनाङको हुम्डे, गोरखाको पालुङटार, बागलुङको बलेवा र ढोरपाटन विमानस्थल सञ्चालनमा छैनन् ।
रोलर मेसिनमा आगलागी
पोखरा महानगरपालिका –८, प्रतिभा मार्गमा पार्किङ गरी राखेको जेसेबीमा आगलागी भएको छ । हिजो राति जेसिवीमा आगलागी भएको वडा प्रहरी कार्यालय वैदामले जनाएको छ ।
पुरानै स्वरुपमा फर्कियो ‘गलकोट कोतघर’
लामो समयदेखि जीर्णोद्धारको पर्खाइमा रहेको बागलुङको ऐतिहासिक गलकोट दरबारलाई पुरानै स्वरुपमा फर्काइएको छ । नेपाली सेनाको आर्थिक तथा श्रमदानबाट जीर्णोद्धार गरी कोतघरलाई पुरानै स्वरुपमा फर्काइएको हो ।
देवघाटमा एक सय ४२ आयोजना सम्पन्न
देवघाट गाउँपालिकामा एक वर्षमा एक सय ४२ वटा आयोजना सम्पन्न भएका छन् । आर्थिक वर्ष २०८०/८१ मा एक सय १६ वटा आयोजना उपभोक्ता समितिबाट र २६ वटा ठेक्का प्रक्रियाबाट सम्पन्न भएका देवघाट गाउँपालिकाले जनाएको छ ।
दलित समुदायले कर्मकाण्ड तालिम लिँदै
नेपाली समाजमा जकडिएर रहेको जातीय छुवाछूतले गर्दा तनहुँका दलित समुदायले कर्मकाण्ड र पूजापाठमा पुरोहित नपाउने पीडामा रहेका छन् । ब्राह्मण नआउँदा पूजापाठ, जन्म, चूडाकर्म, विवाह र मृत्यु संस्कारसमेत प्रभावित हुन थालेका छन् । धार्मिक कार्य र अनुष्ठानका लागि पुरोहित ब्राह्मणको अभाव हुन थालेपछि दलित समुदाय आफैँ वैदिक ज्ञान आर्जन गरेर पुरोहित बन्न थालेका छन् । वेद, उपनिषत्, पुराण, रुद्रीलगायतका ग्रन्थलाई आधार मानेर गरिने कर्मकाण्ड जन्मेदेखि मृत्युपर्यन्त आवश्यक भए पनि पुरोहित नपाएपछि समस्या उत्पन्न हुन थालेपछि दलित समुदायले आफैँ वैदिक कर्मकाण्ड तालिम सिक्न थालेका हुन् ।
आँखा ओभानो छैन क्व्होलासोथारवासीको
लमजुङमा मङ्गलबार राति परेको अविरल वर्षाका कारण आएको पहिरोले बुधबार बिहान तीन घर बगाउँदा क्व्होलासोथार गाउँपालिका–३, बगुमा एकै घरका चार जनाको मृत्यु भएपछि सो गाउँपालिकावासी शोकमा डुबेका छन् । विभिन्न सञ्चार माध्यममा घटनाको खबर आएपछि मृतकका आफन्तजनमा रुवाबासी चलेको थियो नै गाउँले पनि शोकमा डुबेका छन् । अहिले मृतकका परिवारलाई सान्त्वना दिने स्थानीयको घुइँचो लागेको छ । यस घटनाले सिङ्गो गाउँपालिका शोकमा डुबेको क्व्होलासोथार गाउँपालिकाका उपाध्यक्ष गमीमाया गुरुङले बताउनुभयो ।
म्याग्दीको मङ्गलामा ‘लिफ्ट’ प्रविधिको सिँचाइ आयोजना निर्माण
जिल्लाको मङ्गला गाउँपालिका–३ पखेरमा ‘लिफ्ट’ प्रविधिको सिँचाइ आयोजना निर्माण भएको छ । सङ्घीय र गण्डकी प्रदेश सरकारको लगानीमा खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले जिल्लामा पहिलोपटक ‘डिपबोरिङ’ प्रविधिको सिँचाइ आयोजना निर्माण गरेको हो ।
जेसिबी दुर्घटनामा हुँदा चालक घाइते
गोरखामा जेसिबी दुर्घटना हुँदा एक जना घाइते भएका छन् । गोरखा नगरपालिका – ११ रान्डी खोलामा भएको दुर्घटनामा जेसिबी चालक गोरखा नगरपालिका – १३ देउराली घर भएका वर्ष २४ का ईश्वर भट्टराई घाइते भएका जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।