• १७ असार २०८१, सोमबार

धौलागिरि क्षेत्रकै सर्वोत्कृष्ट अङ्क ल्याउनेमा छात्रा रिमाल

blog

सर्वोत्कृष्ट छात्रा सफलता रिमाल ।

प्रनिश गिरी

कुश्मा (पर्वत), असार १४ गते । एसइई २०८० को परीक्षामा पर्वतको नमूना आवासीय बोर्डिङ स्कुलका छात्रा सफलता रिमालले धौलागिरि क्षेत्रमै सर्वोत्कृष्ट अंक हासिल गर्नु भएको छ । 

धौलागिरि क्षेत्रका चार जिल्ला पर्वत, बाग्लुङ, म्याग्दी र मुस्ताङबाट ४ जिपिए प्राप्त गर्ने एक जना विद्यार्थी हुनुहुन्छ । त्यसैगरी नारायण मावि कुश्माका छात्र सुवास पोखेलले जिपिए ३.९१ हासिल गरी सामुदायिक विद्यालयतर्फ धौलागिरि क्षेत्रमा नै सर्वोत्कृष्ट अंक हासिल गर्नु भएको हो । 

भविष्यमा डाक्टर बनेर विरामीको सेवा गर्ने लक्ष्य लिनु भएकी छात्रा रिमालले उत्कृष्ट अंक प्राप्त गरेपछि खुशी हुँदै भन्नुभयो, ‘परीक्षामा ४ जिपिए नै आउँछ भन्ने आशा थिएन । धेरै मिहिनेत गरेर पढाइमा समर्पित भइ लागेमा सफलता मिल्ने रहेछ ।’

त्यसैगरी सामुदायिक तर्फ सर्वोत्कृष्ट अंक हासिल गरेका छात्र पोख्रेलले सफलताको राजबारे खुलाउदै भन्नुभयो, ‘सवैभन्दा पहिले त आफ्नो निरन्तर पढाइ र गुरुहरुले दिएको शिक्षण सिकाइ क्रियाकलाप अति नै उत्कृष्ट थियो । गुरु र गुरुआमाहरुले अति नै माया दिई नजानेको कुरा सिकाउनु हुन्थ्यो । सवै विषयलाई समान समय दिई मिहिनेतका साथ पढ्न सकेमा सफलता मिल्छ ।’ भविष्यमा सिभिल ईन्जिनियरिङ क्षेत्रमा अध्ययन गर्ने छात्रा पोख्रेलको चाहना छ ।

यस वर्षको एसइई परीक्षामा नियमिततर्फ १९८० जना विद्यार्थीले सहभागीता जनाएका थिए । सहभागीमध्ये ९७८ जना पास भएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाई पर्वतका प्राविधिक सहायक मनहरि आचार्यले बताउनुभयो ।