• १४ असार २०८२, शनिबार

व्यवसायिक कृषिमा जमेको जोडी

blog

सत्यवती गाउँपालिका–३, ठुलो लुम्पेकका व्यवसायिक कृषक इन्द्र विश्वकर्मा दम्पत्ति । तस्बिर टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुङ्गा (गुल्मी), असार १४ गते ।
सत्यवति–३, ठुलोलुम्पेक बोरहका इन्द्र विश्वकर्मा र प्रेमकला गाहाको अन्तरजातिय बिहे हो । जातिय विभेदले जगडिएको समाजमा अन्तरजातिय बिहेनै एउटा क्रान्ति हो । यो जोडीले बिहेसँगै कृषिमा समेत क्रान्ति गरेको छ ।

वैदेशिक रोजगारीका लागि इन्द्र मलेसियार र भारत पुग्नुभएको इन्द्रले २०७२ साल तिर घर फर्किएर करिब तीन वर्ष गाउँमै बस चलाउनुभयो । तर त्यसबाट पनि सोचे अनुसार कमाइ नभएपछि उहाँले आफ्नौ माटोमा समृद्धिको सपना देख्नुभयो ।

उहाँले करिब १५ वर्षदेखि कृषि गर्दै गर्नुभएको छ । तर व्यवसायीक रूपमा पूर्णिमा अर्गानिक कृषि तथा पशुपक्षी फर्म मार्फत पाँच वर्षदेखि काम गरिरहनुभएको छ । विश्वकर्माले अहिले क्याप्सिकम, सीमी र काँक्रासहित कुखुरापालन व्यवसाय गरिरहनुभएको छ ।

अहिले क्याप्सिकम पहिलो अनुभव हो । अहिले फलदिन थालेकाले क्याप्सिकम प्रतिकिलो ११० रुपियाँमा नौ क्वीन्टल बिक्री गरिसक्नुभएको छ । करिब दुई लाखको क्याप्सिकम बेच्न लक्ष्य विश्वर्माको छ । उहाँको बारीमा सिमी पनि लटरम्म फेलेको छ । सिमीकै मौसम भएकाले मूल्य सोँचे अनुसार छैन । ३० देखि ३५ रुपियाँमा टमाटर बिक्री गर्नुभएका उहाँले १० क्वीन्टल बिक्री गर्ने योजना रहेको बताउनुभयो । उहाँले धेरै पहिलेबाट गरिरहेको टमाटर खेति हो । बारीमा हिमसोना जातका टमाटरका बोट छन् ।  

अहिले ८० क्वीन्टलभन्दा बढि टमाटर बिक्री हुने विश्वकर्माले बताउनुभयो । अहिलेसम्म बजारमा ७० देखि ८० रुपियाँमा टमाटर बिक्री भइरहेको छ । विश्वकर्माको भक्तपुरे जातको काँक्राका पनि साढे दुई सय बोट छन् । ०७९ सालमा असिनाले ध्वस्त बनाएपछि कृषि कर्मबाट हात धुने स्थिति समेत भोग्नु भएका इन्द्रले पाँच लाख खर्च गरेर हेल्दी नेट प्रयोग गरेर कृषि गरिरहनुभएको छ । हेल्दीनेट महङ्गो हुने भएकाले सबै कृषकको पहुँच नहुने विश्वकर्माले बताउनुभयो । क्याप्सिकम, टमाटर, सिमी र काँक्रा गरेर ३५ सयभन्दा बढि बोट रहेका छन् ।

उहाँले आठ सय बढि कुखुरा, १० बाख्रासहित बङ्गुर पालन गर्नुभएका सय कुखुरा बेच्ने । बाख्रा पनि १० वटा, बुंगुर पालन गर्नुभएको छ । प्रेमकला गाहा सत्यवती गाउँपालिका–३ को वडासदस्य हुनुहुन्छ । उहाँले वडाको कामसहित श्रीमानसँगै कृषि कर्ममा जोडिनुभएको छ । गाउँभर कृषि क्षेत्रमा उर्जा छ । अरुलाई कृषिमा लाग्न उत्प्रेरित गर्न आफुबाट सुरु गर्नुपर्ने गाहाको तर्क छ । सत्यवति गाउँपालिकाले कृषकका सबै उत्पादन बुटवलको २८ नं सटरमा बिक्री गर्ने प्रबन्ध गरिरहेको छ ।

सबै उत्पादन अहिलेसम्म बुटवलमै बिक्री भइरहेको विश्वकर्माले बताउनुभयो । उहाँले खर्च कटाएर परदेशमा बराबर कमाई घरमै भइरहको बताउनुभयो । विश्वकर्माले कृषि ज्ञान केन्द्रबाट थोपा सिँचाइ प्रविधि, पालिका तथा वडाबाट गत वर्ष टनेल बिक्री भइरहेको बताउनुभयो । उहाँले वर्षातमा पानी परे सडक समस्या हुने भएकाले राज्यले सडक सञ्चालनमा सहयोग गर्नुपर्ने आशा व्यक्त गर्नुभयो ।