• १७ असार २०८१, सोमबार

गाई काट्ने एक पक्राउ

blog

गाई मारेको आरोपमा पक्राउ परेका होउडे भनिने सबिन बिक ।

गुणबहादुर रोका 

गोरखा, असार १५ गते । गोरखामा गाई काट्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धार्चे गाउँपालिका –२ केरौंजा स्थायी घर भई हाल आरुघाट गाउँपालिका–९ सुन्दरबस्तीमा अस्थायी बसोबास गर्ने ३२ वर्षीय हाउडे भनिने सबिन बिक भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँका अनुसार बिहीबार बिहान ३ बजेको समयमा आरुघाट गाउँपालिका –९ स्थित सुन्दरबस्तीका आइतसिं विकले पालेका ४ बर्से गाईलाई गोठमा बाँधिरहेको अवस्थामा फुकाएर लगी आरुघाट गाउँपालिका –९ बुढीगण्डकी नदी किनारमा खुकुरी र दाउ प्रयोग गरी हानेर मारेको जाहेरी परेको छ । आरोपी हाउडे भन्ने सबिन बिकलाई शुक्रबार आरुघाटबाट खटिई गएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको छ ।

घट्नास्थलबाट गाई मार्न प्रयोग भएका हातहतियार खुकुरी र दाउ, गाईको टाउको, खुट्टा प्रहरीले बरामद गरी प्रमाणको रूपमा पेस गरेको जनाएको छ । पक्राउ परेलगत्तै हाउडे भनिने सबिन बिकलाई शुक्रबार पशुपन्क्षीसम्बन्धी कसुर शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालत गोरखाबाट ७ दिनको म्याद थपी गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।