• १६ असार २०८१, आइतबार

जेसिबी दुर्घटनामा हुँदा चालक घाइते

blog

गुणबहादुर रोका 

सुलीकोट, असार १४ गते । गोरखामा जेसिबी दुर्घटना हुँदा एक जना घाइते भएका छन् । गोरखा नगरपालिका – ११ रान्डी खोलामा भएको दुर्घटनामा जेसिबी चालक गोरखा नगरपालिका – १३ देउराली घर भएका वर्ष २४ का ईश्वर भट्टराई घाइते भएका जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँका अनुसार गोरखा सदरमुकामबाट तेह्र किलो हुँदै छेपे टार तर्फ जाँदै गरेको अन टेस्ट नम्बरको जेसिबी बिहीबार बेलुका ७ बजे दुर्घटनामा परी सडकबाट ५० मिटर तल खसेको उहाँले बताउनु भयो । ओरालो ढलान बाटो भएकाले ब्रेकमा समस्या आएर दुर्घटना परेको हुन सक्ने अनुमान गरिएको छ । 

घाइते चालकलाई स्थानीय र प्रहरीको सहयोगमा जिल्ला अस्पताल गोरखामा पुर्याई उपचार भइरहेको बताइएको छ । घाइते चालकको टाउको र हातको भागमा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । 

अहिले घाइतेको उपचार भइरहेको साथै अनुसन्धान भइरहेको जिल्ला  प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक श्रेष्ठको भनाई छ ।