• १७ असार २०८१, सोमबार

त्रिशुली नदीमा वृद्धको शव फेला

blog

गुणबहादुर रोका
सुलीकोट, असार १५ गते । 
 गोरखा तर्फको गण्डकी गाउँपालिका–६ दुर्बुङ नजिकै त्रिशूली नदीमा एक वृद्धको शव फेला परेको छ । फेला परेको शव धादिङ जिल्ला गंगाजमुना गाउँपालिका–७ का ७१ वर्षीय नुर बहादुर विश्वकर्माको भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार शुक्रबार साँझ त्रिशूली नदीको गोरखातर्फको भागमा पुरुषको शव पानीमा तैरिरहेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शुक्रबार नै जिल्ला प्रहरी कार्यालय गोरखाको टोली घटनास्थल तर्फ पुगी शवको प्रकृति मुचुल्का तयार पारी शवलाई गोरखा अस्पतालमा ल्याएर राखिएको उहाँले बताउनुभयो ।

शुक्रबार बेलुका मृतकका छोराले शवको पहिचान गरेलगत्तै शवको पोष्टमार्टमा हुने तरखरमा रहेको प्रहरीको भनाइ छ । पोष्टमार्टम पछि परिवारलाई शवको जिम्मा दिने जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।