• १७ असार २०८१, सोमबार

तनहुँमा १३ विद्यालयको नतिजा शून्य

blog

अमरराज नहर्की

तनहुँ, असार १५ गते । बिहीबार प्रकाशित भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा तनहुँका १३ सामुदायिक विद्यालयको नतिजा शून्य आएको छ । जिल्लाको एक सय ७० सामुदायिक विद्यालयमध्ये १३ वटा सामुदायिक विद्यालयबाट कुनै पनि परीक्षार्थी पास नभएको शिक्षा विकास तथा समन्वय इकाईका सूचना अधिकारी विश्वप्रकाश रेग्मीले जानकारी दिनुभयो ।  

रेग्मीका अनुसार शुक्लगण्डकी नगरपालिकामा दुई विद्यालयको नतिजा शून्य रहेको छ । वडा नम्बर १ को थप्रेक स्थित सरस्वती माध्यमिक विद्यालय र वडा नम्बर ११ को राइपुर स्थित महेन्द्र माध्यमिक विद्यालय रहेको छ ।  सरस्वतीमा १९ र महेन्द्रमा पाँच विद्यार्थी सहभागी थिए । भानु नगरपालिकामा एक विद्यालयको नतिजा शून्य रहेको छ । वडा नम्बर ५ स्थित आदर्श सरस्वती माध्यमिक विद्यालयबाट परीक्षा दिएका १५ जना नै अनुत्तीर्ण भएका छन् । व्यासमा दुई विद्यालयको नतिजा शून्य छ । वडा नम्बर ११ को धरमपानी स्थित अमरसिंह माध्यमिक विद्यालय, व्यास –१ को खुला माध्यमिक विद्यालय रहेको छ । 

घिरिङ गाउँपालिकामा तीन विद्यालय रहेका छन् । वडा नम्बर १ को बैडी स्थित दीपक माध्यमिक विद्यालय वडा नम्बर २ को राष्ट्रिय माध्यमिक विद्यालय र गडौलीटार स्थित महेन्दज्योती माध्यमिक विद्यालय रहेको छ । दीपकमा १८, राष्ट्रिय माविमा १९ र महेन्द्रज्योती २४ विद्यार्थी सामेल थिए । आँबुखैरेनी गाउँपालिकाको दुई विद्यालयको नतिजा शून्य आएको छ । वडा नम्बर ६ को हिले खर्क स्थित कन्यादेवी माध्यमिक विद्यालय, वडा नम्बर ४ को भाँगे स्थित छिम्केश्वरी माध्यमिक विद्यालयको शून्य आएको थियो ।

कन्यादेवीमा १९ र छिम्केश्वरीमा १४ विद्यार्थी सामेल रहेका थिए । ऋषिङ गाउँपालिकामा एक विद्यालयको नतिजा शून्य रहेको छ । वडा नम्बर ५ को राम्जाकोट स्थित महेन्द्रोदय माध्यमिक विद्यालय रहेको छ । यस विद्यालयमा १४ जना सहभागी थिए । बन्दीपुर गाउँपालिकाको वडा नं ३ को सेराटार स्थित शिव माध्यमिक विद्यालय रहेको छ ।