• ६ साउन २०८२, मङ्गलबार

वीर अस्पतालमा ७२ शय्याको इमर्जेन्सी थपिँदै

blog

काठमाडौँ, साउन ५ गते । वीर अस्पतालमा ७२ शय्याको इमर्जेन्सी कक्ष थपिने भएको छ । सोमबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले वीर अस्पतालमा ७२ शय्याको इमर्जेन्सी सेवा विस्तार गर्ने बताउनुभयो । 

मन्त्री पाैडेलले वीर अस्पताललाई सेवालाई व्यवस्थित गर्न इमर्जेन्सीमा ७२ शय्या थप्ने योजना बनाएको प्रस्ट पार्नुभयो । उहाँ भन्नुहुन्छ, “वीर अस्पताललाई व्यवस्थित गर्नको लागि ७२ बेडको इमर्जेन्सी शय्या थप्ने योजना बनाएका छौँ ।, त्यसको लागि बजेट पनि सुनिश्चित भइसकेको छ । ” 

उहाँका अनुसार अस्पतालको सेवा सुधारका लागि डा।मदन उपाध्यायको संयोजकत्वमा समिति बनाइएको थियो ।  समितिले तयार पारेको प्रतिवेदनको आधारमा काम भइरहेको उहाँले सुनाउनुभयो । 

मन्त्री पौडेलले विपन्न नागरिकलाई बिमामा जोड्ने योजना बनाएको बताउनु भएको छ ।  उहाँले आठ प्रकारका कडा रोगका बिरामीलाई सहज होस भन्ने उद्देश्यले विपन्न सेवालाई बिमा कार्यक्रममा जोड्ने योजना बनाएको प्रस्ट पार्नुभयो ।  

उहाँले आफूले एक वर्षमा प्राथमिकतामा राखेका कार्यक्रममा सफलता पाएको दाबी गर्नु भएको हो । उहाँ भन्नुहुन्छ, “दीर्घकालीन कार्यक्रममा बजेट परेको छ । सङ्घ, प्रदेश र स्थानीय तहबिच समन्वय सुरु, आधारभूत अस्पताल सञ्चालन, डेंगी नियन्त्रणमा समन्वय, एचपीभी खोप कार्यक्रम सफल र जनस्वास्थ्य समिति गठन भएको छ ।” 

मन्त्री पौडेलले योग ध्यान सबै स्थानीय तहमा पुर्‍याइएको, विद्यालय नर्स कार्यक्रम सुरु गरिएको, महामारी पूर्व तयारी गरेको बताउनुभयो ।   प्रदेशमा मुटु, क्यान्सर, जलनको उपचार प्रदेश स्तरमा विस्तार गरेको मन्त्री पौडेलले दाबी छ । पौडेलले प्रथम स्वास्थ्य विन्दु सहज बनाएको, स्वास्थ्य बिमा १ महिनामा सुरु गरिएको बताउनुभयो । 

उहाँले एमआरआई, पेट स्क्यान र क्याथ ल्याबका लागि पर्याप्त बजेट ल्याइएको दाबी गर्नुभयो । मन्त्री पौडेलले योग ध्यान सबै स्थानीय तहमा पुर्‍याइएको, विद्यालय नर्स कार्यक्रम सुरु,  महामारी पूर्व तयारी,  र सुर्ती नियन्त्रणका लागि सत प्रतिशत चेतावनीमूलक सन्देश  छाप्ने निर्णय गरेको बताउनुभयो । पौडेलले प्रदेशमा  मुटु, क्यान्सर, जलनको उपचार विस्तार गरेको दाबी गर्नुभयो । 

उहाँका अनुसार हालसम्म ११३ वटा आधारभूत अस्पताल निर्माण सम्पन्न हुहुकासाथै ५५ वटा अस्पताल सञ्चालनमाको लागि तयारी अवस्था छन् । चालु आर्थिक वर्षमा निर्माणाधीन १३७ थप भई कुल २५० निर्माण सम्पन्न हुने उहाँले जानकारी दिनुभयो । त्यसको लागि सरकारले ११ अर्ब बजेट व्यवस्था गरेको सुनाउनुभयो ।  

अङ्ग दान तथा प्राप्तिका लागि अनलाइन प्रणाली सुरु गरिएको साथै मस्तिष्क मृत्यु पश्चात् अङ्ग दान गर्ने परिवारलाई प्रोत्साहन रकम दोब्बर गरी दुई लाख पुर्याएको लगायतका उपलब्धि हासिल गरेको जानकारी दिनुभयो ।