• १४ असार २०८२, शनिबार

स्याङ्जामा चार विद्यार्थीले ल्याए चार जिपिए

blog

चार जीपीए ल्याउने स्याङ्जामा चार जना विद्यार्थी । तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले
 स्याङ्जा, असार १४ गते ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले माध्यमिक शिक्षा परीक्षा (एसइई)मा स्याङ्जामा चार जना विद्यार्थीले चार जिपिए ल्याएका छन् । यहाँ सामुदायिक तर्फ एक जना र तिन जना निजी विद्यालयका विद्यार्थील चार जिपिए  ल्याएका हुन् ।

यहाँ सामुदायिक तर्फ कालीगण्डकीको भगवती माविका प्रतिक भट्टराईले चार जिपिए  ल्याउनु भएको हो ।

यस्तै निजी तर्फ वालिङको नेपाल आदर्श आवासिय माविका अप्सन सुवेदी, पायनियर आवासिय माविका प्राप्ति काफ्ले र अर्जुन चौपारी गाउँपालिकाको अर्जुनचौपारी चिल्डेन एकेडेमीका किन्जल देवकोलाले चार जिपिए ल्याएउनुभएको हो । यहाँ चार जनामा दुई जना छात्रा र दुई जना छात्रले चार जिपिए  ल्याएका हुन् ।

यहाँ २०८१ को एसइईमा तिन हजार ७३३ जनाले परीक्षा दिएकोमा ३.६ जीपीएदेखि ४ जिपिएसम्म ३२४ जना, ३.२ जिपिएदेखि ३.६ जिपिएसम्म ७२६ जना, २.८ जिपिएदेखि ३.२ जिपिएसम्म ९५० जना, २.४ जिपिएदेखि २.८ जिपिएसम्म ४८२ जना गरी दुई हजार ५१६ जना उत्तीर्ण भएका हुन् ।

उत्तीर्णमध्ये ९० जना प्राविधिक विद्यार्थी रहेको र ६७.४० प्रतिशत विद्यार्थी उत्तीर्ण भएको जिल्ला शिक्षा तथा समन्वय एकाइ कार्यालय स्याङ्जाका प्रमुख विश्वराज आचार्यले बताउनुभयो । गत साल यहाँ त्रिभुवन आदर्श माविका एक विद्यार्थीले चार जिपिए ल्याएका थिए ।