• १३ असार २०८१, बिहिबार

पालुङटारको लिची किन्न व्यापारी बारीमा

blog

पालुङटार नगरपालिका – ७ च्याङलिङ आहालेबरका कृषक ईश्वर श्रेष्ठले उत्पादन गर्नुभएको लिची । तस्बिर : गुणबहादुर रोका

गुणबहादुर रोका
सुलीकोट, जेठ ५ गते ।
गोरखाको पालुङटार नगरपालिकामा विगत लामो समयदेखि व्यावसायिक  रुपमा खेती गर्दै आएका पालुङटार नगरपालिका – ७ च्याङलिङ आहालेबरका ईश्वर श्रेष्ठले आफ्नो ४५ रोपनी जग्गामा लगाएको लिची खरीद गर्न मकवनापुरदेखि व्यापारी उहाँको बारीमा नै आएको बताउनुभएको छ । 

पालुङटार नगरपालिकामा व्यापाक रुपमा लिची उत्पादन वृद्धिसँगै बाहिरबाट आएका व्यापारीहरु फूल खेल्दा खेरीदेखि नै किसानको बारीको बोटबाट अग्रीम रकम दिएर जाने गरेको कृषक श्रेष्ठले बताउनुभयो ।

स्थानिय स्तरमा व्यावसायिक रुपमा उत्पादन गर्दै आएका कृषक श्रेष्ठले भन्नुभयो, “देशका विभिन्न जिल्ला मकवानपुर, झापा, मोरङ, चितवन र काठमाडौँबाट समेत लिची खरीद गर्न व्यापारीहरु गाडी लिएर कृषकको बारीमा पुग्छन् ।”

स्थानीयस्तरमा उत्पादन भएको लिची बिक्रीका लागि बजारको समस्या नभएपछि लिची उत्पादन गर्ने किसानको सङ्ख्या वर्षेनी बढ्दै गएको छ । गोरखाको सबैभन्दा धेरै उत्पादन हुने ठाउँ नै पालुङटार नगरपालिकालाई लिइएको छ ।

कम लगानीमा धेरै आम्दानी हुने भएकाले पालुङटार नगरपालिकाका अधिकांश किसान यही लिची खेतीमा आकर्षित भएका हुन् । लिची खेतीका लागि रासायनिक मलको प्रयोग कुनै पनि किसानले गर्दैनन् । प्रत्योक किसानले आफ्नो घर गोठको गोठेमल र सेउला प्रयोग गर्ने गरेका छन् । प्राङगरिक मलको  प्रयोग गरेर यस क्षेत्रमा लिची उत्पादन हुँदै आएको कृषकले बताएका हुन् ।

४५ रोपनी जग्गामा तीन बिरुवा लगाएर व्यावसायिक लिची खेती गर्दै आउनुभएका कृषक श्रेष्ठले गत साल १० लाख रुयियाँको बिक्री भएको थियो भने यो साल बढेर १३ लाख रुपियाँमा दुई वटा बोट राखेर व्यापारीलाई दिएको उहाँको भनाइ छ ।

याे क्षेत्र लिचीको पकेट क्षेत्र भएकाले वडा न ७ बाट मात्रै सबै किसानले १० करोडको लिची बिक्री  हुने अनुमान गरिएको छ । कम लगानीमा धेरै आम्दानी हुने भएपछि वडाका लगभग ९० प्रतिशत किसान लिची खेतीमा आश्रित छन् ।