• १५ असार २०८१, शनिबार

गोरखा पूर्णखोप सुनिश्चितता जिल्ला घोषण

blog

गुणबहादुर रोका
सुलीकोट, असार १२ गते । 
गोरखा जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपन जिल्ला घोषण गरिएको छ । बुधबार जिल्ला सदरमुकाममा एक कार्यक्रमका बिच जिल्लामा रहेको ११ वटा स्थानीय तहहरूले पालिका स्तरीय पूर्णखोप सुनिश्चितता तथा दिगो पन पालिका घोषण सम्पन्न भएपछि गोरखा जिल्ला पूर्णखोप सुनिश्चितता तथा दिगो पनि जिल्ला घोषण भएको हो ।

जिल्लामा रहेका ११ वटा स्थानीय तहले जन्मेदेखि १५ महिनासम्मका तीन हजार तीन सय २७ जना र १६ महिनादेखि ५९ महिनासम्मका १० हजार दुई सय ५५ जना बालबालिकाले पूर्णखोप लगाएसँगै गोरखा जिल्ला खोप सुनिश्चितता तथा दिगोपन जिल्ला घोषण गरिएको हो ।

गोरखा जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपन जिल्ला घोषण गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालयका सचिव डा. विनोद बिन्दु शर्माले गर्नुभएको हो ।

बुधबार जिल्ला सदरमुकाम स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता भन्ने मूल नारासहित जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपन प्रमाणीकरण घोषण कार्यक्रममा पूर्णखोप सुनिश्च्यतको प्रमाणपत्र गोरखाले पाएको छ ।

गोरखा जिल्लामा कुनै पनि बालबालिका पूर्णखोप लगाउन बाँकी नरहेको स्वास्थ्य कार्यालय गोरखाका प्रमुख यामनाथ शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार गोरखा नगरपालिकाका २११२ जना, पालुङटार नगरपालिकाका १९८३ जना, अजिरकोट गाउँपालिकाका ३६२ जना, सिरानचोक गाउँपालिकाका ७१० जना, बारपाक सुलिकोट गाउँपालिकाका ७४० जना, आरुघाट गाउँपालिकाका ७८२ जना, भीमसेन थापा गाउँपालिकाका ६२६ जना, सहिद लखन गाउँपालिकाका ८२२ जना, गण्डकी गाउँपालिकाका ८६९ जना, धार्चे गाउँपालिकाका ७३५ जना, र चुमनुब्री गाउँपालिका ५०४ जनाले खोप प्राप्त गरेको उहाँले बताउनुभयो ।

बालबालिकाले बिसिजी, रोटा, पिसिभी, डिपिटी, हेप– बि, एपआइपीभी, पोलियो दादरा, रुबेला, जापनिज जेइ लगायत १३ प्रकारका खोप लगाएको  स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । कार्यक्रममा पूर्णखोप सुनिश्चितता  घोषण गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने ११ पालिकाका ११ जना स्वास्थ्यकर्मीलाई सम्मान पत्र र ११ स्वास्थ्य संस्थालाई प्रशस्त पत्रले सम्मान गरिएको छ ।